ट्रेंडिंग:

>> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग >> एमाले महाधिवेशनको मतदानमा ढिलाइ, प्राविधिकका अनुसार राति ८ बजेसम्म सुरु हुन सक्छ >> अटिजम भएका व्यक्तिको विकासमा अभिभावकको माया, समय र सकारात्मकता अपरिहार्य >> दक्षिण भकारीमा बुबा र छोरी आत्महत्या प्रकरण: अन्जुका श्रीमान् पक्राउ >> ईश्वर पोखरेल समूहले प्यानल टुङ्ग्यायो, को–को परे ? (सूचीसहित) >> देउवा भेट्न पुगे शेखर, ‘सिरियल नम्बर’ बिनाका फारम फिर्ता गर्न आग्रह >> सुनको भाउ आज १ हजार ६ सय रुपैयाँले घट्यो >> एमाले महाधिवेशनको मतदान ४ बजेदेखि, अन्तिम परिणाम भोलि दिउँसो आउने >> नवलपरासीको सीमा क्षेत्रबाट २० लाखको अवैध कफी बरामद >> मन्त्री घिसिङ बर्दिया जाँदै >> रोजेको मन्त्रालय अन्य दलको भागमा परेपछि मधेसबाट बाहिरिने जनमतको चेतावनी >> कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको म्याद सकिए पनि काम सकिएन >> सुदनलाई तनुजाको चेतावनी : नेपाल प्रयोगशाला होइन, जेनजीको नाम बेच्न बन्द गर >> रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा आइपुगे, भोलि उड्नेछन् कतार >> युवा नेता राजु गुरुङले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी, चुनाव जित्ने दाबी >> महिला क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा हर्षल पाठक नियुक्त >> एमाले निर्वाचनको मतदानबारे आयोगले भन्यो–४ बज्दैन, २ बजेभित्र सुरु हुन्छ >> गण्डक सिँचाइमा पुस पहिलो साता पानी प्रवाह हुने >> किन बढिरहेछ पुराना दलहरूप्रति वितृष्णा ? >> किसानको माग सम्बोधनमा किन उदासीन ?  >> भूकम्पबाट १ हजार २ सय ११ घरमा क्षति  >> गृहिणीबाट सफल उद्यमी बनेकी सुस्मा >> पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो  >> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति

उपभोगमाथिको बौद्ध दृष्टिकोण र सन्देश

२० असार २०८२, शुक्रबार
२० असार २०८२, शुक्रबार

कौशम्बीका राजा थिए उदयन । रानीले भिक्षु संघलाई दान गर्ने विचार गरिन् । राजाको सहभागितामा रानीले बुद्धसंघलाई पाँचसय च्यादर दान दिइन् । राजाले दान लिन आएका भिक्षु आनन्दसहित सबैको उचित सत्कार गरे । ती बस्त्रहरूलाई बाहनमा हालेर पठाउने व्यवस्था पनि गरिदिए । आनन्द त्यहाँबाट हिड्नै लाग्दा राजाले सोधे, “यति धेरै च्यादरको के काममा उपयोग हुन्छ भन्ते ?” “जुन भिक्षुको चिवर फाटेको छ, यसबाट उनीहरूलाई चिवरको रूपमा वितरण गरिनेछ ।” आनन्दले जवाफ दिए । प्रश्न उत्तरको सिलसिला अगाडि बढदै गयो । उदयनले सोध्दै गए र आनन्दले उत्तर दिदैरहे । भिक्षुहरूको फाटेको पुरानो चिवरलाई के गर्नुहुन्छ ? त्यसबाट ओछ्याउने च्यादर बनाइन्छ । ओछयाउने फाटेको च्यादरलाई के गर्नुहुन्छ ? त्यसबाट छानेर सिरानी बनाइन्छ ।

फेरि पूरानो सिरानीलाई के गर्नुहुन्छ ? त्यसलाई जोड–जाड गरेर झाडु–पोछाको रूपमा प्रयोग गरिन्छ । पूरानो झाडु–पोछालाई के गर्नुहुन्छ ? त्यसलाई बिहारको छाना र भित्ताहरूमा लगाउने लेपनका रूपमा उपयोग गरिन्छ । महाराज उदयनलाई बुद्धसंघको उपभोगसम्बन्धि अर्थनीतिले निकै प्रभाव पा¥यो । त्यसपछि उनले आफ्नो राज्य व्यावस्थामा त्यस्तै किसिमको मितव्ययिता अपनाउने आज्ञा दिए । बौद्धदृष्टिमा उपभोगलाई अथ्र्यायने सही उदाहरण हो यो । आधुनिक अर्थशास्त्रले पनि उपभोग भनेको आवश्यकताहरू पूरा गर्नका लागि वस्तु तथा सेवाहरूमा रहेको उपयोगिता नष्ट गर्ने कार्यका रूपमा अथ्र्याएको छ । जबसम्म वस्तु तथा सेवामा उपयोगिताको गुण कायम रहन्छ, तबसम्म त्यस्ता वस्तु तथा सेवाहरूले उपयोगिता दिने भएकाले तिनको सदुपोयोगिताको निम्ति सचेत हुनुपर्दछ भन्ने सन्देश माथिको कथाले दिएको छ ।

