ट्रेंडिंग:

>> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी

नयाँ आर्थिक वर्षको प्रारम्भदेखि आधुनिक बसपार्क सञ्चालन हुने

२१ असार २०८२, शनिबार
२१ असार २०८२, शनिबार

सल्यान, २१ असार ।

नयाँ आर्थिक वर्ष २०८२/०८३ को प्रारम्भदेखि सल्यानमा आधुनिक बसपार्क सञ्चालनमा आउनेभएको छ । शारदा नगरपालिकालेको प्रमुख व्यापारिक केन्द्र श्रीनगरमा निर्माण सम्पन्न भएको यो बसपार्कलाई औपचारिक सञ्चालनको तयारी थालिएको हो ।  श्रीनगर आधुनिक बसपार्क निर्माणमा हालसम्म पाँच करोड ६० लाख रुपैयाँ लगानी गरिएको जनाउँदै शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीले नयाँ आर्थिक वर्षको प्रारम्भदेखि नै बसपार्क औपचारिक रूपमा सञ्चालनमा ल्याउने तयारी रहेको जनाए ।

आर्थिक वर्ष २०८०/०८१ बाट निर्माण सुरु गरिएको यो बसपार्क करिब सात हजार वर्ग मिटर क्षेत्र सरकारी प्रति ऐलानीमा फैलिएको छ । बसपार्क क्षेत्रमा दुई वटा १७–१७ कोठाका व्यापारिक महल तयार भइसकेका छन् । जस अन्तर्गत ३५ वटा व्यापारिक स्टल र ३४ वटा छुट्टाछुट्टै सटर रहेका छन् । व्यापारिक भवन सँगै सार्वजनिक शौचालय, गेट, पार्किङ, फुटपाथ, नाला लगायतका संरचना तयार गरिएको नगरपालिकाका इन्जिनियर खकेन्द्र मल्लले जानकारी दिए ।

नगरपालिकाको दीर्घकालीन योजनाको रूपमा रहेको आधुनिक बसपार्क नेपाल सरकार, कर्णाली प्रदेश सरकारसँगको साझेदारीमा नगरपालिकाले निर्माण गरेको प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटाले बताए । यसलाई दीर्घकालीन आम्दानीको स्रोतका रूपमा विकास गर्ने योजना बनाएको प्रमुख उनको भनाई छ । “व्यापारिक सटर, स्टल र महलहरू भाडामा दिएर नियमित आम्दानी लिन सकिन्छ । यसबाट उठ्ने राजस्व नगरको अन्य विकास योजनामा लगानी गर्न सकिन्छ,” देवकोटाले भने ।

जिल्लाकै व्यस्त बजारको रूपमा रहेको श्रीनगर बजार क्षेत्रको अव्यवस्थित पार्किङको व्यवस्थापनमा सघाउ पुग्ने साथै व्यापार, व्यवसायमा समेत टेवा पुग्ने नगर प्रमुख भण्डारीको अपेक्षा छ । उनले भने, “नगरलाई आर्थिक आम्दानीको स्रोत सृजनाका लागि पनि बसपार्कले मद्दत गर्नेछ । सवारीसाधन र आर्थिक रूपमा चलायमान बनाउन यसले भूमिका खेल्नेछ ।” बसपार्क बनाउने क्रममा जग्गा खाली गराउँदा विस्थापित भएका व्यवसायीलाई पहिलो प्राथमिकतामा राखेर स्टल वितरण गर्ने योजना रहेको नगरपालिकाका उपप्रमुख सुस्मिता सापकोटा सुनारले बताइन् ।

आधुनिक बसपार्कले यातायात व्यवसायमा ठुलो परिवर्तन ल्याउने सल्यान रुकुम यातायात प्रालिका अध्यक्ष अरविन्द कुमार राईको अपेक्षा छ । यद्यपि उनले बसपार्क निर्माण गरेर मात्र नहुने भन्दै यसको दिगोपना, सुरक्षा, नियमित सरसफाइ जस्ता कुरामा ध्यान दिनुपर्ने धारणा व्यक्त गरे । गाडी, यात्रु र सामानको सुरक्षा, उचित व्यवस्थापनका लागि नगर प्रहरी सँगै अन्य राज्यका सुरक्षा निकायसँग प्रभावकारी समन्वयको खाँचो औँल्याए ।

यस्तै शारदा यातायात प्रालिका उपाध्यक्ष कर्ण बहादुर बस्नेतले बसपार्क सञ्चालन गरेर त्यहीँ भित्रबाट नै सम्पूर्ण गाडीहरू छुट्ने व्यवस्था मिलाउनुपर्ने बताए । आधुनिक बसपार्कको निर्माणले यातायात सेवामा गुणात्मक सुधार ल्याउन अपेक्षा सहित बस्नेतले यात्रु तानातान कम हुने, बिच बाटो तथा बजारबाट गाडी चढ्ने र क्षमता भन्दा बढी यात्रु राख्ने जस्ता समस्या हल हुने विश्वास व्यक्त गरे ।

आधुनिक बसपार्कले श्रीनगरलाई सौन्दर्यीकरण सँगै थप व्यापारिक आकर्षण बढाउने स्थानीय व्यापारीहरूले जनाएका छन् । उनीहरूका अनुसार बसपार्कले यातायातको सहज व्यवस्थापन गर्दै व्यापार विस्तारका लागि नयाँ अवसरहरू सिर्जना गरेको छ । यात्रुहरूलाई पनि सहजता थपिने छ भने यातायातको गुणस्तरमा सुधार ल्याउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?