ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर

सारा शक्ति लागेर खेदिइरहेको एक नेता

१८ असार २०८२, बुधबार
१८ असार २०८२, बुधबार

नवलपरासी,पश्चिम् ।

यति बेला काङ्ग्रेस नवलपरासीको राजनीतिक घटनाक्रमले स्थानीय तहदेखि केन्द्र सम्म चर्चा चुलिएको छ ।नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाललाई कारबाहीको माग सहित नवलपरासीको राजनीति मात्रै होइन यो विषयले काङ्ग्रेस केन्द्रीय समितिको बैठकको माहौल पनि तातिएको छ ।पार्टीका आधिकारिक उम्मेदवार हराउन भूमिका खेलेको आरोप सहित केन्द्रीय अनुशासन समितिले नेता खनाललाई कारबाहीको सिफारिस गरेको छ ।

गत निर्वाचनमा प्रतिनिधि सभा सदस्य विनोद चौधरी ,प्रदेश उम्मेदवार देवकरण कलवार र प्रतिनिधि सभाका उम्मेदवार देवेन्द्रराज कँडेललाई हराउन सक्रिय भएको खनालमाथि आरोप छ ।काङ्ग्रेस केन्द्रीय समितिको बैठकमा यही विषयले दह्रो रूपमा घोचपेच चलेको छ भने केन्द्रीय सदस्यको योग्यतामाथि समेत प्रश्न उठाइएको छ । इतर पक्षको नेतृत्व गरिरहेका डा.शेखर कोइरालाले खनाललाई कारबाही गर्न नहुने अडान राखेका छन् भने उनले विनोद चौधरीको केन्द्रीय सदस्य हुने योग्यतामाथि पार्टी सभापति सँग जवाफ मागेका छन् ।

दोस्रो दिनको बैठकमा सांसद विनोद चौधरीले आफ्नो बचाउ गर्दै डा. कोइरालालाई अन्तर घातीहरू बोकेको बताएका छन् ।पार्टीको आधिकारिक उम्मेदवार हराउने व्यक्तिहरू कै संरक्षण गर्नेले पार्टीको नेतृत्व कसरी गर्न सक्छ भनेर उनले प्रतिप्रश्न गरेका छन् ।

डा.कोईराले प्रतापपुर गाउँपालिकामा गरिएको बिपीको सालिक अनावरण कार्यक्रममा संस्थापन पक्षले कार्यक्रम बहिष्कार गरेकाले त्यस्ता व्यक्तिहरू काङ्ग्रेस हुनै नसक्ने तर्क गरेका छन् ।इतर समूहले यो कुरालाई तीव्र रूपमा आलोचना गरेका छन् ।केन्द्रीय कार्यसमितिको बैठकमा यति बेला काङ्ग्रेस बिचको विवाद छताछुल्ल भएको छ ।संस्थापन पक्षका जिल्ला देखि केन्द्रीय तह सम्मका नेताहरूले हर हालत मा विक्रम खनालमाथि अधिकतम कारबाही हुनुपर्ने माग राख्दै आएका छन् ।

जिल्लामा कारबाहीको व्यापक चर्चा चलेपछि महामन्त्री खनालले आफ्ना समर्थक सहित पत्रकार सम्मेलन मार्फत आफ्ना धारणा सार्वजनिक गरेपछि यो विषयले चर्चा चुलिएको छ ।उनले चौधरीले टिकट पाउने हल्लाका बिच टिकट पाउनु पूर्व कार्यकर्ताहरूले यो अस्वीकार्य हुने बताएपछि आफूले बोलेका कुरा सार्वजनिक भएको तर टिकट पाएपछि भने आफै उम्मेदवारी दर्तामा आफै प्रस्तावक बसेर सहयोग गरेको दाबी गरेका छन् ।पैसावाला डन र सामन्तहरूको हालीमुहालीले अहिले काङ्ग्रेस सङ्कटमा परेकाले आफूले त्यसको सधैँ प्रतिवाद गरिरहने खनालले बताए ।उनका समर्थक जिल्ला प्रवक्ता राधेश्याम पाठकले चौधरीलाई अन्तर्राष्ट्रिय ठगको संज्ञा दिए ।पाठक देवेन्द्र राज कँडेलको टिम त्यागेर विक्रम खनाल टिममा रहेका छन् ।

पत्रकार सम्मेलनमा नेता खनालका समर्थक एवम् शुभचिन्तकहरूले निष्ठा र इमानको राजनीति गर्ने र आज सम्म सङ्गठनलाई यो तहमा पुर्‍याउन खनालको महत्त्वपूर्ण योगदान रहेको भन्दै खनालको पक्षमा रहेर जस्तो परिस्थितिमा पनि खनाललाई नै साथ दिने र कामकारबाहीको पूर्ण प्रतिवाद गर्ने बताए ।

