Butwal Today

सातै प्रदेश प्रमुखहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग गरे शिष्टाचार भेट 

१८ असार २०८२, बुधबार
अ+
अ-

काठमाडौँ ।

बुधवार बिहान राष्ट्रपति भवन शीतल निवासमा सातै प्रदेशका प्रमुखहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन्।यस अवसरमा कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्ग, मधेस प्रदेशकी सुमित्रा सुवेदी भण्डारी, बागमती प्रदेशका दीपकप्रसाद देवकोटा, गण्डकी प्रदेशका डिल्लीराज भट्ट, लुम्बिनी प्रदेशका कृष्णबहादुर घर्तीमगर, कर्णाली प्रदेशका यज्ञराज जोशी र सुदूरपश्चिम प्रदेशका नजिर मियाँ उपस्थित थिए। प्रदेश प्रमुखहरूले आफ्ना-आफ्ना प्रदेशका अवस्था र समसामयिक विषयमा जानकारी गराएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?