बौद्ध विचारमा उचित स्तरको उपभोगलाई खुशी र सन्तुष्टिको श्रोत मानिन्छ । अर्काेतिर अत्यधिक उपभोगलाई भने हानिकारक मानिन्छ । तसर्थ उपभोग जहिले पनि संयमित र विवेकपूर्ण हुनु जरुरी छ । बौद्धहरू उपभोगको विरोधी होइनन् तर सचेत वा सावधानी पूर्ण उपभोगमा बौद्ध दर्शनको जोड रहेको छ । बौद्ध विचरमा तीन प्रकारको वस्तुबादको व्याख्या गरिएको छ । भौतिक, शारीरिक र आध्यात्मिक । बौद्ध धर्मले भौतिक वस्तुहरूको लागि आफ्नो चाहना र संलग्नतालाई कम गर्नुपर्नेमा जोड दिन्छ । यसैगरी न्यूनतम शारीरिक आवश्यकताहरू पूरा भएपछि मात्र आध्यात्मिक लाभ लिन सकिने कुरामा पनि जोड दिन्छ ।

एक दिनको कुरो हो । गौतमबुद्ध आलवी भन्ने प्रदेशमा विहार गरी उपदेश दिइरहनु भएको थियो । त्यहाँ निकै नै मानिस जम्मा भैरहेका थिए । बुद्धले प्रथमतः त्यहाँको परिस्थिति र त्यहाँका मानिसहरूको स्वभाव बारेमा अध्ययन गर्नुभयो । मेरो उपदेश बुझ्नसक्ने कोही होला कि भन्ने विचार गरी हेर्नुभयो । केवल एम कृषक मात्र वहाँको उपदेश बुझ्नसक्ने देखा परे । तर भोकले उनको मानसिक सन्तुलन स्थिर थिएन । उपदेश सुन्न उनी ज्यादै उत्सुक थिए । तर मनमा खाली खानेकुराको मात्र चिन्ता भइरहेकाले उनले उपदेश ग्रहण गर्न सकिरहेका थिएनन् ।

बुद्धले उनको मनको भाव जानी त्यहाँ उपस्थित समुहसँग सोध्नु भो ‘यहाँ कसैसँग खाने पिउने केही वस्तु छ ?’ यदि छ भने त्यो छेउँमा बसिरहेका सज्जनलाई खानेकुरा दिनुहोस । मानिसहरू सबै छक्क परे । उपस्थित मध्ये कसैले सोधे ‘भन्ते, किन तपाईंले यस्तो आज्ञा गर्नु भएको ?’ बुद्धले भन्नुभयो— ‘हो, ती व्यक्ति धर्मबोध गर्नसक्ने खाले हुन्, तर आज उनको बिहानदेखि नै एउटा गोरू हराएर खाँदै नखाई खोज्न जानु परेकाले उनलाई थकाइ लाग्यो, भोक पनि ज्यादै नै लागिरहेछ । उपदेश सुन्न पनि उनलाई ज्यादै इच्छा छ, तर भोक लागेकाले उनले मेरो उपदेश बोध गरेर लिन नसक्ने भएका छन् । उनको मनमा शान्ति छैन ।’

