ट्रेंडिंग:

>> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ७५ करोड लागतको इन्धन डिपो सञ्चालनमा

१९ असार २०८२, बिहीबार
१९ असार २०८२, बिहीबार

 काठमाडौं ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अत्याधुनिक हवाई इन्धन डिपो सञ्चालनमा आएको छ। नेपाल आयल निगमले करिब ७५ करोड रुपैयाँको लागतमा विमानस्थल परिसरमै निर्माण गरेको यो डिपो आजदेखि सञ्चालनमा आएको हो।

नेपालको ५५ वर्ष लामो इन्धन आपूर्ति इतिहासमा पहिलो पटक पूर्ण रूपमा स्वदेशी परामर्शदाता, निर्माण व्यवसायी र आन्तरिक स्रोतको प्रयोग गरी यस्तो सुविधा सम्पन्न डिपो निर्माण गरिएको निगमले जनाएको छ। नागरिक उड्डयन प्राधिकरणले विमानस्थल सञ्चालनमा ल्याएसँगै इन्धन डिपोको आवश्यकता देखिँदा प्रक्रिया अघि बढाइएको थियो।

डिपो निर्माणका लागि नागरिक उड्डयन प्राधिकरणबाट ९ हजार २ सय १५ वर्गमिटर क्षेत्रफल लिजमा लिएर काम सुरु गरिएको हो। सार्वजनिक खरिद ऐनअनुसार २०७७ चैत २ मा बोलपत्र आह्वान गरिएपछि आवश्यक प्रक्रिया पूरा गरी २०७९ पुस १५ मा जग्गा भाडा सम्झौता भएको थियो। त्यसपछि २०८० साउन १ मा शिलान्यास गरिएको डिपो हाल पूर्णरूपमा तयार भएको हो।

उक्त डिपोमा तीनवटा भव्य भण्डारण गृह निर्माण गरिएको छ, जसले ३ हजार ६ सय किलोलिटरसम्म हवाई इन्धन भण्डारण गर्न सक्छ। प्रत्येक भण्डारण ट्यांकको उचाइ र व्यास १२ मिटरको छ। अत्यधिक संवेदनशील र प्रज्वलनशील इन्धनको सुरक्षालाई ध्यानमा राख्दै एक हजार २ सय किलोलिटर क्षमताको पानी ट्यांकीसहित फायर फाइटिङ प्रणाली जडान गरिएको छ।

फायर फाइटिङका लागि दुईवटा २३० हर्सपावर क्षमताका डिजेल पम्प, एउटा १५ हर्सपावर क्षमताको जक्की पम्प र ८ इन्चको पाइप जडान गरिएको छ। साथै, आकस्मिक आगलागी नियन्त्रणका लागि चार हजार लिटर क्षमताको फोम स्टोरेज ट्यांक पनि स्थापना गरिएको छ, जसले पानीसँग मिसिएर आगो निभाउने कार्यमा सहयोग पुर्‍याउनेछ।

डिपोमा रिफ्युलिङ र भण्डारण प्रणालीको गुणस्तर सुनिश्चित गर्न १ माइक्रोन र ५ माइक्रोनका फिल्टर जडान गरिएका छन्। त्यस्तै, अमेरिकन पेट्रोलियम इन्स्टिच्युट (एपीआई) को मापदण्डअनुसारका स्टोरेज ट्यांक र फलामका पाइप प्रयोग गरिएको निगमले जनाएको छ।यो डिपो सञ्चालनमा आएपछि पोखराबाट हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानहरूलाई हवाई इन्धन आपूर्ति सहज र सुरक्षित हुने विश्वास लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?