ट्रेंडिंग:

>> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट

उत्पादनका आधारमा अनुदान पाएपछि तिलोत्तमा किसान खुसी

१९ असार २०८२, बिहीबार
१९ असार २०८२, बिहीबार

बुटवल ।

मेहनत गरे आफ्नै देशमा मनग्य कमाउन सकिने रहेछ भने उदाहरणीय कृषक बनेका छन् त्तिलोतमा १ बस्ने खिमलाल पाण्डे । २० औ बर्षदेखि कृषि व्यवसाय गर्दै आएका पाण्डेले पहिले १५० लिटर दुध दैनिक रुपमा बिक्री वितरण गर्थे भने अहिले दैनिक ९० लिटर दुध बिक्री गर्दै आएका छन् । दानामा दिन प्रतिदिन मूल्य बढ्दै जाँदा दुध उत्पादन कम भएको उनी बताउँछन् । सामाजिक अभियान्ता भएर पनि आपm्नै गोठमा भएका २० देखि २२ वटा गाईहरुको हेरविचार आफैले गर्दै आएको पाण्डे बताउँछन् । उनले दुध बिक्री बाट मासिक २ लाख भन्दा बढी कमाउँदै आएका छन् ।

उनका अनुसार वार्षिक ३१ हजार ७ सय २ लिटर दुध श्री शंकरनगर दुग्ध उत्पादन सहकारी संस्थाबाट बिक्री वितरण गर्दै आएका छन् । किसानलाई उक्त डेरी उद्योगले अहिले ६५ रुपैयाँ प्रति लिटरमा दरले दिने गरेको छ । तिलोत्तमा नगरपालिकाले उपलब्ध गराउँदै आएको अनुदान रकमबाट आर्थिक बर्ष २०८०÷०८१ मा ३१ हजार ७ सय २ लिटर उत्पादन दुधको रु २ रुपैयाँको दरले प्रोत्साहन स्वरुप ७३ हजार प्राप्त गर्न सफल हुँदा निकै खुशी भएको बताए ।

यसैगरी तिलोत्तमा ११ शिवपुर बस्ने कृषक पूर्ण चन्द्र पराजुली पनि ७ बर्षदेखि कृषि पेशा गर्दै तिलोत्तमाको उदाहरणको पात्र भएका छन् । अहिले उनको गोठमा दुहुना र ब्याउने गाई गरी जम्मा २२ वटा गाई पालन गरेका छन् भने दैनिक १०० लिटर दुध सिद्धार्थ दुग्ध उत्पादन सहकारीबाट बिक्री गर्दै आएका उनले मासिक ३ हजार लिटर दुग्ध उत्पादन गरी बार्षिक रुपमा ३० हजार लिटर भन्दा बढी बिक्री वितरण गरी लाखौ आम्दानी गदै आएका छन्

उनले आर्थिक बर्ष २०८०÷८१ मा श्री कस्तुरी दुग्ध उत्पादन सहकारी र सिद्धार्थ दुग्ध उत्पादन सहकारी दुई वटाबाट बिक्री गरेको अनुपातमा ७२ हजारको अनुदान पाएका थिए । अब चालु वर्षमा नम्बर १ मा पर्ने लक्ष्य लिइएको बताए । “घरमा ४ जनाको परिवार छ, काम गर्न मानिस पाइँदैन । घण्टाको हिसाबले काम दिएर व्यवसाय गरेको छु, सरकारले अन्य वस्तुको मूल्य बार्षिक वृद्धि गरिएको छ । तर दूधको मूल्य भने तीन वर्ष अगाडिकै कायम छ”–उनले भने । गाईपालक कृषकको लागत अनुसारको मूल्य नै नपाउँदा व्यवसाय गर्न जाँगर नै हराउँदै गएको बताउँछन् पराजुली । तिलोत्तमा नगरपालिकाले अनुदान रकम बढाउने हो भने र दूधको मूल्य वृद्धि गर्ने हो भने अलि सहजता हुने उनी बताउँछन् । सहकारीमा ७२ रुपैयाँमा दुध बिक्री गर्दा लगानी उठाउन गाहो्र हुने गरेको उनको भनाई छ ।

