Butwal Today

लायन्स क्लव अफ बुटवल सिद्धार्थद्वारा अनाथ बालबालिकालाई भोजन

१९ असार २०८२, बिहीबार
अ+
अ-

बुटवल, १९ असार ।

लायन्स क्लव अफ बुटवल सिद्धार्थले लायन्स डिष्ट्रिक ३२५ पि नेपालका डिष्ट्रिक प्रोग्राम चियर पर्यन भोजराज पोख्रेलका ससुराबुबा तथा जीवन संगिनी शारदा पोख्रेलका बुबा खिमानन्द आचार्यको ६ महिनाको पुण्यतिथीको अवसरमा अनाथ बालबालिकाहरुलाई खाना खुवाएको छ ।

अभियान नेपाल बालगेह सैनामैना १ वनकट्टामा रहेका सम्पूर्ण अनाथ बालबालिकाहरुलाई दुई छाक खाना खुवाइएको हो ।

लायन्स क्लव अफ सिद्धार्थ वर्ष २०२५÷२६ का अध्यक्ष राजु भारीको अध्यक्षतामा भएको कार्यक्रमको शुभारम्भ लायन्स डिष्ट्रिक ३२५ पि नृपालका डिष्ट्रिक गभर्नर बालाराम भट्टराईले गरेका थिए ।

 कार्यक्रममा पूर्व गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्ग, लायन्स डिष्ट्रिक पि नेपालका डिजी टिमसहित एरिया ४ का एरिया चिफ प्रविना घिमिरे, जोन चेयर पर्सन रितु गुरुङ, डिष्ट्रिक चिफ श्रीकान्त सुवेदी, लायन्स क्लव अफ बुटवल सिद्धार्थका पूर्व अध्यक्षहरु लगायत सहभागी थिए ।

कार्यक्रम डिष्ट्रिक प्रोग्राम चियर पर्यन भोजराज पोख्रेलको संयोजकत्वमा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै अभियान नेपाल बालगृहका सञ्चालक तिलक शाही, डिष्ट्रिक गभर्नर बालाराम भट्टराई, डिष्ट्रिक पूर्व गभर्नर पुरुषोत्तमभक्त प्रधानाङ्गलगायतले प्रशंसनीय काम गरेको भन्दै क्लवलाई धन्यवाद दिएका थिए ।

त्यस अवसरमा कार्यक्रम संयोजक भोजराज पोख्रेल, क्लवका सचिव एकराज पौडेल समिर लगायतले पनि आफ्नो धारणा राखेका थिए ।

त्यस अवसरमा पेशाले दुवैजना स्वास्थ्यकर्मी रहेका भोजराज पोख्रेर र शारदा पोख्रेलको जोडीलाई लायन्स पिनद्वारा सम्मानित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?