खनाल पक्षका नेता बिश्वप्रेम पाठकले अहिलेको परिस्थितिमा कारबाही भए समग्र सङ्गठन नै कमजोर भएर दीर्घकालीन रूपमा यसले पार्टीलाई ठुलो क्षति हुने तर्क व्यक्त गरे ।खनालका समर्थकहरूले यति बेला सामाजिक सञ्जालमार्फत उनको पक्षमा विभिन्न रूपमा सहानुभूति व्यक्त गरेका छन् ।

नेता खनालले इमानदार कार्यकर्ताहरूलाई तेजोवध गर्न पार्टी उद्धत रहेको भन्दै पार्टी भित्र रहेका सामन्त बाद,पार्टीलाई प्रयोग गरी सरकारी सम्पत्तिको दोहन गर्ने विरुद्ध अविचलित रूपमा लडिरहने बताएका छन् ।चुनाव ताका उनको अडियो लिक भएपछि सोही अडियो लाई नै संस्थापन पक्षका नेताहरूले बलियो प्रमाणको रूपमा लिएका छन् ।

यता खनालले पनि रामग्राम नगरपालिकाकाका नगरप्रमुखका उम्मेदवार नरेन्द्र गुप्ता,सरावल गाउँपालिका अध्यक्ष अनिल गौड र जिल्ला समन्वय समितिमा काङ्ग्रेसको उम्मेदवार हराउन देवेन्द्र राज कँडेलले मुख्य भूमिका खेलेको भन्दै उनलाई समेत कारबाहीको माग गरिएको छ ।

संस्थापन पक्षका नेताहरूले पनि खनालले अघिल्ला निर्वाचनहरूमा समेत आफूहरूलाई हराउन लागि परेको बताउँदै आएका छन् ।यता खनालले भने आफूले प्रतापपुर गाउँपालिका,बर्दघाट नगरपालिका र सुस्ता गाउँपालिका जिताएर काङ्ग्रेस साख जोगाएको बताउँदै आएका छन् ।आफ्नो निर्वाचन क्षेत्रमा काङ्ग्रेसकै उम्मेदवार हराउन भूमिका खेलेकै कारण देवेन्द्र राज कँडेल झन्डै १६ हजार मतान्तरले पराजित भएको बताएका छन् ।

काङ्ग्रेस जिल्ला सचिव कुलदिप आचार्यले कारबाहीका लागि विधान अनुरूप प्रक्रियागत रूपमा जिल्ला कार्य समितिमा उजुरी नपरी सिधै पहुँचका भरमा केन्द्रीय समितिमा उजुरी दर्ता गरिनु मा आपत्ति जनाए। पैसावालाहरूको पहुँच र हस्तक्षेपले एउटा निष्ठावान् र सङ्गठन निर्माण गरेको नेता माथि सारा शक्ति लागेर खेद्न खोजिएको सचिव आचार्यले बताए ।

जिल्ला समितिमा खनाल समूहकै वर्चस्व रहेकाले संस्थापन समूहले सिधै केन्द्रमा उजुरी दर्ता गरेको श्रोतको भनाई छ ।शेखर कोइराला समूहकै नेता सन्जय गौतम समेतले खनालको विरुद्धमा उजुरी दर्ता गराएपछि खनाल समूह थप आक्रोशित बनेको बुझिएको छ ।सन्जय गौतम बर्दियाबाट बामदेव गौतमलाई पराजित गरेका व्यक्ति हुन ।

नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनले विधि र मापदण्डका आधारमा नभै व्यक्ति केन्द्रित कारबाही हुन नहुने जिकिर गरे ।”पार्टीको विधि र मापदण्डका आधारमा सबैलाई समान रूपमा कारबाही हुनु पर्छ,आरोप लागेका सबैलाई समान रूपमा कारबाही हुनुपर्नेमा त्यो देखिएन”पुनले भने ।कारबाही गर्ने भए निर्वाचन लगत्तै गर्नु पर्थ्यो अहिले त तीन वर्ष बितिसक्यो यतिका समयपछि कारबाहीको कुरा ल्याउनु उचित नभएको पुनले बताए ।पार्टीलाई घात गर्ने हरुनै केन्द्रीय समितिमा नै रहेकाले कारबाही प्रक्रिया समान नभएको उनले बताए ।

अनुशासन समितिमा उजुरी गरी सिफारिस गरेका शेखर सम्हुकै नेता सन्जय गौतमलाई यस विषयमा जानकारी लिन टेलिफोन सम्पर्क गर्दा उनको मोबाइल स्विच अफ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?