ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

कति बाँच्छन् वृक्षारोपण गरेका बिरुवा ?

सरकारी मात्रै होइन गैरसरकारी, सामाजिक र समुदाय स्तरबाट वृक्षारोपणका समाचार र फोटोहरू वर्षासँगै आउँछन् । तर जति मात्रामा बिरुवा लगाइन्छ त्यस अनुसार संरक्षण र संवर्द्धन गर्ने संस्कार हामी कहाँ विकास भएको छैन । यसले वृक्षारोपण बचाउनका लागि गरिन्छ कि बिरुवा मार्नका लागि गरिन्छ ? भन्ने गम्भीर प्रश्न उठाएको छ ।
१९ असार २०८२, बिहीबार
१९ असार २०८२, बिहीबार
पाल्पा, १९ असार । 
२०३८ सालको असोजमा महिनामा अतिवृष्टिका कारण महाविनासकारी बाढी गयो । खेतीयोग्य जमिन मात्र नभएर धनजनको पनि क्षति हुन पुग्यो । त्यसपछि विदेशी दातृ निकायले सदरमुकाम तानसेनमा तिनाउ जलाधार परियोजनाको कार्यालय नै स्थापना गरेर बाढी पहिरो नियन्त्रणका लागि थालनी गरेको वर्षा याममा वृक्षारोपण कार्यक्रमले अहिलेसम्म निरन्तरता पाइनै रहेको छ ।
परियोजनाले थालनी गरेको वृक्षारोपण कार्यक्रमलाई डिभिजन वन कार्यालय, भू तथा जलाधार कार्यालयले अहिलेसम्म निरन्तरता दिइनै रहेको छ । परियोजनाले आफ्नो अभियानलाई सार्थक तुल्याउन विद्यालय तह देखि नै विद्यालयका बालबालिकालाई प्रयोग गरी समय समयमा यस विषयमा चेतनामूलक सन्देश दिँदै बिरुवा वितरण गरी समय समयमा अनुगमन गर्ने र उत्कृष्ट विद्यार्थीलाई पुरस्कार स्वरूप टिसर्ट वितरण गर्ने कार्यक्रम थियो ।
भू तथा जलाधार कार्यालय, डिभिजन वन कार्यालयले वन उपभोक्ता समूह, विभिन्न सामाजिक सङ्घ, संस्था र निजी वन बनाएका व्यक्तिलाई डालेघास, अम्लिसो, बास, चिउरी, तेज पात, जडीबुटी जन्य हर्रो वर्रो अमला, आय आर्जनका लागि खयर प्रजातिका बिरुवा वितरण गर्दै आएको छ । डिभिजन वन कार्यालयले आफ्नै नर्सरीबाट र रामपुर रम्भाको पिपल डाँडाबाट, माथा गढीको झडेवा, निस्दीको मित्याल स्वडिभिजन वन कार्यालयमा स्थापित नर्सरी खर्चिएको नर्सरी रकम बाट वितरित बिरुवा वितरण गर्दै आएको छ ।
परियोजनाद्वारा तानसेन नगरको दम कडामा स्थापित नर्सरीमा कर्मचारीका रूपमा लामो समय देखि काम गरेका दम कडाका बुद्धराज बस्याल आफ्नो पुरानो अनुभव सुनाउँदै वृक्षारोपण कार्यक्रमको प्रभावकारिता माथि प्रश्न उठाउँदै भन्दछन्, सरकारले निःशुल्क रूपमा वितरण गरेका बिरुवा कति प्रतिशत स¥यो । पहिला पहिला नियमित रूपमा अनुगमन हुन्थ्यो । वन कार्यालयले वितरण गरेको कति रोपण भयो कि भएन । बिरुवा स¥यो की सरेन भनेर अनुगमन नै नहुँदा सरकारको लगानी बालुवामा पानी जस्तै भएको उनले बताए ।
सरकारले नर्सरी स्थापनाका लागि वर्षे नि ठुलो धनराशि खर्चिए पनि त्यसको सार्थकता माथि नै आमजनताले प्रश्न उठाउन लागेका छन् ।तिनाउ गाउँपालिका दोभानका पुराना पुस्ताका मानबहादुर दर्लामी भन्दछन् । पहिला पहिला कटहर, वडहरको बिरुवासँगै हाम्रा वन पाखा, खोरीया काल्नामा चाaप लगाउने प्रचलन थियो । परियोजनाले बिरुवाको भर्पाइ नै लिएर घर आँगनमा अनुगमन गर्ने प्रचलन थियो । पहिले तानसेनबाट बिरुवा ल्याउँदा पनि अनुगमन हुन्थ्यो तर अहिले यही गाउँबाट बिरुवा वितरण भए पनि अनुगमन हुँदैन ।
