ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

धमिराको घर, इन्जिनियरिङ प्रविधि र वास्तु शास्त्रको सम्बन्ध

१८ असार २०८२, बुधबार
१८ असार २०८२, बुधबार

हाम्रो गाउँ समाज सहर भएजस्तै धमिराहरूको पनि संरचना हेर्दा अत्याधुनिक सुविधा सम्पन्न सहर जस्तो देखिन्छ । सबैको आफ्नै अस्तित्व अनि दुनियाँ भएको यो संसारमा धमिराको इन्जिनियरिङ्ग बडो गजबको र कलात्मक हुन्छ । १ मिलिमिटर उचाई भएको धमिराबाट यति बलियो संरचना बन्नु ईञ्जिनियरिङ्गको अद्भुत उदाहरण हो । ताकी यिनीहरूले हजारौँ केजी माटोको १० औँ मिटर उचाई भएको देवल बनाउन समेत सक्दछन् । अहिले हामीले प्रयोग गरेका महँगो रड सिमेन्ट केही पनि प्रयोग भएका छैनन् यसमा । छ त केवल प्रकृति र प्रकृतिमा प्राप्त वास्तुबाट बनाईएको संरचना हो ।

धमिराको गोलोलाई अर्थात् घरलाई देवल भनिन्छ । यदाकदा देवगृह जस्तै हुन्छ यसको आकृति पनि । त्यसैले पनि हुनसक्छ धमिराको घरलाई देवल भनेर परिभाषित गरिएको छ । हाम्रो बालुवाटार, सिंहदरबार, संसद भवन अनि हाम्रा घरभित्र भान्छा शौचालय सुत्ने ठाउ भए जस्तै यिनीहरूको संरचना हेर्दापनि बाहिर छुट्टै माटोको डिस्को जस्तो देखिएतापनि भित्र छुट्टै संसार भएको जस्तो देख्न सकिन्छ । हामीले घर बनाउदा माटो मुनिको जगलाई बलियो बनाउन बिशेष महत्व दिन्छौ, लेवल सम्याएर, जमिन खादेर, स्ट्र्याप बिम, हात्ती पाईले कंक्रिट ढलान आदि गर्छौ त्यस्तैधमिराले पनि आफ्नो देवललाई माटोभित्र दुई भाग र बाहिर एक भाग बनाउँछ । त्यसैले पनि धमिराले आफ्नो घरको जगलाई बिशेष महत्व दिएको देखिन्छ । यो इसोप्ट्रेया वर्गभित्र पर्ने एउटा सामाजिक किरा हो जसको आकार कमिला जत्रै हुन्छ । धमिराको गोलोको बाहिरी सतहमा घाम, पानी तथा शत्रुबाट बच्ने हिसाबले बनाएको हुन्छ ।

धमिरालाई कसले वास्तुशास्त्र सिकायो होला यहाँनेर बडो गजब देखिन्छ । देवललाई नभत्कियोस भनेर बलियो पार्न, प्रकृतिमैत्री बनाउन, घर उर्जाको हिसाबले सबै कुरा मिलाउन धमिराहरूले हरेक कुरा मिलाएको देखिन्छ । यो कुरा हामी मानवले पनि घर बनाउँदा सिक्नुपर्ने खोज गर्नुपर्ने बिषय हुनसक्छ । धमिराले आफ्नो घर अर्थात् देवलको आकार निर्माण गर्दा पूर्वपश्चिम फैलाएर देवलको निर्माण गर्छ । जुन वास्तुशास्त्र ग्रन्थमा सुर्यवेदी र चन्द्रवेदी घर कोठाको रूपमा महत्व दिईएको छ । घामको ताप दक्षिणमा पर्ने भएका कारण आफ्नो घर हर हिसाबले बलियो उर्जावान होस् भनेर वैदिक विज्ञानको हिसाबले निर्माण गरेको देखिन्छ ।

धमिराले माटोको गहिराइमा बसेर थुप्रै कोठाहरू सहितको कलात्मकताले भरिएको, सुन्दरताले भरिएको अद्भुत दरवार बनाउँछ । रानी धमिराका लागि छुट्टै सुसारे र अन्य सेवकहरूको समेत छुट्टै गरेर दर्जा अनुसारको अधिकार, कर्तब्य, सजावट र खानपानको व्यवस्था गरिएको कानुन छ जस्तो देखिन्छ । धमिराले आफ्नो घरको बाहिरको भाग निर्माण गर्दा सूर्यको पाटोलाई प्राथमिकतामा राखेर निर्माण गरेको देखिन्छ । धमिराहरू हामी मानव जस्तो कुनै विश्वविद्यालय जाँदैनन् तर उनीहरूको अग्रज पुर्खाले सिकाएको ज्ञान र सीपलाई हामी मान्छेले आधुनिक प्रविधिको घर निर्माण गरेको जस्तै पुरानो प्रविधिलाई पुरानो सोच भनेर बिर्सन चाहदैनन् भन्ने प्रस्ट हुन्छ । हाम्रो समाजमा धनी र गरिबको भान्छाको प्रकृति र खुवाई फरक देखिन्छ तर धमिराहरू खाने बेलामा आफ्नो दर्जा बिर्सिएर खान्छन् ।

