Butwal Today

धनुषाका पूर्वअध्यक्षसहित ९ जनाविरुद्ध ३१ करोडको भ्रष्टाचार मुद्दा

२० असार २०८२, शुक्रबार
अ+
अ-

 काठमाडौं ।

धनुषाको धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहित ९ जना र एक निर्माण कम्पनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३१ करोडभन्दा बढीको भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार आर्थिक वर्ष २०७७/७८ मा “बजार नाला तथा फोहोरमैला व्यवस्थापन” शीर्षकमा विनानिर्णय बजार सेड निर्माण कार्यमा गोप्यरूपमा टेन्डर प्रक्रियामा गडबडी गरिएको थियो। एउटै निर्माण व्यवसायीको मिलेमतोमा तीन फरक नामबाट टेन्डर दर्ता, बिना प्रतिस्पर्धा एकता सप्लायर्ससँग सम्झौता, पटक–पटक म्याद थप, गुणस्तरहीन निर्माण कार्य, र वास्तविकभन्दा बढी नापी किताब तयार गरेर ३१ करोड ३४ लाख रुपैयाँ बराबरको सरकारी सम्पत्ति हिनामिना गरिएको अख्तियारको आरोप छ।

विशेष अदालतमा दायर मुद्दामा अख्तियारले उनीहरूसँग ३१ करोड ३४ लाख ७७८ रुपैयाँ विगो माग गरेको छ। मुद्दा दायर गरिएकाहरूमा तत्कालीन अध्यक्ष बद्रीनारायण सिंह, उपाध्यक्ष रामवती देवी मण्डल, प्रमुख प्रशासकीय अधिकृतसहित अन्य कर्मचारीहरू र सम्बन्धित निर्माण कम्पनी छन्।