ट्रेंडिंग:

>> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र

धुर्कोट बालश्रममुक्त स्थानीय तह घोषणा

१९ असार २०८२, बिहीबार
१९ असार २०८२, बिहीबार

गुल्मी, १९ असार ।

जिल्लाको धुर्कोट गाउँपालिका जिल्लामा पहिलो पटक बालश्रममुक्त स्थानीय तह घोषणा भएको छ । धुर्कोट गाउँपालिकाको १७ औ गाउँ सभाले बुधबार बालश्रम मुक्त स्थानीय तह घोषणा गरेको हो । धुर्कोट गाउँपालिकाले आगामी वर्ष गाउँपालिकालाई बालमैत्री पालिका घोषणा गर्दै छ । सोही अभियानको क्रममा अहिले पालिकालाई बालश्रम मुक्त घोषणा गरिएको धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेलले बताए ।अभियानको क्रममा दुई सडक बालबालिकालाई आवासीय सुविधासहित अध्ययनको व्यवस्थापन गरिएको, दुई जना होटलमा काम गर्ने, दुई जना ट्याक्टरमा काम गर्ने बालकलाई छुटाएर अभिभावको जिम्मा लगाइएको अध्यक्ष पोख्रेलले बताएका छन् ।

उनले ११ जना बालबालिकालाई सात दिने सीपमूलक हाउसवाइरिङ्ग तालिम प्रदान गरेर आयआर्जनमा जोडिन सक्ने अवस्था निर्माण गरिएको बताएका । धुर्कोट गाउँपालिकाले अहिलेसम्म पोषणमैत्री, संस्थागत सुत्केरी, पूर्ण खोप, खरका छाना मुक्त लगायतका राष्ट्रिय अभियान पुरा गरिसकेको अध्यक्ष पोख्रेलले बताए । बालश्रममुक्त स्थानीय तह घोषणा कार्यविधि, २०७७ अनुसार घरधुरी सर्वेक्षण, पालिकाका सम्पूर्ण वडाहरूमा बालश्रम निवारण सम्बन्धी चेतनामूलक तथा मनोपरामर्श कार्यक्रम, तालिम, वडाहरूमा पालिका स्तरीय समितिबाट अनुगमन गरेर पालिका घोषणाको चरणमा आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले बताएका छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बालश्रम मुक्त स्थानीय तह घोषणाको लागि चालु आर्थिक वर्षमा तीन लाख बजेट विनियोजन भएको थियो । केही दिन अघि धुर्कोट गाउँपालिका अन्तरगत वडा नं . १ को नयाँगाउँलाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ । आगामी वर्ष बालमैत्री पालिका घोषणाको लागि बालविवाह मुक्त गर्ने, अनिवार्य भर्ना लगायत अभियान सम्पन्न गर्न कार्यान्वयनमा रहेको पन्थीले बताए ।

बुधबार धुर्कोट गाउँपालिकाको १७ औ गाउँ सभाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट, आर्थिक एवं विनियोजन विधेयक पारित गरेको छ । त्यस्तै सभामा अनुगमन तथा सुशासन समिति र न्यायिक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत, आर्थिक कार्यविधि तथा उत्तरदायित्व ऐन पेस, लेखा समिति सम्बन्धी कार्यविधि, बेरुजु फर्स्यौट कार्यविधि र मेलमिलाप केन्द्र सञ्चालन सम्बन्धी कार्यविधि सभामा पेस भएको गाउँपालिका उपाध्यक्ष सिता गिरीले जानकारी दिएकी छन् । स्थानीय तहबाट बालश्रम अन्त्यको घोषणा हुनुले यस क्षेत्रको सामाजिक विकास र बालअधिकारको प्रवर्द्धनमा महत्त्वपूर्ण उपलब्धि मानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?