ट्रेंडिंग:

>> मताधिकार कार्यान्वयनका लागि निर्देशनालयको निर्वाचन आयोगलाई ताकेता >> लायन्स क्लव अफ कपिलवस्तु प्राचीनमा पद हस्तान्तरण >> वित्तीय संस्थामा तोडफोड  >> दाङमा गाडीले किचेर एकको मृत्यु   >> स्वास्थ्य क्षेत्रमा आम्दाको भूमिका र कार्यदिशा >> अपराधको बढ्दो शृङ्खला र चुनौती  >> गण्डकीका धेरै ठाउँमा बिहानैदेखि ठूलो वर्षा, सतर्कता अपनाउन आग्रह >> नेपालको साफ यु–२० महिला च्याम्पियनसिपमा १२ अङ्क >> २० वर्षदेखि कोमामा रहेका साउदीका राजकुमारको निधन >> यस्तो छ अर्घाखाँची प्रहरीको प्रतिवेदन >> पोखरा–मुग्लिन सडकमा ११ पुल बने, दुई निर्माणाधीन >> १०० रोपनी खेतमा एकै दिन धान रोपाइँ  >> आजको राशिफल (२०८२ श्रावण ४ गते आइतबार) >> देशभर मनसुनी वायुको प्रभाव, यी प्रदेशमा छ आज भारी वर्षाको सम्भावना >> गुरुङ्हरुको आधिकारिक लिपि खेमा लिपि पुस्तक विमोचन >> पैदल यात्रा गरी पर्रोहा बोलबम धाममा जलार्पण >> एमालेमा ७० वर्षे उमेर हद र २ कार्यकाल हटाउने प्रस्ताव पारित >> एक वर्षमा ट्राफिक उल्लंघनबाट १ करोड ४१ लाख राजस्व संकलन >> शितगंगाको डोहोटे क्षेत्रमा नेटवर्क समस्या, आपतकालीन सेवामा असर >> स्थानीय सरकारले फिर्ता पठाए एक अर्व >> तामनगरमा बन्ने भो ७ करोडको अन्तर्राष्ट्रिय ब्याडमिन्टन हल >> बुटवल टुडे मिडिया ग्रुपले बनायो वार्षिक कार्ययोजना >> रगत अभावको बेला संयुक्त रक्तदान, ४३ पिन्ट रगत संकलन >> राहदानी र नागरिकता लिनेको संख्या घट्यो, प्रतिलिपि लिने बढे >> बुटवल कोरा २०२५ सम्पन्न >> यस्तो छ ‘द एक्सपर्ट एज ग्लोबल एजुकेशन एक्स्पो’ को तयारी, बुटवलमा सरसफाई >> संचार उद्दमी हेमराज धितालका हत्यारालाई कारबाहीको माग गर्दै गृहमन्त्रीको ध्यानाकर्षण >> ट्रम्प भन्छन् : ‘मैले युद्ध रोकेको हुँ, पाँच जेट खसेका थिए’ >> कुलमान घिसिङ र ज्ञानेन्द्र शाहीलाई ‘ग्लोबल हिरो अवार्ड’ >> अब बेलायतमा १६ वर्षीया किशोर किशोरीले पनि मतदान गर्न पाउने >> सुठौलीमा उठ्यो लक्ष्य भन्दा बढी राजश्व  >> साउनमा ३० दिन रक्सी छाडनुहोस्, चमात्कार अनुभव गर्नुहोस् >> सडक निर्माण गति दैनिक २.५५ किलोमिटर, दाउन्ने बाहेक क्षेत्रको प्रगति राम्रो  >> एमाले पोलिटब्युरो बैठक दोस्रो दिन पनि जारी, विधान संशोधनको बहस तिव्र >> नागढुङ्गा–मुग्लिन सडकखण्डमा तीव्रगतिमा निर्माण र पहिरो रोकथामको काम चल्दै >> दूध र खसी बेचेको आम्दानी सात करोड >> रगतको अभाव बढ्दो  >> पर्या निबन्धको चर्चा >> दाङमा सवारी दुर्घटना हुँदा ४३ वर्षीय पुरुषको मृत्यु >> सामाजिक सञ्जाल टेलिग्राम एप सञ्चालनमा रोक >> एमाले पोलिटब्यूरो बैठक आज पनि: विधान मस्यौदामाथि छलफल हुने  >> २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपः आज नेपाल र भूटान भिड्दै >> किसानमा खुसी थप्दै प्रयोगशाला >> सौर्य एयरलाइन्सको जहाज दुर्घटना प्रतिवेदन: पाइलटको कमजोरीले दुर्घटना >> बन्दुक बिसाएर कोदालो क्रान्तिमा ‘विप्लव’ >> मनसुनी वायुको प्रभाव देशभर : यी प्रदेशमा वर्षाको सम्भावना >> कान्तिमा कक्षा ११ मा नवआगन्तुक विद्यार्थीहरुका लागि अभिमुखीकरण >> डिङ्गरनगर दूरगामी सहकारीः सञ्चालकहरुविरुद्ध पक्राउ पुर्जी >> प्रचण्डको चेतावनी: आवश्यक परे सडक संघर्षमा जान तयार >> राप्रपा उपाध्यक्ष मुकुन्दश्याम गिरी पदमुक्त

