Butwal Today

नेप्से परिसूचक २७ सय अंक पार, सेयर बजारमा सुधार जारी

१९ असार २०८२, बिहीबार
अ+
अ-

काठमाडौँ, १९ असार ।

बिहीबार नेप्से परिसूचक ९.१४ अंकले वृद्धि भई २७०३ मा पुगेको छ। अघिल्लो दिनको तुलनामा बजार बढ्दा पनि कारोबार रकम भने सामान्य रूपमा घटेर ९ अर्ब ६४ करोड रुपैयाँमा सीमित रह्यो।

आज १२२ कम्पनीको शेयर मूल्य बढ्दा १२५ कम्पनीको मूल्यमा गिरावट आएको छ। विशेषगरी फाइनान्स समूहमा आज आकर्षण देखिएको छ। यसअघि बजार घट्दा यो समूह सबैभन्दा बढी प्रभावित भएको थियो भने आज यसले ४.०९ प्रतिशतको उल्लेखनीय वृद्धि देखाएको छ। जीवन बीमा समूहमा २.६२ प्रतिशत र निर्जीवन बीमा समूहमा २.२४ प्रतिशत वृद्धि देखिएको छ।

बैंकिङ समूहले ०.३१ प्रतिशत, विकास बैंक समूहले १.२० प्रतिशत र उत्पादन तथा प्रशोधन समूहले ०.३९ प्रतिशतले बजारमा वृद्धि देखाएका छन्। अर्कोतर्फ, व्यापार, माइक्रोफाइनान्स, लगानी, हाइड्रोपावर र होटल तथा पर्यटन समूहले क्रमशः १.२९, ०.२२, ०.७७, ०.५९ र ०.०७ प्रतिशत गिरावट व्यहोरेका छन्।

नेपाल फाइनान्सको शेयर मूल्य सबैभन्दा बढी १० प्रतिशतले वृद्धि भएको छ भने खानीखोला हाइड्रोपावर, समृद्धि फाइनान्स, भूगोल इनर्जी र सयपत्री हाइड्रोपावरका शेयर मूल्यहरू पनि उल्लेखनीय रूपमा बढेका छन्।

आजको दिनमा सबैभन्दा धेरै कारोबार भएका कम्पनीहरूमा बुटवल पावर, साहस ऊर्जा, सप्तकोशी विकास बैंक, राधि विद्युत् र एनआरएन इन्फ्रास्ट्रक्चर रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?