ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

सहकारीलाई भाडामा दिएको जग्गा जालसाजी गरी बिक्री, न्यायको खोजीमा पीडित

२० असार २०८२, शुक्रबार
२० असार २०८२, शुक्रबार

दाङ, २० असार ।

घोराही उपमहानगरपालिका–१४ सरस्वती टोल बस्ने मुलजीता रोकाको नाममा रहेको घोराही–७ सौँडियारस्थित कित्ता नं. ३ क ९२६ नम्बरको १० कट्ठा आठ धुर जग्गा जालसाजी गरेर बिक्री गरेको रहस्य खुलेको छ ।जालसाजी गरेर जग्गा बेचिएपछि न्याय खोज्दै ६६ वर्षीय मुलजिता रोकालाई अड्डा अदालत धाउनुपर्ने बाध्यता आइपरेको छ । कृषि फर्म सञ्चालनका लागि मुलजिताले उक्त जग्गा जनज्योति पशुपक्षी पालक कृषक सहकारी संस्थालाई २०७८ असार १६ गते वार्षिक २४ हजार रुपैयाँ बुझ्ने गरी १० वर्षका लागि भाडामा दिएकी थिइन् ।

जग्गा सहकारी संस्थालाई भाडामा दिँदा सम्झौतामा साक्षी बसेका घोराही–१५ निवासी टीका बुढा रञ्जितले २०७८ असार २८ गते जालसाजी गरेर उक्त जग्गा बिक्री गरेको पीडित मुलजिता रोका बताउँछिन् । आफ्नो नाममा रहेको जग्गा आफूलाई थाहै नदिएर बिक्री गरेको जग्गाको राजस्व घोराही ७ को वडा कार्यालयमा तिर्न जाँदा २०७९ सालमा थाहा पाएको उनी बताउँछिन् । ‘आफू एकल महिला र त्यसैमा वृद्ध भएकाले कमाउने ठाउँ थिएन ।  काठमाडौँमा पढ्दै गरेकी छोरीको फी तिर्ने पैसा जुटाउन सकेको थिएन’, पत्रकार सम्मेलनमा मुलजिताले भनिन्, जग्गा भाडामा दिँदा पैसा आउने र संरक्षण पनि हुने भएकाले भदै नाता पर्ने टीका बुढालाई जग्गा भाडामा दिएको थिएँ तर उसले जालसाजी गरेर जग्गा बेचिदिए छ ।

उनका अनुसार जग्गा भाडामा दिने सम्झौता भएको १२ दिनपछि अर्थात् २०७८ असार २८ गते उक्त जग्गा अर्को व्यक्तिको नाममा पास भएको देखिन्छ । बुढाले २० लाखको कागजी मूल्याङ्कन देखाएर घोराही निवासी लक्ष्मण शर्मालाई २०७८ असार २७ गते लिखत तयार पारी २८ गते जग्गा बिक्री गरेको पाइएको छ । त्यसको करिब छ महिनापछि पुनः जग्गा बिक्री भएको छ । लक्ष्मण शर्माबाट उक्त जग्गा २०७८ पुस २० गते घोराही उपमहानगरपालिका–१५ निवासी परशुनारायण श्रेष्ठलाई बिक्री गरेको मालपोत कार्यालयको प्रमाणमा भेटिन्छ । बिक्री गरेको प्रमाणका आधारमा करोडौँ रुपैयाँको उक्त जमिन श्रेष्ठले किन्दा पनि २० लाख रुपैयाँको नै मूल्याङ्कन गरेर बिक्री गरेको पाइएको छ ।

जग्गाधनीलाई सोधपुछ नै नगरी आफ्नो नाममा रहेको जग्गा बिक्री भएको भन्दै जग्गा फिर्ताका लागि पटक पटक टीका बुढालाई भन्दा हुन्छ भन्ने तर जग्गा फिर्ता नगरेको बताइन । ‘भाडामा दिएको जग्गा बिक्री भएको थाहा पाएपछि मैले टीकालाई के गरेको यस्तो भदै सोधेँ’, पत्रकार सम्मेलनमा मुलजिताले भनिन्, ‘उसले गल्ती भयो, तपाईँको जग्गा फिर्ता गर्छौँ मात्रै भन्यो त्यही भएर आजसम्म पर्खिएर बसेको थिएँ तर गर्छु भन्दाभन्दै झुलाउने काम गरिरहेको छ ।’

