Butwal Today

सुदूरपश्चिम सरकारबाट नागरिक उन्मुक्तिको समर्थन फिर्ता

२० असार २०८२, शुक्रबार
अ+
अ-

 काठमाडौं ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। शुक्रबार बसेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले अनलाइनखबरलाई जानकारी दिँदै सरकारबाट फिर्ता हुने निर्णयबारेको पत्र मुख्यमन्त्रीलाई बुझाइने बताए।

मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई पदबाट बर्खास्त गरेपछि नाउपाले समर्थन फिर्ता गर्ने निर्णय गरेको हो। रामेश्वर चौधरी नाउपाका तर्फबाट मन्त्री बनेका थिए।