तिलोतमा ८ बस्ने गोविन्द गौतम ४० औ बर्षदेखि कृषि पेशा गर्दै आएका छन् । उनको यो कृषि पेशा पुख्र्यौली हो । आफ्नो बाउ बाजेले गर्दै आएको पेशालाई उनले पनि निरन्तरता दिंदै आएका हुन् । उनले अहिले पशुजन्य उत्पादनबाट दैनिक सिजनमा ४० लिटर र अन्य सिजन २२ लिटर दूध तिलोत्तमा ८ मा रहेको श्री कस्तुरी दुग्ध उत्पादन सहकारीमा बिक्री वितरण गर्दै आएका छन् । आर्थिक बर्ष २०८०÷८१ मा ५ हजार ५ सय ५८ लिटर दुध बिक्री वितरण गरी प्रोत्साहन स्वरुप अनुदान प्रति लिटरका दरले ११ हजार पाएको गौतम बताउँछन् । “खाडी मुलुकमा गएर ३० देखि ४० हजार कमाउनु भन्दा स्वदेशमै बसी २० हजार कमाउनु उपयुक्त लाग्छ”– उनी भन्छन्–“ अहिले मासिक ९० हजार आम्दानी दुध उत्पादनबाट हुने गरेको छ ।”

उत्पादनको आधारमा प्रति लिटर दुधमा अनुदान कार्यकम अन्तर्गत व्यावसायिक फर्म, सहकारी तथा दुध डेरीले एक लिटर एक किसानले बिक्री गरेको अनुपातमा रु २ रुपैयाँ अनुदान दिदै आएको छ । कृषकको जीवनस्तर उकास्नका लागि दुग्ध उत्पादन सहकारी मार्फत दुध बिक्री गर्न सदस्य कृषकहरुलाई उत्पादनका प्रति लिटर परिमाणमा अनुदान उपलब्ध गराउन आवश्यक देखिएको बताउँछन् ।

तिलोतमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले व्यावसायिक कृषि र पशुजन्य उत्पादन बढाउन र विकास गर्नेका लागि सहयोग गर्न प्रतिबद्ध रहेको बताउदै सम्पूर्ण किसानहरुलाई उत्पादन गर्ने खाली जग्गा भएका ठाउँमा एक घर एक पशु पाल्न आग्रह गरेका छन् । तिलोत्तमा नगरपालिकाका १७ वटा वडाहरुमा पालन गरेका पशुजन्य उत्पादनबाट वृद्धि गर्न त्यसको गुणस्तर कायम राख्न प्रशोधन र बजारीकरण गर्न आवश्यक पर्ने भएकोले दुग्ध सहकारी मार्फत तिलोत्तमा नै दर्ता भएका फर्ममा बिक्री गर्न किसानलाई अनुदान दिने गरेको खाणले बताए । उनका अनुसार कृषि क्षेत्रलाई प्रोत्सान गर्न नयाँ पुस्ताले पशुपालनलाई छाड्न लागेको बेला यस व्यवसायलाई टिकाउन, देशमा युवाहरु बेरोजगारीको माध्यम भएर बस्न नपरोस् भन्ने उद्देश्यले यो कार्यक्रम अगाडि बढाइएको हो ।

गाईभैसी पालन उत्पादनमा वृद्धि हँुदै गएको र किसान पनि यस कार्यक्रमबाट लाभान्वित हुँदै गएको उनले बताए । तिलोत्तमा नगरपालिकाका नायव पशुसेवा प्राविधिक राजु कुँवरका अनुसार पालिकाले पछिल्लो समयमा एक कृषकले उत्पादन गरेको दुधलाई रु २ रुपैयाँको दरले अनुदान दिदा उत्पादनमा वृद्धि भएको छ ।

