© २०२३
बुटवल, २० असार । तिलोत्तमा उद्योग वाणिज्य संघले आफनो ११ औ स्थापना दिवस विविध रचनात्मक कार्यक्रम गरि मनाएको छ । कार्यक्रमको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खांणले उद्घाटन गर्दै उद्योगी व्यवसायीहरुको संरक्षण गर्नुपर्ने र संरक्षण गर्ने दायित्व सरकारको भएको बताए । पछिल्लो समय उद्योगी व्यवसायीका समस्या बढेर गएको बताउंदै उनले समस्या र चुनौतीसंगै अवसर पनि भएकाले उद्योगी ब्यवसायीहरुलाई नआत्तिन आग्रह गरे । तिलोत्तमाको स्थानीय सरकार सधै साथमा रहेको समेत उनले प्रतिवद्धता जनाए । आर्थिक मन्दीका कारण उद्योगी व्यवसायीहरु बढी समस्यामा देखिएको हुदा यो विषयमा राष्ट्र बैंकले व्यवासायीहरुको समस्या बुझेर सहजताको अवस्था मिलाउनुपर्ने र संघीय सरकार गम्भीर हुनुपर्नेमा उनले जोड दिए । देशकै लागि तिलोत्तमा सम्भावित क्षेत्र भएको बताउंदै स्थायी प्रदर्शनीस्थल नहुंदा उद्योगी व्यवसायीले औद्योगिक मेला महोत्सव सञ्चालन गर्न समस्या भएकाले नदी उकासको जग्गा खाजेर समस्याको समाधान गर्ने गरि यो बिषय नीति तथा कार्यक्रममा समाबेस गरिएको बताए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य केशव भण्डारीले उद्योगी ब्यवसायीका समस्या थपिदै गएको बताउंदै यो विषयमा तिनै तहका सरकारलाई गम्भीर हुन आग्रह गरे । खुल्ला सीमाना र आर्थिक मन्दीका कारण उद्योगी व्यवसायी संकटमा परेको गुनासो गर्दै समेत गरे ।
कार्यक्रममा संघका लुम्बिनी प्रदेस उपाध्यक्ष कुलप्रसाद न्यौपानेले पछिल्लो समय बैंकको ब्याजदर घटेपनि ब्यवसाय फस्टाउन नसकेको र रोजगारी सृजना गर्न नसकिएको बताए ।
तिलोत्तमा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष गुणनिधी भण्डारी (माधव)ले आर्थिक मन्दीले समस्यामा परेका उद्योगी व्यवसायी विस्थापित हुने अवस्था आउदा पनि सरकारले नीजि क्षेत्रका समस्या बुझ्न नसकेको भन्दै चिन्ता ब्यक्त गरे ।
सिद्वार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र आचार्यले सरकार नीतिगत रुपमा अष्पष्ट हुंदा देशका थुप्रै उद्योगी व्यवसायी विस्थापितको अवस्थामा पुगेको बताउंदै उद्योगहरु नविकरण हुन नसक्दा जटिलता पैदा भएकोले सहजिकरणका लागि स्थानिय पालिकाले सहजिकरण गर्नुपर्ने बताए । उद्योग सञ्चालन गरिरहेका उद्योगी व्यवसायीका सम्पत्ति रोक्का भएको उल्लेख गर्दै सरकारले तिनै उद्योगी व्यवसायीलाई निचोरेर राजश्व संकलन गर्न थालेको टिप्पणी गरे ।
कार्यक्रममा संघका सस्थापक उपाध्यक्ष दुर्गाप्रसाद खरेल, तिलोत्तमा ब्यापारसघका अध्यक्ष नेत्र न्यौपाने, शान्ति नमुना माध्यमिक विद्यालयका प्राचार्य कुलप्रसाद लामिछाने, संघका वरिस्ठ उपाध्यक्ष सुरज पङ्गेनी, महासचिव राजन पान्डेले उद्योगी ब्यवसायीको समस्या उजागर गर्दै राज्यकबाट ध्यान दिन नसकेको गुनासो राखे ।
संघको स्थापना दिवसको अवसरमा संघका वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद खरेल, रु १ लाखको अक्षयकोष स्थापना गर्ने संघका सदस्य ब्यवसायी नारायणप्रसाद पराजुली र एसईई मा नेपालमै उत्कृष्ट नतिजा ल्याउने शान्ति नमुना माध्यमिक विद्यालयका प्राचार्य कुलप्रसाद लामिछानेलाई सम्मान गरिएको थियो । कार्यक्रममा शान्ति नमुना माध्यमिक विद्यालयमा कक्षा १ मा अध्ययनरत छात्रा दाङकी अन्जना माझीलाई १ बर्ष अध्ययनका लागि संघका तर्फबाट अध्यक्ष ज्ञानेन्द्र कार्की, कोषाध्यक्ष टिकाराम भन्डारीले छात्रावृत्ति प्रदान गरिएको छ ।