धमिराले त्यसभित्र आफूले खाने पौष्टिक खानेकुरा जम्मा गरेको राखेको हुन्छ । त्यसभित्र धमिराले आफूले खानको लागि राखेको खानेकुरा हुन्छ । त्यसैले बर्षातको बेलामा माथिबाट परेको पानी र तलको तातोले भित्र वाष्पीकरण भएर त्यो खानेकुरा च्याउ आदिको रूपमा बाहिर देखापर्दछ जुन हामी देख्न सक्छौँ । त्यहि धमिराले जम्मा गरेको पौस्टिक खानेकुराबाट उत्पन्न भएको च्याउ जसलाई पुरानो भाषामा बगाले च्याउ, धिम्की च्याउ, देवले च्याउ, स्थानिय थारु भाषामा बेम्टी पनि भन्ने गर्दछन् र त्यो च्याउ पनि पौस्टिक हुन्छ भनेर भनिन्छ ।

एकदमै स्वादिलो, मान्छेको प्रतिरक्षात्मक प्रणालीलाई बढाउने भनिएको यो च्याउ प्रायः असार, श्रावण, भाद्र र आश्विनमा बढी पाइन्छ । सायद बर्षातको बेलामा माथिबाट परेको पानी र तलको तातोले भित्र वास्पीकरण भएर त्यो खानेकुरा च्याउ आदिको रूपमा बाहिर देखापर्ने हुँदा यो सिजनमा बढी पाईने हो कि भन्ने लाग्यो । तर जंगलको च्याउ खाँदा एकदमै चिनेर जात पहिचान गरेर खानुपर्दछ । अन्यथा गलत खाईयो भने हाम्रो ज्यान जान पनि सक्छ । मैले धमिराको घर (देवल), इन्जिनियरिङ्ग र वास्तुशास्त्र बिचको सम्बन्धको बारेमा केही समय यसको अध्ययन गर्ने क्रममा पुराना हजुरबा हजुरमाहरूलाई पनि सोध्ने गरेको थिए ।

फोक्सोको इन्फेक्सन हुँदा, टिबि रोग हुँदा यो धमिराको गुँड पकाएर पानी पिउँदा आराम हुन्छ, निको हुन्छ भन्ने पुरानो चलन रहेको कुरा बताउनुभयो । त्यसैले पनि हुनसक्छ– धमिराको गोलोमा भएको कुनै च्याउको मानवीय उर्जाको हिसाबले बिशेष महत्व भएको हुनसक्छ । प्रकृतिको एक अदभूत बिषय पहिलेका बच्चाहरूलाई जुन दादुरा हुन्थ्यो त्यो बिग्रियो भने यहि धमिराको गोलो भिजाएर त्यसको पानी खुवाएपछि सन्चो हुन्थ्यो भनेर पनि बुढा बा आमाबाट थाहा भयो । यो धमिराको माटो आफैमा सामान्य माटोभन्दा धेरै फरक हुन्छ । हामीले घरको जगमा ढुंगा आदि राखेर जग तयार गरिन्छ, सोलिङ, पिसिसी, गार्हो लगाउने काम, छानाछाउने काममा फरक फरक निर्माण सामग्रीको प्रयोग गरिन्छ, त्यसरी नै धमिराले पनि आफ्नो जगको फेदमा फरक, बिचमा फरक र माथिल्लो भागमा फरक खालको निर्माण पदार्थको प्रयोग गर्दछन् ।