व्यक्तिको नाम र प्रतिष्ठामा राजनीतिक, सामाजिक आँच किन ल्याउने भन्दै जग्गा फिर्ता गराइदिन पटक–पटक आग्रह गर्दा सुनुवाइ नभएको उनको गुनासो छ । उनले जग्गा भाडाबापत दोस्रो पक्षले तीन पटक गरेर एक लाख २० हजार रुपैयाँ मात्र आफूलाई बुझाएको बताइन् । सम्झौता अनुसार पाँच/पाँच वर्षमा भाडा बुझाउने उल्लेख गरिएको छ ।जग्गा जनज्योति पशुपक्षी पालक कृषक सहकारी संस्था भाडा दिने सम्झौता भएपछि टीकाले आफूलाई सहकारीको सम्झौता मालपोत कार्यालयमा गर्नुपर्छ भनेर बोलाएपछि आफू गएको र त्यहाँ हस्ताक्षर गरेर ल्याप्चे लगाइदिएको बताउँछिन् ।

‘उक्त जग्गामा कृषि कार्य गर्नका लागि तपाईँको हस्ताक्षर चाहिने भयो, तपाईँलाई ल्याउन एक जना मान्छे आउँदै छ भनेर उसले फोन गरेको थियो’, पत्रकार सम्मेलनमा मुलजिताले भनिन्, ‘त्यसपछि मैले मालपोत गएर हस्ताक्षर र ल्याप्चे लगाएको थिएँ, त्यहीलाई जग्गा बिक्रीमा प्रयोग गरेका रहेछन् ।’ आफूले पढ्न नजानेको र बुझ्ने मान्छे आफूसँग कोही नभएको मौका छोपेर जग्गा नै बेचिदिएको उनको आरोप छ ।

‘फूपु भदैको नाता थियो । फूपु हामीले कृषि फार्म खोल्दैछौं  तपाइको जग्गा दिनुस् भन्नुभयो । मलाई छोरी पढाउन पैसा पनि चाहिएको थियो’– मुलजिताले भनिन– ‘आफ्नो मान्छेले यस्तो गर्लान् भन्ने मैले सोच्दै सोचिनँ । बेचेर खाइदिए । मैले थाहा पाएपछि फिर्ता मागें, म फिर्ता गर्छु गल्ती भयो भनेपछि जग्गा फिर्ता हुने आश गर्दा गर्दै वर्षौं बित्यो अहिलेसम्म पाइएन ।’
तपाईँको जग्गा फिर्ता गरिदिन्छु भनेपछि लामो समयसम्म कानुनी प्रक्रियामा जान नसकेको भन्दै उहाँले बाध्य भएर न्यायका लागि अदालत पुगेको बताउनुभयो ।

‘आज दिन्छु, भोलि दिन्छु भन्नुभयो, बाहिर नल्याइदिनुस् हाम्रो इज्जतको सवाल छ, म तपाईंलाई जग्गा फिर्ता गर्दिहाल्छु भन्नुभयो मैले पनि ठीकै छ त जग्गा फिर्ता आइहाल्छ भने भइत गो भनें तर मलाई झुलाउने काम मात्रै भयो, उनले भनिन् । मुलजिताले २०६० सालमा ज्याला मजदुरी गरेर बचाएको पैसाले ३५ हजार रुपैयाँ कट्ठाका दरले उक्त जग्गा किनेको बताइन  । तर उक्त जग्गा अहिले करोडौं मुल्यको छ ।

सहकारीसँग सम्झौता गरेर कृषि फार्म खोल्ने भन्दै भाडामा लिएको मुलजिताको जग्गा बेचेर खाइदिएका रञ्जित भनिने टीका बुढाले सम्झौता गरिएको सहकारीमा डमी पदाधिकारी बनाएर कारोबार गरेको पाइएको छ । उक्त सहकारीमा सदस्य भए सहकारीमै जागिर लगाइदिने भन्दै घोराही–१७ की विरु घर्ती मगर र घोराही–१५ मा चिया पसल गरी बस्ने दिपा बुढालाई रञ्जितले प्रस्ताव गरे । राम्रै जागिर पाइने भनेपछि घोराहीको ग्लोवल आइएमई र प्रभु बैंकमा खाता खोल्न लगाएर रञ्जितले बिरु र दिपासँग नागरिकताको फोटोकपी र दुबैजनाको बैंक चेक लिएर गए ।