बुद्धले ती व्यक्तिलाई भोजन गराउनु भयो र भोजनपछि ती व्यक्तिले आनन्दले बुद्धको शिक्षा ग्रहण गरे र थप तृप्त भए । भोकोे पेटले उपदेश पनि ग्रहण गर्न सक्दैन । त्यसैले जीवनका लागि भोक वा उपभोग अनिवार्य छ । तर त्यो आवश्यकताको आधारमा र विवेकपूर्ण रूपमा गरिएको हुनु पर्दछ भन्ने बुद्धको मान्यता थियो । बुद्धले उपभोगमा इन्द्रिय प्रभाव हुने कुरा गर्नु भएको छ । जस्तो कि हामीले हाम्रो आँखा र कानबाट जुन कुरालाई हाम्रो दिमागमा लिन्छौं, त्यही कुराले हाम्रो मनस्थितिमा प्रभाव जमाउने गर्दछ । बुद्ध धर्मले हाम्रा यी इन्द्रियहरूलाई जोगाउने र अनुशासित बनाउने प्रयास गर्नुपर्ने कुरा सुझाउँ छ । हामी कुन चलचित्रहरू हेर्र्छौँ, कुन पुस्तकहरू पढ्छौं र हामी कुन छविहरू निग्रह गरिरहेका छौं । तिनै कुराहरूले हाम्रो मन र मस्तिस्कलाई उपभोग गर्न प्रेरित गर्दछ ।

त्यसैले गहिरो र कट्टर अभ्यासका साथ सचेत भई गरिने उपभोग नै जीवनको आवश्यकता बन्दछ । हाम्रो उपभोक्तामुखी संस्कृतिले हामीलाई निरन्तर इच्छाहरूपूर्तिका लागि संघर्षमय जीवन विताउन प्रोत्साहन गरेको छ । हाम्रा चाहनाहरू यसरी अनियन्त्रित रूपमा बढ्दै गइरहेका छन् । तिनको परिपूर्तिका लागि हामीले जीवनको कति गुणस्तर त्याग्यौं, हामीले कति मानसिक शान्ति गुमायौँं, हामीले हाम्रो परिवारसँगको कति रमाइला पलहरू सँगै विताउन पाएनौँ भन्ने कुराको ध्यान दिएका छैनौँ । ब्रान्डेड जुक्त, ब्रान्डेड घडी, लुगा, बाइक, कार, घर, घडेरी यस्तै कुराहरू जोड्नमै हाम्रो सारा जीवन व्यतित भइरहेको छ । जीवनको मिठास प्राप्त गर्न रगत पसिना बगाइरहेका छौँ । जीवनभर यस्तो कठिन परिश्रमबाट प्राप्त भएका भौतिक सम्पन्नताहरूले उमेर पुगेपछि हामीलाई केवल खल्लो मात्र दिन्छ । किनकि त्यतिसमयसम्म हामी सुगर वा प्रेसर वा डाइबेटिज वा यस्तै दीर्घ रोगबाट ग्रस्त भइसकेका हुन्छौँ । त्यसपछि भने बल्ल हामीलाई लाग्छ कि हाम्रो हातबाट समय फुत्किसकेको छ । जीवनको मिठास गुमिसकेको छ ।

सही सम्यक आजीविका (सजीविकोपार्जन) बुद्धको महान अष्टाङ्गिक मार्गहरूमध्ये एक हो । यसले मध्यम मार्गलाई इंगित गरेको छ । बुद्धको यस शिक्षालाई अर्थशास्त्रमा पनि प्रयोग गरियो र आज त्यो बौद्ध अर्थशास्त्रको रूपमा विकसित भएको छ । इ.एफ. शुमाकरले ‘स्मल इज ब्यूटिफुल’ नामक पुस्तकमा पहिलो पटक बौद्ध अर्थशास्त्रको अवधारणा प्रस्तुत गरेका हुन् । बौद्ध अर्थशास्त्रले मानव चाहनाको गुणको सट्टा चरित्र शुद्धीकरणमा ध्यान केन्द्रित गर्दछ । यसले तृष्णाको सट्टा मानिसहरूलाई पूर्णतया तर्कसङ्गत आर्थिक व्यवहार गर्न उत्प्रेरित गर्दछ ।

शुमाकरले भनेजस्तै, आधुनिक अर्थशास्त्रले उत्पादनको अधिकतम् ढाँचाद्वारा उपभोगलाई अधिकतम बनाउने प्रयास गर्छ, जबकि बौद्ध अर्थशास्त्रले उपभोगको न्यूनतम् ढाँचाद्वारा मानव सन्तुष्टिलाई अधिकतम् बनाउने प्रयास गर्छ । महङ्गो आयात उपभोग गर्नुको सट्टा, हामी आत्म–सन्तुष्टि र उत्पादकता प्रवर्धन गर्ने गतिविधिहरूमा ध्यान केन्द्रित गर्न सक्छौं । उदाहरणका लागि, सङ्गीत बनाउने, कला सिर्जना गर्ने वा नयाँ सीप सिक्ने । बौद्ध अर्थशास्त्रमा स्थानीय स्रोतको उपयोग गर्न उत्प्रेरित गरिन्छ । साथै समूहिक खेती, सामुहिक उत्पादनको सामूहिक उपभोग, प्राकृतिक साधनको उपयोगमा संयमताजस्ता कुराहरूलाई जोड दिँदै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा प्रयास गरिन्छ । भौतिक वस्तुको अधिक उपयोगले मात्र सन्तुष्टी अधिकतम गर्न सक्दैन ।

