ट्रेंडिंग:

>> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश

कानुनका कर्मचारीको अभावले न्यायिक समितिको काम प्रभावित

१९ असार २०८२, बिहीबार
१९ असार २०८२, बिहीबार

लमही, १९ असार ।

स्थानीय तहमा रहेका न्यायिक समितिहरूले विवाद समाधानका लागि महत्त्वपूर्ण भूमिका खेलिरहेका छन् । तर, अधिकांश पालिकामा कानुन सम्बन्धी अध्ययन गरेका जनशक्ति नहुनु न्याय सम्पादन प्रक्रियामा चुनौती बन्दै गएको छ । संविधान अनुसार स्थानीय तहमा उपप्रमुख (नगरपालिका) र उपाध्यक्ष (गाउँपालिका) को नेतृत्वमा न्यायिक समिति गठन गरिन्छ । जसले स्थानीय विवादहरूको समाधान गर्न सक्छ । तर, कानुनी ज्ञान नभएका वा कानुनमा दक्षता नपुगेका कर्मचारीकै भरमा काम चलाउँदा न्यायिक समितिको काम प्रभावकारी हुन सकेको छैन ।

कानुन पढेका कर्मचारी नभएकाले कानुनी प्रक्रियाको बुझाइमै समस्या पर्छ,“ लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीले भनिन्, ‘हामीले विवाद समाधानका क्रममा कानुनी व्याख्या गर्नुपर्ने अवस्था आउँछ, तर त्यो जिम्मेवारी कानुन जान्ने कर्मचारीबिना कठिन हुन्छ ।’ न्यायिक समितिको सल्लाहकार हुँदैन समग्र पालिकाको सल्लाकारको सहयोग लिनुपर्छ तर समय दिन नसकेको अवस्था उनले भनिन । बुधबार लमही नगरपालिका न्यायिक समितिको यस्तै समस्या तुलसीपुर, घोराही, दंगीशरण, राजपुर लगायत दाङका अधिकांश स्थानीय तहमा देखिएको छ । कतिपय पालिकाले एक जना कानुनी सल्लाहकार राखे पनि त्यो केवल प्रशासनिक परामर्शका लागि मात्र सीमित हुने गरेको स्थानीय जनप्रतिनिधिहरू बताउँछन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशिका अनुसार न्यायिक समितिले कानुनी आधारमा फैसला गर्नुपर्ने उल्लेख भए पनि व्यवहारिक रूपमा भने अधिकांश निर्णय अनुभव र स्थानीय चलनचल्तीका आधारमा गरिँदै आएका
छन् । यसरी कानुनी आधार कमजोर हुँदा न्यायिक समितिको निर्णय अपिलमा गएपछि जिल्ला अदालतबाट उल्टिने वा बदर हुने जोखिमसमेत बढिरहेको छ । नागरिक समाज दाङ देउखुरीका संयोजक निम बहादुर थापा भन्छन् ‘स्थानीय तहमा कानुन पढेका प्राविधिक जनशक्ति नियुक्त गर्नु अत्यावश्यक छ । नत्र, न्याय सम्पादन प्रक्रियाले स्थानीय विश्वसनीयता गुमाउन सक्छ ।’ सम्बन्धित सरोकारवालाहरूले अब न्यायिक समिति बलियो बनाउन कानुन पढेका कर्मचारी वा परामर्शदाता अनिवार्य रूपमा व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?