सहकारीबाटै बैंकिङ सेवा दिने भएकाले राम्रो जागिर लगाइदिने भनेपछि दिपा र विरुले सहकारीको सदस्य बन्न मञ्जुर भएर बैंकको चेकबुकसमेत हात लगाए । तर जागिर पाएनन् । जागिर नपाए पनि आफ्नो दैनिकी चलाएर बसेका ती दुई महिलाको हाल आएर बैंक खाता नै रोक्का भएपछि उनीहरु बैंकमा पुगे । बैंकले मुद्दा परेकाले खाता रोक्का भएको बताएपछि मात्रै थाहा भयो कि रञ्जितले कृषि फार्म सञ्चालन गर्ने भनेको जनज्योति पशुपालक कृषक सहकारी संस्थाको अध्यक्षमा बिरु घर्ती मगर र कोषाध्यक्षमा दिपा बुढालाई राखेको  रहेछ ।

सहकारीको सदस्य हुन्छौँ भनेका ती दुई महिलालाई रञ्जितले आफै अध्यक्ष र कोषाध्यक्ष बनाएर सहकारीको नाममा किर्ते गरेर कारोबार गरेको पीडित महिलाहरूले बताए । ‘जागिर दिन्छौ भनेपछि सदस्य बनेका हौँ तर सहकारीको भेला, बैठकबारे केही थाहा छैन’– अध्यक्ष बनाइएकी बिरु घर्ती मगरले भनिन ,  ‘हामीलाई थाहै नदिएर अध्यक्ष, कोषाध्यक्ष बनाएर आफै किर्ते गरेर के–के गरे उनै रञ्जितलाई थाहा होला हाम्रो चेकबुक लगेर किर्ते गरेर हामीलाई फसाइयो ।’ हस्ताक्षर, चेक र सहकारीको कहाँ–कहाँ दुरुपयोग भएको छ भन्ने अहिले नै सबै थाहा नभएको भन्दै उनले आफ्ना चेक अरुलाई दिएकाले उनीहरुले पैसा नपाएर उजुरी दिएपछि आफ्ना खाता रोक्का भएको दिपाले बताइन ।

दुई वर्ष अघिको घटनाबारे आफूले  टीकाका ससुरा कृष्णबहादुर महरा, छोरा निर्मल महरालगायत व्यक्तिसँगै जग्गा बिक्री गर्दा कागज गर्ने वकिललगायत पार्टी कार्यालय सबै ठाउँमा जानकारी गराउँदासमेत सुनुवाइ नभएको बताइन् । पीडित पक्षले बिहिबार भूमिसुधार तथा मालपोत कार्यालय प्रमुखसँग भेट गरेको छ ।कार्यालयमा पुगेर जग्गा के कसरी सम्बन्धित व्यक्तिलाई थाहै नदिएर बिक्री भयो भन्नेबारे जिज्ञासा राखेको थियो ।

त्यस क्रममा भूमिसुधार तथा मालपोत कार्यालय दाङका प्रमुख मालपोत अधिकृत कमलप्रसाद पौडेलले कानुनी प्रक्रिया पूरा गरेर जग्गाको किनबेच भएको बताउँछन् । कार्यालयले जग्गा बिक्री गर्दा कागजपत्रलाई आधार मान्ने र त्यसका लागि सम्बन्धित व्यक्तिले सम्पूर्ण प्रक्रिया पूरा गरेर जग्गाको बिक्री गरेको पाइएको प्रमुख पौडेलले बताए । उनले न्यायका लागि कानूनी प्रक्रिया अपनाउन सल्लाह दिएका छन् । जग्गा बिक्री गरेको आरोप लागेका टीका भने सम्पर्कमा आउन सकेनन् ।।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?