ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर

सीमामा सशस्त्र प्रहरीको काम: किसान र उपभोक्तालाई समाउने, तस्करलाई मिलाउने

२० असार २०८२, शुक्रबार
२० असार २०८२, शुक्रबार

नवलपरासी, २० असार ।

जिल्लामा अहिले सशस्त्र प्रहरीका प्रमुखले तस्करी रोक्नमा लागेको दाबी गर्दै आए पनि सशस्त्र प्रहरीकै घुमुवा प्रहरीहरू तस्करसँग मिलेर कारोबार गराउने गरेको आरोप स्थानीयले लगाएका छन् । स साना माल समान सशस्त्र प्रहरीले रोक्ने तर राती राती गाडीमा ठुला व्यापारीको मालसामान घुमुवा प्रहरीका सहयोगमा भित्र्याउने कार्य भई रहेको आरोप सीमावर्ती स्थानीयले आरोप लगाएका हुन् ।

बाहिर हल्ला भए जस्तो तस्करी रोकिएको छैन, सरावल गाउँपालिका भुजहवाका एक स्थानीयले भने,नवलपरासीमा प्रहरीको नाटक हेर्दा अच्चम लाग्छ । प्रहरी प्रशासन विना सीमा तस्कर सम्भव छैन सशस्त्र प्रहरी प्रशासन मिलेपछि सिमानाकामा जे पनि सम्भव छ ।  सीमा सुरक्षाको पहिलो बारको रूपमा जिम्मा पाएको सशस्त्र प्रहरी प्रत्येक सीमा नाकामा निगरानी हुन्छ तर दैनिक रूपमा अवैध तस्करी भने रोकिएको छैन । यसको मुख्य करण हो तस्करी सँगै प्रहरीको साँठगाँठ कमिसनमा लिप्त हुनु । जसको उदाहरण हो सुरक्षाकर्मीकै उपस्थिति रहेको सिमानाकाबाट तस्करले नेपालमा बिना भन्सार सामान भित्र्याउनु हो । पछिल्लो समय जिल्लाको विभिन्न नाकाबाट उज्यालोमा सानो मात्रका घरायसी समान ल्याउँदा सशस्त्र प्रहरीले  मोटरसाइकल भन्सार बुझाई  जफत गरेको पाइन्छ तर  ठुला तस्करको गाडी छोड्ने गरेका छन् ।

उनले सशस्त्र प्रहरीको रवैया प्रति प्रतिक्रिया दिँदै भने,सशस्त्र प्रहरी बल नेपाल न.२६ गणका  गणपति सन्तोष रायमाझीको निर्णय कमजोरका करणले घरायसी समानको ल्यादा एसपी रायमाझीले   ८० भन्दा बाढी मोटरसाइकल भन्सार बुझाएका छन् । तर पिकअपमा लोड भएका तस्करीका समान छोडेका छन् । गाडीको इन्जन बोकेको  ९१४२ नम्बरको टोयटा हाईलक्स र टायल बोकेको लु३च १७९४नम्बरको पिकअप छोडेका छन् । त्यति मात्र नभई सादा पोसाकका घुमुवा परिचालन समेत गरेका छन् । प्रहरी स्रोतका अनुसार सशस्त्र प्रहरी बल २६ नम्बर गणका घुमुवाहरु सन्दीप यादव , सालमान मिया,  जितेन्द्र बनिया , यी सब घुमुवा रात भारी तस्करी गर्नेलाई कमिसन लिई रातीको समयमा काम गराउने गरेको आरोप छ ।