बारी त अधिकांश बाझिँदै गयो त्यसमा तेज पात लगाउने अभियानै सुरु भयो । डोकोभरी बिरुवा ल्याउने त्यसको आधा लगाउने र लगाएका बिरुवामा पनि गोडमेल नहुँदा जम्मा ५ देखि १० प्रतिशत मात्र बिरुवा सर्ने गर्दछ । हो यसको अनुगमन कसले गर्ने हो’, उनले भने ।गाउँ बस्ती जनघनत्व कम हुँदै गएपछि बस्ती बस्तीमा वन्य जन्तुको बिगबिगी बढ्दै गएपछि वन वाली अन्तर्गत निस्दी क्षेत्रमा अम्लिसो, रामपुर रम्भा क्षेत्रमा खयर, माथागढी र रैनादेवी क्षेत्रमा तेजपातका बिरुवा सबै भन्दा बढी वितरण भएको सूचना अधिकारी खिल बहादुर तामाङ भन्दछन् ।
जिल्लामा १० वटा स्थानीय तह छन् । यस विषयमा स्थानीय तहले समेत लगानी गरेका छन् । वन सँग साझेदारीमा तर स्थानीय निकायले समेत आफ्नो लगानीको प्रभावकारिताको सवालमा अनुगमनको पाटो नै बिर्सिएको तिनाउ गाउँपालिकाका एक कर्मचारीले बताए । भूजलाधार कार्यालयका कर्मचारीहरू पनि भूक्षय नियन्त्रणका लागि लगाइएको अम्लिसो बाँस जस्ता वनस्पति लगाइएको स्थानमा नियमित रूपमा अनुगमन गर्न त्यसका अलावा फलफूल, डाँलेघाँसका बिरुवा वितरण गरे पनि पर्याप्त जनशक्तिको अभावका कारण अनुगमन नभएको कार्यालयका एक कर्मचारीले बताए ।
डिभिजन वन कार्यालयले तानसेन, तिनाउ गाउँपालिकाको दोभान, माथगढीको झडेवा, नस्दीको मिल्यात, रम्भाको पिपलडाडामा तयार भएका एक वर्षीय तेज पात, खयर वन वाली २ लाख ६६ हजार, बहुवर्षिय वेल, टाकी, चिउरी, सौन्दर्यमूलक फूल २ लाख २६ हजार बोटका बिरुवा वितरण गरिएको सूचना अधिकारी खिल बहादुर तामाङले बताए । पछिल्लो समयमा परिवार तथा निजी बनमा खयर तथा तेजपातको माग बढी रहेको छ । वितरण गरिएको बिरुवाका विषयमा समय अनुसार अनुगमन त हुने गर्दछ तर अभियानका रूपमा अनुगमन गर्न पर्याप्त मात्रामा जनशक्ति नहुँदा पनि समस्या परेको उनी बताउँछन् ।
नेपाल सरकारको एक वर्षीय बिरुवा वितरण गर्दा १० रुपैयाँ, बहु वर्षीय वनस्पति बिरुवा तयार गर्दा १५ देखि २५ रुपैयाँ खर्च हुने गर्दछ । आर्थिक वर्ष ०७९/०८० मा १ लाख ६६ हजार ०८०/०८१ मा २लाख २ हजार ७ सय ३३, चालु आर्थिक वर्षमा ४० हजार एक वर्षीय, ०७९/०८० मा १लाख २४ हजार, ०८० /८१ मा १ लाख ४३ हजार ९ सय ५ चालु आर्थिक वर्षमा २ लाख २६ हजार बहु वर्षीय वनस्पतिको बिरुवा वितरण भएको उनले बताए ।
 राज्यको लगानी भएको ठाउँमा राज्य कै निकायबाट नियमित अनुगमन भयो भने यो कार्यक्रम सँग राज्यको लगानीले सार्थकता पाउने थियो । अनुगमन पछि डन्ड वा पुरस्कारको व्यवस्था हुनु पर्ने हुन्छ र बिरुवा वितरण कार्यक्रम एकद्वार नीति अनुरूप हुनुपर्ने सरोकारवाला बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?