Butwal Today

शेफालीको निधनपछि परागको पहिलो पोस्ट: ‘उनी प्रेमको निस्वार्थ रूप थिइन्’

२० असार २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

अभिनेत्री शेफाली जरीवालाको निधनपछि उनका श्रीमान तथा अभिनेता पराग त्यागीले पहिलो पटक सार्वजनिक रूपमा मर्मस्पर्शी सन्देश लेखेका छन्। परागले दिवंगत पत्निप्रति श्रद्धाञ्जली अर्पण गर्दै शेफाली केवल पत्नी मात्र नभई आमाजस्ती थिइन् भन्ने भाव व्यक्त गरेका छन्।

‘शेफाली, मेरी परी। धेरैले उनलाई ‘काँटा लगा’ गर्लको रूपमा सम्झन्छन्, तर उनी त्यो छविभन्दा धेरै धेरै थिइन्,’ परागले लेखेका छन्, ‘उनी सुन्दर, तीक्ष्ण, केन्द्रित र अत्यन्तै मेहनती थिइन्। जीवनमा उद्देश्य बोकेर अघि बढेकी महिला, जसले चुपचाप आफ्ना सपना र आत्मा निर्माण गरिरहिन्।’

परागका अनुसार शेफालीले जीवनभर आफूलाई भन्दा अरूलाई प्राथमिकतामा राखिन्।
‘उनी प्रेमको सबैभन्दा निस्वार्थ रूप थिइन्। अरूलाई सान्त्वना दिने एक उपस्थिति, उदार छोरी, मायालु पत्नी र हाम्रो सिम्बाकी एक अद्भुत आमा,’ उनले लेखे।

यसैबीच परागले शेफालीको निधनसँग जोडिएका अफवाहहरू नफैलाउन आग्रहसमेत गरेका छन्। शेफालीको जुन २७ मा ४२ वर्षको उमेरमा निधन भएको थियो। ‘काँटा लगा’ गीतबाट चर्चामा आएकी उनले बलिउड र टेलिभिजन दुवैमा अभिनय यात्रा अगाडि बढाएकी थिइन्। उनको निधनले भारतीय मनोरञ्जन उद्योगमा गहिरो शोक छाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?