Butwal Today

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक स्थगित

१९ असार २०८२, बिहीबार
अ+
अ-

काठमाडौं, १९ असार ।

नेकपा एकीकृत समाजवादीले आजका लागि तय गरिएको सचिवालय बैठक स्थगित गरेको छ। पार्टी प्रवक्ता प्रकाश ज्वालाका अनुसार बैठकको तयारी अपुरो हुनुका साथै महासचिवको स्वास्थ्यमा समस्या देखिएकाले बैठक स्थगित गरिएको हो।

‘तयारी पनि राम्रो पुगेको थिएन, फेरि महासचिवलाई अलिक सञ्चो पनि नभएकाले बैठक स्थगित गरिएको हो,’ प्रवक्ता ज्वालाले जानकारी दिए।

अब सचिवालय बैठक २२ असारमा बस्ने तय गरिएको छ। यो बैठक पार्टी अध्यक्ष माधवकुमार नेपाल पतञ्जली जग्गा प्रकरणमा तानिएकोपछिको पहिलो सचिवालय बैठक हुने बताइएको छ। पार्टीभित्रको आन्तरिक छलफल र पछिल्ला घटनाक्रमको मूल्याङ्कन गर्न बैठक महत्वपूर्ण मानिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?