© २०२३
बर्दघाट, १९ असार ।
बर्दघाटका अनुपम पोखरेल र अभिनव पोखरेल एकै दिन जन्मिए । एकै दिन विद्यालय भर्ना भए । र, एसईई पनि एकै पटक उत्तीर्ण गरे । २०८१ सालको एसईई नतिजा आउँदा अनौठो संयोग जु¥यो, यी जुम्ल्याहा दाजुभाइले समान जिपिए (३.९५) ल्याएर एसईई पार गरे ।
नवलपरासी पश्चिमको बर्दघाट स्थित कुमुदिनी इंग्लिस सेकेण्डरी स्कुलमा नर्सरीदेखि नै अध्ययनरत पोखरेल दाजुभाइलाई विरलै हुने संयोग जुरेको हो । “नर्सरी देखि नै पढाइमा अब्बल र अनुशासित विद्यार्थी थिए, अपेक्षाकृत नतिजा ल्याए तर समान जिपिए प्राप्त हुन्छ नै भन्ने त आङ्कलन थिएन तर जुम्ल्याहा दाजुभाइले पढाइ पनि समान गरे, यो अनौठो संयोग मानेका छौँ” विद्यालयकी अध्यक्ष कमला शर्माले बताइन ।
जिल्लामा ३ जनाको ४ जिपिए सबै एकै विद्यालयका २०८१ को एसइई परीक्षामा नवलपरासी पश्चिमबाट ३ जनाले मात्र ४ जिपिए अङ्क ल्याउन सफल भएका छन् । जिल्लाका कुल १ सय २१ विद्यालयबाट साधारण तर्फ ४ हजार ७ सय ८२ र प्राविधिक तर्फ १३९ गरी कुल ४ हजार ९ सय ८२ विद्यार्थी मध्ये ३ जनाले मात्र ४ जिपिए ल्याउन सफल भएका हुन । नवलपरासी पश्चिमको बर्दघाट स्थित कुमुदिनी इंग्लिस सेकेण्डरी स्कुलका ३ जना छात्राहरू प्रिन्सा पाण्डे, सम्पदा पाण्डे र विपिसा भुसालले ४ जिपिए ल्याएका हुन ।
उच्चतम जिपिए ल्याउने विद्यार्थी पनि संयोग नै मान्नु पर्छ, ३ जना नै छात्रा ले ४ जिपिए ल्याउन सफल रहे भने प्रिन्सा र सम्पदा दिदी बहिनी (बुवाहरू दाजुभाइ) समेत हुन । “यस वर्षको नतिजाले हामी धेरै खुसी छौँ, जिल्लामा ४ जिपिए ल्याउने विद्यार्थी हामीले अध्यापन गराएका विद्यार्थीहरू छन्, ४ जिपिए ल्याउने विद्यार्थीहरू सबै छात्रा र एकै विद्यालयका हुनु पनि पनि संयोग नै मान्नु पर्छ” विद्यालयका प्रिन्सिपल रेश्मीराज बस्यालले भने ।