घरायसी प्रयोजनको लागी खाद्यान्न ल्याउँदा यी घुमुवाहरु मोटरसाइकल भन्सार बझाए छन् । तर असार १६ गतेका दिन ट्रक सहित ३२ लाख ५८ हजारको  गाडीको ईन्जान , बेल्ट, सुट , चस्मा, जुता , चप्पल ,जस्ता समान नियन्त्रणमा लियो तर गाडीको कमिसन मिलेको ले गाडी बिच बाटो बाट छाडियो ,तर समानको कमिसन नमिल्दा उक्त समान नियन्त्रणमा लिई भन्सार बुझाईयो खुलेको छ ।  उक्त समान सशस्त्र प्रहरी तालिम केन्द्र बर्दघाट मा कार्यरत  नम्बर ५ बाहिनीपती डिआईजी दीपेन्द्र कुँवरका सुरकी  पाप्पु गुप्ताले ट्रक नियन्त्रण लिई गणलाई जिम्मा लगाएका थिए ।  तर  गुप्ता  डिआईजी  कुँवरका घुमुवाको रूपमा जिल्लामा परिचालित छन् । गुप्ता म डिआईजी  घुमुवा हुँ भन्दै जिल्लाका ठुला तस्कर सँगै साठगाठ मिलाउनमा लाएका छन् । उक्त समान बुडन्तवापुर,रमपुरवा,गेरमी नाका बाट गएको स्थानीयले बताए । स्थानीयका अनुसार सशस्त्र प्रहरी बढी मात्रमा दुख दिइएको  छन् । प्रत्येक डिउटीले प्रति मोटरसाइकल  मल , बाट रु ५० को दर डिउटी खर्च उठाएको स्थानीयको भनाई थियो ।

जिल्लामा राजश्व अनुसन्धान ,भन्सारका नेपाल प्रहरीले एक महिनाको अन्तरमा करोडौँको सामान जफत गरेको छ । तर तस्करीको समान समातेर प्रहरीले भन्सार बुझाएको देखिन्छ तर तस्कर समाएको देखिँदैन यो सब प्रहरी प्रशासनको नाटक हो, अर्को स्थानीयले भने,केही देखावटी रूपमा माल समात्ने बुझाउने र बार्गेनिङ गर्ने, सेटिगँ मिले पश्चात् आफै लाइन मिलाई दिइने प्रहरीको पुरानो बानी हो । पछिल्लो समय सुरक्षाकर्मीसँग सेटिङ मिलाएर तस्करी गर्ने व्यापारीले सुरक्षाकर्मीका घुमुवा (सादा पोसाकका प्रहरी) ले देखाएको बाटोबाट बिना भन्सार सामान ल्याउने क्रम बढेको छ ।

भुजहवा बाइपास सडकबाट यी सबै नाकामा सशस्त्र प्रहरी र नेपाल प्रहरीको उपस्थिति छ । स्थानीयका अनुसार भुजहवा बाइपास सडकमा पछिल्लो समय तस्करी बढी भइरहेको छ । महेशपुर र भुजहवा नाकामा सशस्त्र र प्रहरीको उपस्थिति छ । चोरी पैठारी नियन्त्रणमा सहयोगका लागि सीमा नाकामा इन्स्पेक्टरको कमान्डमा सशस्त्र प्रहरीको बिओपी पोस्ट छ । ‘सुरक्षाकर्मीसँग सेटिङ नमिलाएको भए यतिका संयन्त्रलाई छलेर कसरी तस्करले यहाँका सहरमा सामान ल्याउँछन् ? उनले प्रश्न गरेका थिए ।

तस्करहरूले नै किसान र उपभोक्तालाई रोक्ने हो भन्ने तस्करी गर्ने र केही लाभान्स दिइने प्रहरीसँग सौदाबाजी गर्छन् । अखिरमा तस्करी गरी भित्र्याउने माल बस्तु पनि तिनै उपभोक्ता र किसानले किन्ने हो,उनीहरूलाई रोकिएन भन्ने ठुला तस्करले भित्र्याइएका माल बस्तु कसले किनिदिने हुन ? उनीहरूलाई रोक्न सकियो भन्ने मात्र महँगोमा तस्करीको माल बिक्री गरी आएको लाभांशबाट प्रहरीलाई वितरण गरिने हो । उपभोक्ता र तस्करी दुबै रोकियो भन्ने राज्यको राजस्व बढ्छ,जुन राजकोषमा जान्छ,प्रहरीको हातमा पर्दैन । यसले गर्दा प्रहरी राजस्व भन्दा आफूले पाउने राजस्वमै बढी जोड दिन्छ । प्रहरीले चाह्यो भन्ने सियो पनि छिर्दैन,भन्सारका एक कर्मचारीले भने,तर प्रहरीले नै सेटिगँ मिलाइदिन्छन्,होइन भन्ने राजमार्ग क्षेत्रबाट पनि माल बस्तु समातेर कसरी भन्सारमा पुनः आउँछ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?