ट्रेंडिंग:

>> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक >> माइतीघर प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाललगायत नियन्त्रणमा >> साना किसान कृषि सहकारी संस्थामा सुनारी अध्यक्ष >> चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु  >> प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ >> सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च >> गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन >> आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन >> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च

१५ वर्षमा पान विष्टको आँगनमा खानेपानी

२० असार २०८२, शुक्रबार
२० असार २०८२, शुक्रबार

 पाल्पा, २० असार ।

तानसेन नगरपालिका ५ को पान विष्टको घरमै खानेपानी आएपछि हर्षित भएको  । उनले १५ वर्षको प्रतीक्षापछि घरमा खानेपानी आइपुगेको भन्दै विष्ट खुसी भएकी छन् । उमेरले नेटो काटिसकेकी विष्टले अब एक घण्टा लगाएर पानी बोकेर ल्याउनुपर्ने बाध्यता हटेको भन्दै स्थानीय सरकारको अनुभूति गर्न पाएको बताए । विष्टले भने “एक वर्ष अगाडी खानेपानी आउछ भनेर कुलो खन्ने काम पनि गरियो तर आएन ,अहिले वडा र तानसेन नगरपालिकाको पहलमा तानसेन खानेपानी उपभोक्ता समिति तानसेनले घरमै पानी ल्याइदिएको छ खुसीको सीमा छैन ।”

पान विष्टको घरमा खानेपानीको धारा खोलेर उद्घाटन गर्दै तानसेन नगरपालिकाका उपप्रमुख प्रतिक्षा गाहा सींजालीले वडा नं ५ का सम्पुर्ण नागरिकलाई मात्र नभएर नगरबासिका घरमा खानेपानी पुराउन पहल गर्ने बताउनुभयो । सींजालिले हिजोको अवस्था र आजको अवस्थामा परिवर्तन हुदै गएको बताउँदै खानेपानीको अभाव र समस्या हट्दै गएको र आजको दिनमा अझै शसक्त भएर उपभोक्ता समिति लागेकोले नागरिकका घरमा पानी लैजान सकिएको बताए ।

यस्तै कार्यक्रममा बोल्दै तानसेन नगरपलिकाका प्रवक्ता यादव सिंह कार्कीले ‘एक घर एक धारा’ अभियान अन्तर्गत तानसेन नगरपालिका भित्र कुनै पनि सर्वसाधारणले खानेपानीको कारण समस्या भोग्न परेको गुनासो सुन्न नपर्ने गरी तानसेन नगरपालिका लागेको र यसमा सहकार्य गर्दै तानसेन खानेपानी उपभोक्ता समिति तानसेनले राम्रो काम गरेको बताए । यस्तै प्रवक्ता कार्कीले सरकारले पनि खानेपानीलाई प्राथमिकता दिएर बजेट व्यवस्था गर्दै आएको र नागरिक पनि सक्रिय भएमा समयमा नै यस्ता योजना सम्पन्न हुने जानकारी दिए । कार्कीले भने “समितिले उपभोक्ताको सहजको धारा जडान देखि खानेपानी वितरण लागि अत्यन्त सह्रानीय काम गरेको छ यसको साथै दीर्घ रोगी तथा अङ्गभङ्ग भएका उपभोक्ता कै लागि कल्याणकारी कोष स्थापना गरी सेवामूलक र पुण्य कामको सुरुवात गरेको छ ।”

तानसेन नगरपालिका वडा नं ५ का अध्यक्ष राम बहादुर रावलले बोल्दै पहिले जस्तो धारा पाउन ४ महिना ६ महिना कुर्न नपर्ने भएकाले आवश्यक परेका जोकोहीले गएर निवेदन दिन सक्ने र आठ दश दिनमै धारा पाउने बताए । रावलले पहिले काकाकुल अवस्थाबाट गुज्राएका हामी घरमा खानेपानी आउँदा हर्षित छौ । यस्तै तानसेन खानेपानी उपभोक्ता समितिका अध्यक्ष मोहन प्रसाद श्रेष्ठले खानेपानीको खोजीमा नागरिकलाई भतारिनु नपर्ने अवस्थामा पु¥याउन आफू सक्रिय रहेको बताए । पाल्पा तानसेनका नागरिक अझै पनि खानेपानी खोज्न हिँड्नुपर्ने बाध्यता रहेको भन्दै अब त्यस्ता दिन अन्त्य हुँदै जाने बताए ।

उपभोक्तालाई आफ्नो योजना सम्झेर यसको संरक्षण र मर्मतमा ध्यान दिन श्रेष्ठको अनुरोध छ । स्थानीयको मागको आधारमा नागरिकको घरमा खानेपानी वितरण गर्दै आएको बताउँदै पान विष्टको घरमा सिस्नेको खानेपानी पु¥याइएको जानकारी दिए ।गुणस्तरसहितको आयोजना भएकाले शुद्धीकरणसहित उपभोक्ताको घरमा खानेपानी पुगेको खानेपानी तानसेन खानेपानी उपभोक्ता समिति तानसेनका अध्यक्ष मोहन प्रसाद श्रेष्ठको भनाई छ ।

यस्तै समितिका सचिव खानेपानी समस्या समाधानमा तानसेन नगरपालिका सहयोग गरेको र ठुला आयोजनाका लागि प्रदेश र सङ्घीय सरकारमार्फत सहयोग लिएर काम गरिरहेको जानकारी गराए । नागरिकलाई खानेपानीको अभाव हुन नदिन सिंगो टिम सक्रिय रहेको उनको भनाइ छ । अनुगमन तथा मूल्याङ्कन उपसमितिका संयोजक रेनुका बस्यालले स्थानीय सरकार,स्थानीयवासी ,जिल्ला प्रशासन तथा कर्मचारीको सहयोेगमा खानेपानीको मुहानहरू संरक्षण गर्दै आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?