आर्थिक बर्ष २०८० ÷८१ मा २ हजार ६२ जाना कृषकहरुले नगर भित्र रहेका १७ वडाका सहकारी फर्मबाट ३१ लाख ८५ हजार ४ सय ७२ लिटर दुध उत्पादन गरेका छन् । किसानहरुलाई अनुदान रकम प्रति लिटरको २ रुपैयाँको दरले ६२ लाख ४९ हजार १ सय ६२ रुपैयाँ विनियोजन गरेको बताए । तिलोत्तमा नगरपालिका भित्र दर्ता भएका सहकारी फर्म अहिले सम्म १९ वटा रहेको बताउँदै कुँवरले चालु आर्थिक वर्षमा पनि अझ बढी किसानहरुलाई उत्पादनमा लाभान्वित गराउने जानकारी दिएका छन् ।

तिलोत्तमा वडा नं. १ मा रहेको श्री शंकरनगर दुध उत्पादन सहकारी संस्था लिमिटेडले दैनिक ३५ हजारको दुध वितरण गर्दै आएको छ । स्थानीयले उत्पादन गरेको दुध स्थानीय उपभोक्तलाई बिक्री वितरण गर्न पाउँदा निकै खुशी रहेको बताए । श्री शंकरनगर दुध उत्पादन सहकारी संस्थाका अध्यक्ष दधिराम गौतमले सहकारीमा ल्याएको दुधको प्रति लिटर ७३ रुपैयाँको दरले कृषकहरुबाट संकलन गर्ने र आम उपभोक्तलाई ९० रुपैयाँको दरले बिक्री वितरण गर्दै आएको बताए सहकारीबाट दुध, पनिर, कुराउनी , घिउ पनि वितरण गरेर ५÷६ जनालाई रोजगार दिएको उनले बताए ।

तिलोत्तमा ८ मा रहेको श्री कस्तुरी दुग्ध उत्पादन सहकारी संस्थाले पनि बार्षिक १ लाख ९४ हजार ८ सय ८१ लिटर कृषकहरुबाट दुध संकलन गर्न र प्रतिलिटर ७२ रुपैयाँको दरले स्थानीय उपभोक्तालाई दिने गरेको बताउँछन् व्यवस्थापक डोल भण्डारी । भण्डारीका अनुसार यस सहकारीबाट आर्थिक वर्ष कृषकहरुलाई नगरले उपलब्ध गराएको अनुदान ३ लाख ८९ हजार ७ सय ६२ रुपैयाँ उत्पादनमा अनुदान दिएको बताउँछन् ।

तिलोत्तमा ११ नं. वडामा रहेको श्री सिद्धार्थ दुग्ध उत्पादन सहकारीले पनि १ लाख ८४ हजार ५३ लिटर वार्षिक रुपमा दुध संकलन गरी उत्पादनका आधारमा कृषकहरुलाई ३ लाख ६८ हजार १ सय ६ रुपैयाँ अनुदान दिएको बताउँछन् व्यवस्थापक छविलाला न्यौपाने । संकलन भएको दुधबाट खुवा, पनिर बनाउने र स्थानीय बजारमा लगेर बिक्री गर्ने गरेको बताउँछन् । यसले गर्दा स्थानीय उपभोक्ताहरु खुशी देखिएका छन् ।

तिलोत्तमा रहेका हरेक सहकारीले प्रति लिटर उत्पादनको आधारमा पालिकासँग समन्वय गरी मासिक रिपोर्टका आधारमा रकम कृषकलाई दिदै आएका छन् । यसरी प्रत्येक सहकारीमा संकलन भएको दुध स्थानीय उपभोक्तालाई बिक्री गरी रहेको दुध दुग्ध वितरण केन्द्रमा दिने गरेका छन् । तर वितरण केन्द्रले समयमा रकम भुक्तानी नदिदा सहकारी सञ्चालनमा समस्या आएको देखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?