ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

रोजगार मेलामा १६९ जनालाई जागिर, हजारौंलाई आशा

१९ असार २०८२, बिहीबार
१९ असार २०८२, बिहीबार

बुटवल, १९, असार ।

बेरोजगारीको चपेटामा परेका हजारौं युवालाई लक्षित गरी बुटवल उपमहानगरपालिकाले आयोजना गरेको एक दिने रोजगार मेलाले उल्लेखनीय सफलता हासिल गरेको छ । मेला समापन हुँदा १६९ जनाले प्रत्यक्ष रूपमा रोजगारीको अवसर पाएका छन् भने झण्डै ७ सय जना युवाहरू ‘फलोअप’ प्रक्रियामा रहेका छन् ।

बुटवलमा आयोजित उक्त रोजगार मेलामा हातमा सिप, शिक्षा भएकाले मात्र होइन रुचि भएकाले समेत अवसर पाएको देखिएको छ । हातमा डिग्री र सिप भएर पनि बेरोजगार बसिरहेका युवाहरू साथै सिप भएका तर काम नभएका सीपधारी व्यक्तिहरू, वैदेशिक रोजगारीको विकल्प खोजिरहेका सर्वसाधारणदेखि उद्यमशील सोच बोकेका महिला, युवा–युवतीसम्मको उपस्थिति निकै लोभलाग्दो थियो । एक दिने रोजगार मेलामा ५ हजारभन्दा बढी व्यक्तिले अवलोकन गरे भने ४० वटा विभिन्न संघसंस्था, उद्योग, कम्पनी तथा तालिम प्रदायक संस्थाहरूको सहभागिता रहेको थियो ।

बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले कुनै पनि युवायुवती होस वा अन्य कोही पनि बेरोजगार बस्न नपरोस्, कामको खोजीमा विदेशीन नपरोस् साथै सिप सिकेर फर्केकाहरुको सिपको सदुपयोग गर्न सकियोस् भन्ने मेलाको मुल उदेश्य रहेको बताए । प्रमुख पाण्डेले उपमहानगरपालिकाले आयोजना गरेको रोजगार मेला केवल जागिर दिने माध्यम मात्र नभई, युवाहरूको सपना र सम्भावनाको ढोका खोल्ने थलो बन्ने बताए ।

“सीप, अवसर र आशालाई एउटै ठाउँमा ल्याएर यो मेलाले देखाएको छ– उचित पहल भए युवा विदेश होइन, आफ्नै देशमा पनि समृद्धिको बाटो रोज्न सक्छन्” प्रमुख पाण्डेको भनाई छ । नगर प्रमुख पाण्डेले मेलाको अवलोकन गर्दै भने –“हामी युवालाई विदेश जानु भन्दा देशमै केही गर्न प्रेरित गरिरहेका छौं । रोजगार मेलाले त्यो अभियानलाई थप टेवा दिएको छ ।”

उपप्रमुख सावित्रादेवी अर्यालका अनुसार, “गत वर्षको मेलामा जम्मा ३८ जना मात्रै रोजगारीमा प्रवेश गरेका थिए । यस वर्ष १६९ जनाले प्रत्यक्ष रोजगारी पाउनु र ७ सयभन्दा बढीको फ्लोअपमा हुनु मेलाको सफलताको प्रमाण हो । यो बेरोजगारी घटाउने दिशामा महत्वपूर्ण कोशेढुंगा सावित भएको छ । यो मेलाले नेटवर्किङको अवसर प्रदान गर्नुका साथै व्यवसायिक दुनियाँ बुझ्न र नेटवर्क बनाउन सहज हुनुका साथै मेलाले सहभागी कम्पनीको गुणस्तर, उच्चस्तरीय कम्पनी र संस्थाको उपस्थिति युवामा विश्वास बढाएको उप प्रमुख अर्यालले बताइन् ।

मेलाको मूल उद्देश्य थियो– युवालाई रोजगारी र स्वरोजगारका अवसरहरूसँग सिधा सम्पर्क गराउनु । रोजगारदाता र रोजगार खोज्नेहरूबीच प्रत्यक्ष भेटघाटको माध्यमले मिलन प्रक्रिया सहज बनाउनु रहेको मेला संयोजक तथा श्रम तथा रोजगार प्रबद्र्धन शाखा प्रमुख अरबिन्द पाण्डेको भनाई छ । ‘यो रोजगार मेला बस्तु उत्पादक कम्पनी र सामाजिक संस्थाहरूका लागि पनि उत्तिकै उपयोगी बनेको छ । उनीहरुले आफ्नो सेवा तथा ब्राण्डको प्रचार प्रसार गर्नु का साथै तालिम दिनुपर्ने क्षेत्र पहिचान गर्ने, सीप, सम्भावना र सपना एउटै थलोमा पाउने भएपछि युवाहरुमात्रै होइन ठुला कम्पनीहरुपनि लाभान्वित भएका थिए ।

कैयौं युवाहरू यस्ता थिए, जो विभिन्न तालिम लिएर पनि रोजगारी नपाएर वैदेशिक रोजगारतर्फ आकर्षित हुने पुगेका थिए भने यता व्यवसायीहरु भने कामदारहरुलाई काम सिकाउने तर टिकाउन गाहे परेको अनुभव राखेका थिए ।

मेलाले रोजगार मात्र होइन, आत्मविश्वाससँग आशा जगाउने किसिमका परामर्श सेवा, तालिम जानकारी, उद्यमशीलता प्रवद्र्धन कक्षहरू पनि त्यहा रहेका थिए । युवाका लागि मेलामा होटल, बैंक, उद्योग, स्वास्थ्य, निर्माण, सूचना प्रविधि लगायत क्षेत्रका कम्पनीहरू सहभागी रहेका थिए । कतिपय कम्पनीले तत्काल रोजगारीको प्रस्ताव पनि गरे । सरकारी तथा गैरसरकारी संस्था, रोजगार कार्यालय, टेक्निकल स्कूल, विकास साझेदारहरूको पनि सक्रियता निकै देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?