ट्रेंडिंग:

>> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा

पेट्रोलियमको मूल्यवृद्धि फिर्ता गर

१९ असार २०८२, बिहीबार
१९ असार २०८२, बिहीबार

नेपाल आयल निगमले सोमबार रातीदेखि लागू हुनेगरि पेट्रोलियम पदार्थमा भारी वृद्धि गरेपछि नेपाल आयल निगमको चर्को आलोचना भइरहेको छ । पेट्रोलियमको मूल्य घटाउँदा एक दुई रुपैयाँ घटाउने तर बढाउँदा एकै पटक पाँच रुपैयाँ भन्दा बढी बढाउने आयल निगमको बर्षौदेखिको रोग यसपटक पनि दोहोरिएको छ । त्यसमाथि अहिले किसानहरू धमाधम रोपाईमा व्यस्त भइरहेको बेला भएको मूल्यबृद्धिले किसानको लागत बढ्ने भएको छ । अहिले ट्रयाक्टरको जोताईले आकास छुन लागेको छ । पालिकाहरूले जोताईको मूल्य निर्धारण गरेपनि ट्रयाक्टर व्यवसायीले घटेको मूल्यमा जोताई गर्न मानेका छैनन । जसको प्रत्यक्ष असर किसानमाथि परिरहेको बेला आयल निगमले गरेको मूल्यबृद्धिले किसानहरू थप मारमा पर्ने निश्चित छ ।

निगमले भाउ बढाउने वित्तिकै ट्रयाक्टर व्यवसायीलाई मूल्य बढाउन प्रोत्साहन मिलेको छ । के निहुँ पाउँ कनिका बुकाउँ भनेजस्तै निगमले मूल्य घटाउँदा नघटाउने तर बढाएको समाचार सार्वजनिक नहुँदै भाउ बढाउने ट्रयाक्टर व्यवसायीले किसानमाथि चर्को मूल्य लादेका छन् । किसान चारैतिरबाट चेपुवामा परेका छन् । चाहे त्यो आयल निगमले उपभोक्ताको ढाड सेकेर होस वा व्यवसायीले खेत जोतेको मूल्य बढाएर होस् । आयल निगमले जस्तो समयमा मूल्य बढाएको छ, त्यसले किसानको लागत बढाउने निश्चित छ । तर, विडम्वना उत्पादनको लागत भने बढ्न सक्दैन । तसर्थ किसानलाई रोपाईको यो समयमा राहत दिने हो भने तत्काल पेट्रोलियम मूल्यमा समायोजन गर्नुपर्दछ ।

आयल निगमले आईओसीलाई ऋण चुक्ता गर्ने नाममा विगतदेखि नै पेट्रोलियमको मूल्य बढाउँदै आएको छ । तर, अहिले आईओसीलाई कुनैपनि बक्यौता तिर्न बाँकी छैन । आयल निगमले पछिल्लोपटक मूल्य वृद्धि भएर आएकोले मूल्य बढाउनुपरेको धारणा सार्वजनिक गरेको छ । तर, समय र परिस्थिति अनुसार एकदुई दिन ढिलो चाँडो मूल्य घटाउन बढाउन सकिन्छ । मूल्यवृद्धि यस्तो बेला भएको छ– जुन बेला किसान रोपाईमा ब्यस्त छन । किसानलाई सिंचाईका लागि सवैभन्दा धेरै पेट्रोलियम पदार्थको आवश्यकता छ । यसअघि पनि आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजनमा उपभोक्तालाई पटकपटक झुक्याउँदै आएको छ । सरकारी स्वामित्वको निगमले नै उचित व्यवसायिक अभ्यास नगरेपछि आम उपभोक्ताले सरकारबाट के अपेक्षा गर्ने ? त्यसो त नेपाली जनताले समेत सार्वजनिक चासोको बिषयमा आवाज नउठाउँदा आयल निगमको एकाधिकार छ । निगमले जे गरेपनि छुट छ ।

पहिले विद्यार्र्थीहरूले आवाज उठाएर परम्परा धानीरहेका थिए तर अहिले विद्यार्थीहरूको आन्दोलन दबिएको छ । सार्वजनिक महत्वका सवालमा विद्यार्थीले खेल्दै आएको भूमिका गौण भएको छ । इरान र इजरायल युद्धका कारण तेलको मूल्य बढेको भनिएपनि अहिले युद्धविराम भैसकेको छ । तेलको आपूर्ति सहज भैसकेको छ । तेल उत्पादन गर्ने संस्था ओपेकले समेत मूल्य घटाउन सुरु गरिसकेको छ । बिडम्वना नेपालमा हतार हतार मूल्य बढाउने चलखेल हुन्छ । आयल निगमले नाफा थोरै राखेर पनि उपभोक्तालाई धेरै राहत दिन सक्छ । खासगरी उपभोक्ताले समेत यो बिषयमा चासो लिनुपर्ने आवश्यकता छ ।

असारको रोपाई चलिरहेको बेला किसानलाई थप भार थोपर्ने गरि आयल निगमले गरेको मूल्यवृद्धि कुनैपनि अवस्थामा स्वीकार्य छैन । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको अवस्था पनि छैन । त्यसकारण मूल्य बढाउने आयल निगमको एकलौटी निर्णयको विरोध गर्नैपर्दछ । निगमले स्वचालित मूल्य प्रणाली लागू गरिएको तर्क गरेको छ । तर, भारतबाट एक रूपैयाँ बढेर आउँदा यहाँ पाँच रूपैयाँ किन बढाईन्छ ? रहस्यमय छ । गत बर्ष पनि आयल निगमले रोपाईकै बेला मूल्य बढाएको किसानले विर्सिएका छैनन् । अतः सरकारले यो बिषयमा सोच्नु जरुरी छ । आयल निगममा धेरै सुधारको खाँचो छ । चुहावट नियन्त्रण गर्ने हो भने पनि मूल्य बढाउनु नपर्ने अवस्था छ । अतः यो विषयमा सरकारको ध्यानाकर्षण होस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?