त्यसैले खुसी प्राप्त गर्न त्याग, दान, धर्म र ध्यानमा पनि जोड दिनु पर्दछ । टाढाका ठाउँबाट स्रोतसाधनले आफ्नो इच्छा पूरा गर्नुलाई लोभको रूप र वातावरण र समुदायसँगको हाम्रो सम्बन्धलाई मिलाउन असफल भएको मान्न सकिन्छ । स्थानीय स्रोतको सङ्कलन गरेर आत्मनिर्भरताले नेपालको निराशालाई कम गर्न सक्छ । बुद्धका दर्शनलाई आधार बनाएर भुटानले कूल ग्राहस्थ्य उत्पादनको सट्टा कूल ग्राहस्थ खुसी (जिएनएच) लाई अर्थतन्त्रको आधारस्तम्भ मानेको छ । यही जीएनएचकै अवधारणाको आधारमा सन् २००५ मा मेड जोन्सले ‘कुल राष्ट्रिय कल्याण’ (जीएनडब्लू) भनेर विश्वव्यापी रूपमा सर्वेक्षण गरे । उक्त अध्ययनको आधारमा यूएनडीपीले सन् २०११ मा खुशीलाई पनि हरेक मुलुकको विकास–प्रगति मापनको आधारका रूपमा ग्रहण गराउन थाल्यो ।

राजा भुमिबोलले थाइल्याण्डको आर्थिक विकासका लागि गाउँगाउँ डुलेर आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि बौद्ध विचारधाराको उपयोग गरे । उनले प्रतिपादन गरेको सफिसियन्सी इकोनोमीले थाइल्याण्डको आर्थिक समस्याहरूको सजिलै सामना गर्न सक्यो । यति मात्र होइन, आर्थिक विकास मार्फत् मुलुकलाई आत्मनिर्मर देशको रूपमा स्थापित पनि गरायो । हामीलाई उपभोगवादी संस्कृतिले गाँजेको छ । त्यसैले मुलुकमा उत्पादन छैन् तर, आयात बढाएर भए पनि उपभोग गर्न पछि पर्दैनौँ हामी । सुनदेखि लिएर लाखौँ पर्ने ग्याजेटहरू विदेशबाट आयात गरी उपभोग गरिरहेका छौँ । महँगो घडी, महँगो गाडी, इलेक्ट्रिक सामान आयात गर्दछौँ । मुलुकमा खर्बौँको तेल आयात हुन्छ । विश्वव्यापिकरणको नाउँमा बढ्दै गएको उच्च आयतले मुलुकका उद्योगहरू धराशायी भएका छन् । विदेशी संचितिमा चुनौति बढ्दै गएको छ । स्वदेशमा रोजगारी नहुँदा वर्षेनी ७ लाखभन्दा बढि युवाहरू विदेशिरहेका छन् । यसले देशको अर्थतन्त्रलाई नराम्ररी प्रभावित पार्दै छ ।

विप्रेषण आयलाई उत्पादनमुलक क्षेत्रमा उपभोग गर्दै आत्मनिर्भर अर्थतन्त्रको बाटोमा नलाग्ने हो भने उपभोगवदी संस्कारले देशको अर्थतन्त्र नै ध्वस्त हुन बेर लाग्दैन । अतः सरकारले पनि उपभोग खर्च कटौति गर्दै पूँजीगत खर्चमा जोड दिनु पर्दछ । स्थानीय साधन स्रोतको प्रयोगमा सचेत भई दीगो विकासका लागि बौद्ध अर्थशास्त्रलाई अंगिकार गर्नु पर्दछ । खासगरी किफायती ढंगले खर्च गर्दै न्यूनतम उपभोगबाट उच्चतम् सन्तुष्टि प्राप्त गर्नतर्फ ध्यान दिनुपर्दछ । फजुल रूपमा खर्च गर्ने प्रवृत्तिलाई व्यक्ति, संघसंस्था र राष्ट्र सबैले त्याग्नु आवश्यक छ । त्यसको सट्टा उपलब्ध साधन र स्रोतको उचित प्रयोग गरी आत्मनिर्भर अर्थतन्त्रतर्फ उन्मुख हुने प्रयास गर्नुपर्दछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?