ट्रेंडिंग:

>> प्रधानमन्त्री ओलीको आग्रह: अत्यावश्यक बाहेक यात्रा नगर्नुहोस्, सुरक्षित स्थानमै रहनुहोस् >> सुनचाँदीको मूल्यमा पुनः वृद्धि, सुन प्रतितोला ८ सय रुपैयाँले महँगियो >> महिला फुटबल प्रशिक्षक वाइल्डले दिए राजीनामा, एन्फाको निर्णय बाँकी >> मताधिकार कार्यान्वयनका लागि निर्देशनालयको निर्वाचन आयोगलाई ताकेता >> लायन्स क्लव अफ कपिलवस्तु प्राचीनमा पद हस्तान्तरण >> वित्तीय संस्थामा तोडफोड  >> दाङमा गाडीले किचेर एकको मृत्यु   >> स्वास्थ्य क्षेत्रमा आम्दाको भूमिका र कार्यदिशा >> अपराधको बढ्दो शृङ्खला र चुनौती  >> गण्डकीका धेरै ठाउँमा बिहानैदेखि ठूलो वर्षा, सतर्कता अपनाउन आग्रह >> नेपालको साफ यु–२० महिला च्याम्पियनसिपमा १२ अङ्क >> २० वर्षदेखि कोमामा रहेका साउदीका राजकुमारको निधन >> यस्तो छ अर्घाखाँची प्रहरीको प्रतिवेदन >> पोखरा–मुग्लिन सडकमा ११ पुल बने, दुई निर्माणाधीन >> १०० रोपनी खेतमा एकै दिन धान रोपाइँ  >> आजको राशिफल (२०८२ श्रावण ४ गते आइतबार) >> देशभर मनसुनी वायुको प्रभाव, यी प्रदेशमा छ आज भारी वर्षाको सम्भावना >> गुरुङ्हरुको आधिकारिक लिपि खेमा लिपि पुस्तक विमोचन >> पैदल यात्रा गरी पर्रोहा बोलबम धाममा जलार्पण >> एमालेमा ७० वर्षे उमेर हद र २ कार्यकाल हटाउने प्रस्ताव पारित >> एक वर्षमा ट्राफिक उल्लंघनबाट १ करोड ४१ लाख राजस्व संकलन >> शितगंगाको डोहोटे क्षेत्रमा नेटवर्क समस्या, आपतकालीन सेवामा असर >> स्थानीय सरकारले फिर्ता पठाए एक अर्व >> तामनगरमा बन्ने भो ७ करोडको अन्तर्राष्ट्रिय ब्याडमिन्टन हल >> बुटवल टुडे मिडिया ग्रुपले बनायो वार्षिक कार्ययोजना >> रगत अभावको बेला संयुक्त रक्तदान, ४३ पिन्ट रगत संकलन >> राहदानी र नागरिकता लिनेको संख्या घट्यो, प्रतिलिपि लिने बढे >> बुटवल कोरा २०२५ सम्पन्न >> यस्तो छ ‘द एक्सपर्ट एज ग्लोबल एजुकेशन एक्स्पो’ को तयारी, बुटवलमा सरसफाई >> संचार उद्दमी हेमराज धितालका हत्यारालाई कारबाहीको माग गर्दै गृहमन्त्रीको ध्यानाकर्षण >> ट्रम्प भन्छन् : ‘मैले युद्ध रोकेको हुँ, पाँच जेट खसेका थिए’ >> कुलमान घिसिङ र ज्ञानेन्द्र शाहीलाई ‘ग्लोबल हिरो अवार्ड’ >> अब बेलायतमा १६ वर्षीया किशोर किशोरीले पनि मतदान गर्न पाउने >> सुठौलीमा उठ्यो लक्ष्य भन्दा बढी राजश्व  >> साउनमा ३० दिन रक्सी छाडनुहोस्, चमात्कार अनुभव गर्नुहोस् >> सडक निर्माण गति दैनिक २.५५ किलोमिटर, दाउन्ने बाहेक क्षेत्रको प्रगति राम्रो  >> एमाले पोलिटब्युरो बैठक दोस्रो दिन पनि जारी, विधान संशोधनको बहस तिव्र >> नागढुङ्गा–मुग्लिन सडकखण्डमा तीव्रगतिमा निर्माण र पहिरो रोकथामको काम चल्दै >> दूध र खसी बेचेको आम्दानी सात करोड >> रगतको अभाव बढ्दो  >> पर्या निबन्धको चर्चा >> दाङमा सवारी दुर्घटना हुँदा ४३ वर्षीय पुरुषको मृत्यु >> सामाजिक सञ्जाल टेलिग्राम एप सञ्चालनमा रोक >> एमाले पोलिटब्यूरो बैठक आज पनि: विधान मस्यौदामाथि छलफल हुने  >> २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपः आज नेपाल र भूटान भिड्दै >> किसानमा खुसी थप्दै प्रयोगशाला >> सौर्य एयरलाइन्सको जहाज दुर्घटना प्रतिवेदन: पाइलटको कमजोरीले दुर्घटना >> बन्दुक बिसाएर कोदालो क्रान्तिमा ‘विप्लव’ >> मनसुनी वायुको प्रभाव देशभर : यी प्रदेशमा वर्षाको सम्भावना >> कान्तिमा कक्षा ११ मा नवआगन्तुक विद्यार्थीहरुका लागि अभिमुखीकरण

