© २०२३
काठमाडौँ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले प्रदेशमा राइड सेयरिङ सेवा लागू गर्ने विषयमा आफू अडिग रहेको बताएका छन्।बिहीबार नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा बोल्दै उनले प्रदेश सरकार तथा प्रदेशसभाको निर्णय कार्यान्वयन गर्ने दृढता व्यक्त गरे। “राइड सेयरिङ लागू गर्ने प्रदेश सरकारको निर्णयमा म दृढ छु,” मुख्यमन्त्री पाण्डेले भने, “लागू गरेरै छोड्छु । मेरो निर्णय कार्यान्वयन गर्न सर्वोच्च अदालतले झन् सजिलो बनाइदिएको छ ।”
उनले राइड सेयरिङ लागू नहुँदा उपभोक्तालाई हुने खर्चको उल्लेख गर्दै भने, “जहाँ तीन सयमा पुग्न सकिन्छ, त्यहाँ ट्याक्सीले १५ सय लिन्छ । जनता ठग्नका लागि हुने आन्दोलनबाट म पछि हट्दिन ।” साथै मुख्यमन्त्री पाण्डे नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत हुन्।