नयाँ आर्थिक वर्षको प्रारम्भदेखि आधुनिक बसपार्क सञ्चालन हुने

२१ असार २०८२, शनिबार
२१ असार २०८२, शनिबार

सल्यान, २१ असार ।

नयाँ आर्थिक वर्ष २०८२/०८३ को प्रारम्भदेखि सल्यानमा आधुनिक बसपार्क सञ्चालनमा आउनेभएको छ । शारदा नगरपालिकालेको प्रमुख व्यापारिक केन्द्र श्रीनगरमा निर्माण सम्पन्न भएको यो बसपार्कलाई औपचारिक सञ्चालनको तयारी थालिएको हो ।  श्रीनगर आधुनिक बसपार्क निर्माणमा हालसम्म पाँच करोड ६० लाख रुपैयाँ लगानी गरिएको जनाउँदै शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीले नयाँ आर्थिक वर्षको प्रारम्भदेखि नै बसपार्क औपचारिक रूपमा सञ्चालनमा ल्याउने तयारी रहेको जनाए ।

आर्थिक वर्ष २०८०/०८१ बाट निर्माण सुरु गरिएको यो बसपार्क करिब सात हजार वर्ग मिटर क्षेत्र सरकारी प्रति ऐलानीमा फैलिएको छ । बसपार्क क्षेत्रमा दुई वटा १७–१७ कोठाका व्यापारिक महल तयार भइसकेका छन् । जस अन्तर्गत ३५ वटा व्यापारिक स्टल र ३४ वटा छुट्टाछुट्टै सटर रहेका छन् । व्यापारिक भवन सँगै सार्वजनिक शौचालय, गेट, पार्किङ, फुटपाथ, नाला लगायतका संरचना तयार गरिएको नगरपालिकाका इन्जिनियर खकेन्द्र मल्लले जानकारी दिए ।

नगरपालिकाको दीर्घकालीन योजनाको रूपमा रहेको आधुनिक बसपार्क नेपाल सरकार, कर्णाली प्रदेश सरकारसँगको साझेदारीमा नगरपालिकाले निर्माण गरेको प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटाले बताए । यसलाई दीर्घकालीन आम्दानीको स्रोतका रूपमा विकास गर्ने योजना बनाएको प्रमुख उनको भनाई छ । “व्यापारिक सटर, स्टल र महलहरू भाडामा दिएर नियमित आम्दानी लिन सकिन्छ । यसबाट उठ्ने राजस्व नगरको अन्य विकास योजनामा लगानी गर्न सकिन्छ,” देवकोटाले भने ।

जिल्लाकै व्यस्त बजारको रूपमा रहेको श्रीनगर बजार क्षेत्रको अव्यवस्थित पार्किङको व्यवस्थापनमा सघाउ पुग्ने साथै व्यापार, व्यवसायमा समेत टेवा पुग्ने नगर प्रमुख भण्डारीको अपेक्षा छ । उनले भने, “नगरलाई आर्थिक आम्दानीको स्रोत सृजनाका लागि पनि बसपार्कले मद्दत गर्नेछ । सवारीसाधन र आर्थिक रूपमा चलायमान बनाउन यसले भूमिका खेल्नेछ ।” बसपार्क बनाउने क्रममा जग्गा खाली गराउँदा विस्थापित भएका व्यवसायीलाई पहिलो प्राथमिकतामा राखेर स्टल वितरण गर्ने योजना रहेको नगरपालिकाका उपप्रमुख सुस्मिता सापकोटा सुनारले बताइन् ।

आधुनिक बसपार्कले यातायात व्यवसायमा ठुलो परिवर्तन ल्याउने सल्यान रुकुम यातायात प्रालिका अध्यक्ष अरविन्द कुमार राईको अपेक्षा छ । यद्यपि उनले बसपार्क निर्माण गरेर मात्र नहुने भन्दै यसको दिगोपना, सुरक्षा, नियमित सरसफाइ जस्ता कुरामा ध्यान दिनुपर्ने धारणा व्यक्त गरे । गाडी, यात्रु र सामानको सुरक्षा, उचित व्यवस्थापनका लागि नगर प्रहरी सँगै अन्य राज्यका सुरक्षा निकायसँग प्रभावकारी समन्वयको खाँचो औँल्याए ।

यस्तै शारदा यातायात प्रालिका उपाध्यक्ष कर्ण बहादुर बस्नेतले बसपार्क सञ्चालन गरेर त्यहीँ भित्रबाट नै सम्पूर्ण गाडीहरू छुट्ने व्यवस्था मिलाउनुपर्ने बताए । आधुनिक बसपार्कको निर्माणले यातायात सेवामा गुणात्मक सुधार ल्याउन अपेक्षा सहित बस्नेतले यात्रु तानातान कम हुने, बिच बाटो तथा बजारबाट गाडी चढ्ने र क्षमता भन्दा बढी यात्रु राख्ने जस्ता समस्या हल हुने विश्वास व्यक्त गरे ।

आधुनिक बसपार्कले श्रीनगरलाई सौन्दर्यीकरण सँगै थप व्यापारिक आकर्षण बढाउने स्थानीय व्यापारीहरूले जनाएका छन् । उनीहरूका अनुसार बसपार्कले यातायातको सहज व्यवस्थापन गर्दै व्यापार विस्तारका लागि नयाँ अवसरहरू सिर्जना गरेको छ । यात्रुहरूलाई पनि सहजता थपिने छ भने यातायातको गुणस्तरमा सुधार ल्याउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?