सुत्केरी मृत्युको छानबिन गर्ने सहमति पछि विवाद मिल्यो

२१ असार २०८२, शनिबार
२१ असार २०८२, शनिबार

  दाङ, २१ असार। 

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु भएपछि उत्पन्न विवाद मिलेको छ । घोराही उपमहानगरपालिका–१८ मसिनास्थित ब्रह्मचारी टोल निवासी २१ वर्षकी गुड्डी सुनारलाई सुत्केरी व्यथा लागेपछि प्रतिष्ठानमा ल्याइएकोमा बिरामीको अवस्था जटिल भएका कारण सामान्य डेलिभरी हुन नसकेपछि शल्यक्रियामार्फत सुत्केरी गराएको केही समयमा सुत्केरीको मृत्यु भएको थियो।

मृत्युको बारेमा सत्य तथ्य छानबिन गर्ने सहमतिपछि विवाद मिलेको प्रतिष्ठानका सूचना अधिकारी निसानदाजु भट्टराईले जानकारी दिए । पीडित परिवारको सहभागितासहितको प्रतिष्ठानका सह- निर्देशक डा. सुरेश रसाइलीको नेतृत्वमा सत्य तथ्य पत्ता लगाउन छानबिन समिति बनाउने अस्पताल प्रशासन र पीडित परिवार बिच निर्णय भएको छ   ।

यसै गरेर दुवै पक्ष बिच शल्यक्रिया मार्फत जन्म भएको बच्चा १८ वर्षसम्म नपुग्दासम्म प्रतिष्ठानबाट प्रवाह हुने सबै सेवा निःशुल्क गर्ने, अस्पतालको सेवामा अवरोध नगर्ने, उपचारमा संलग्न चिकित्सकमाथि हातपात नगर्ने सहमति भएको छ । प्रतिष्ठानका उपकुलपति डा. विकास लामीछाने, शिक्षाध्यक्ष प्राडा बसन्त लामीछाने, अस्पतालका निमित्त निर्देशक प्राडा जनार्दन पन्थि, सह निर्देशक डा.सुरेश रसाइलि, घोराही १८ का वडा अध्यक्ष भरत अर्याल र पीडित बिरामी परिवार बिच शुक्रबार र शनिबार दिनभरिको सामुहिक छलफलबाट निष्कर्ष निकालिएको हो ।

बिरामीका आफन्तले चिकित्सकमाथि हातपात गरेर दुर्व्यवहार गरेको घटनामा चिकित्सकले छलफलमा विरोध जनाएका थिए ।बिरामीका आफन्तले  अस्पतालको ‘अपरेसन वार्ड’मा प्रवेश गरी केही चिकित्सक माथि हातपात गरेपछि चिकित्सकले असन्तुष्टि जनाएका छन् । सुत्केरी हुने महिलाको खुट्टा नचल्ने र प्यारालाईज्डको अबस्थामा रहेकाले बिरामीको आफन्तसँग बिरामीको गम्भीर अवस्था रहेको बारे जानकारी दिएर शल्यक्रिया मार्फत सुत्केरी गराइएको र केही समयपछि सुत्केरी महिलाको मृत्यु भएको तथा बच्चालाई जोगाउन सफल भएको अस्पतालले जानकारी दिएको छ ।।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?