ट्रेंडिंग:

>> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क

विद्यालयको भवन नहुँदा भुईँमै बसेर पढ्न बाध्य मुगुका विद्यार्थी

२० असार २०८२, शुक्रबार
२० असार २०८२, शुक्रबार

मुगु, २० असार । 

खत्याड गाउँपालिकाको वडा नं ६ मा पर्ने लाम्र पन्सेरीमा रहेको भगवती माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू भौतिक पूर्वाधार अभावमा चिसो भुईँमै बसेर पढ्न बाध्य छन् । विद्यालयमा भवन अभाव हुँदा यहाँका विद्यार्थीहरू खुला आकाश, टिनको टहरा र बहु कक्षाको व्यवस्था गरी भुईँमा बसेर पठनपाठन गर्न बाध्य भएको पाइएको हो । भौतिक पूर्वाधार निर्माणका लागि विद्यालयसँग पर्याप्त जग्गा भए पनि स्रोतको अभावमा पूर्वाधार निर्माण हुन नसकेको हो । पूर्वाधार अभावमा ईसीडी कक्षा देखि १० कक्षासम्म अध्ययनरत ३ सय ५० भन्दा बढी विद्यार्थीहरूलाई पठनपाठनका लागि निकै समस्या भएको विद्यालयले बताएको छ ।

विद्यालयमा आठ वटा मात्र कोठा छन्। जसमा फरक फरक दुई वटा कक्षाका विद्यार्थीहरू सँगै बसेर अध्ययन गरिरहेको विद्यालयका प्रधानाध्यापक विष्णु केसीले जानकारी दिए । कक्षा कोठा निर्माणका लागि आव २०७६/७७ मा कर्णाली प्रदेश सरकारको सामाजिक विकास कार्यालयले २८ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर, सो बजेटले भवन निर्माण गर्न अपुग भएपछि निर्माणाधीन भवन अलपत्र अवस्थामा छ। पूर्वाधार निर्माणमा सहयोग गर्न स्थानीय र प्रदेश सरकारसँग मौखिक रूपमा सहयोग मागिए पनि त्यसको सुनुवाइ नभएको प्रधानाध्यापक केसीले बताए ।

‘विद्यालयमा कक्षाकोठा नै अभाव भएकाले पढाइ राम्रो हुन सकेको छैन। व्यक्तिगत सरसफाइमा पनि असर परेको छ। खुला आकाश र चौरमा बसेर पढ्नु परेको छ भने एउटै कक्षामा दुई फरक कक्षाका विद्यार्थी बसेर पढ्नुपर्दा होहल्ला बढी हुने भएकाले शिक्षकले पढाएको कुरा समेत बुझन गार्हो भएको छ,’ कक्षा दशमा अध्ययनरत छात्रा आकृति शाहीले भनिन् ।

राज्यले शिक्षा, स्वास्थ्य, र रोजगारीको जस्ता अनेक शीर्षमा बजेट छुट्याए पनि बजेट अभावमा मुगु जिल्लामा रहेका धेरै विद्यालयहरूको अवस्था यस्तै रहेको वडा नम्बर ६ का वडा अध्यक्ष भरत बहादुर शाहीले बताए । उनका अनुसार प्रदेश सरकारले दिएको बजेटले विद्यालयको जग हाल्न मात्र पुगेकोले आधा निर्माण भएको भवन वर्षौँ देखि अलपत्र अवस्थामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?