वास्तुशास्त्रमा मूलढोका कहाँ राख्ने भनेर बिशेष महत्व दिईएको हुन्छ । त्यस्तै धमिराहरू पनि आफ्नो ढोका राख्ने ठाउँलाई ख्याल गरेर निर्माण गरेको देखिन्छ । जसरी हामी राती सुत्ने बेलामा मूल ढोका बन्द गरेर सुत्छौ, त्यसैगरी धमिराहरू पनि सुरक्षाको दृष्टिले वातावरणीय हिसाबले निर्माण भएको देवलको मुख अर्थात् ढोका बन्द गर्छन् । फेरी पुनः भोलिपल्ट बन्द गरेको देवलको मुख भत्काएर निर्माण कार्यलाई अघि बढाएको देखिन्छ । वर्षा मौसम सुरु भएपछी धमिराको घरमा छिचिमिराको जन्म हुन्छ, जुन कुराबाट हामीले हाम्रो माटो पाकेको संकेत गर्छ र हाम्रो जमिन बिउबिजन उमार्नको लागि तयारी भयो भनेर अनुमान गर्न सक्छौ । मिहिनी माटो र धमिराको ¥यालले बनेको तथा सूर्यको तापले सेकिएको धमिराको घर एकदमै बलियो हुन्छ । धमिराको देवलभित्र थुप्रै कोठाहरू हुने गर्छन् । धमिराको घर देवललाई वास्तुकलाको अनुपम नमूनाको रूपमा लिईन्छ किनभने त्यहाँ हावा तथा पानीको निकास, उर्जा व्यवस्थापनको हिसाबले राम्रो प्रबन्ध गरिएको देखिन्छ ।

सामान्य जंगलभरी पाईने धमिराको गोलोको यति धेरै महत्व भन्ने कुरा पनि हुनसक्ला । एकैछिन बिदेशीहरूको अनुसन्धान पनि हेरौ । अस्ट्रेलियामा रहेको अस्ट्रेलियन कमनवेल्थ साइन्टिफिक एण्ड इन्डस्ट्रियल रिसर्च अर्गनाइजेसनका अनुसन्धानकर्ताहरूले गरेको रिसर्चलाई आधार मान्ने हो भने कुनै बिशेष ठाउँहरूमा सुनको खानी पत्ता लगाउनका लागि धमिराका देवलहरू कहाँ कस्तो तरिकाको छ भनेर ध्यान दिनुपर्दछ । अनुसन्धानकर्ताहरूले अस्ट्रेलिया देशको कलगूर्लीस्थित सुनको एक खानी रहेको क्षेत्रस्थित थुप्रै नमूनाहरू, धमिराको माटो रहेको देवलको केही नमूनाहरूको खोज गरेका तथ्य देखिन्छ ।

धमिराको गोलोमुनि सुनको खानी हुन्छ भनेर अनुसन्धान गरेका वैज्ञानिकहरूको यो तथ्यलाई क्यानडा देशमा रहेको उत्खनन कम्पनी अंगकोरा गोल्डले समेत यो शोध रिपोर्टको पुष्टि गरेको पाईन्छ । उक्त कम्पनीले कम्बोडियाका धमिराको माटो अर्थात् देवलका करिब १ लाख १० हजार देवलको नमूना संकलन गरी हेर्दा केहि ठाउँमा सुन, तामा तथा मोलिब्डेनम लगायतका बिभिन्न धातुहरूको भण्डार रहेको कुरा पत्ता लगाएको थियो । हाम्रा ऋषिमुनिहरूले धमिराले थुप्रो लगाएको फेदको माटो जसलाई वास्तु शास्त्रको ग्रन्थहरूमा वाल्मिक भनेर वास्तुशास्त्रको रूपमा हरेक घरमा प्रयोग गर्नु भनेर सिकाउनु र आज विदेशी बैज्ञानिकहरूले समेत अनुसन्धानबाट पुस्टी गर्नु एउटा गजबको संयोजन लाग्यो; यसको महत्व हाम्रा पुर्खाहरूले पहिल्यै पत्ता लगाईसकेका रहेछन् । सबै ठाउँमा पाईने पथ्थरहरू पाईने भएकोले बैज्ञानिकहरू नेपाललाई पत्थरहरूको प्रयोगशाला भन्दछन ।

देवताहरूको उर्जाले भरिएको, ऋषीमुनिहरूले तपस्या गरेको यस हिमवत्खण्डमा यति धेरै जडिबुटीहरू पाईन्छन् कि हामीले कुल्चेर हिड्ने हरेक बनस्पति तथा झारको औषधीय महत्व छ । त्यसैलेपनि हिमवत्खण्डमा पाईने देवलहरू उर्जाको हिसाबले बिदेशी मुलुकहरूको देवल भन्दा उच्च कोटीको हुन सक्दछ । धमिराले ढोका देवलको माथिल्लो भागमा बनाएको देखिन्छ र आपतकालीन ढोकाको व्यवस्था समेत गरेको प्रस्ट देखिन्छ जुन द्वार प्रायः बन्द गरेको देखिन्छ । नेपालको भवन निर्माण संहिता अनुसार मानव जातिले बनाउने ठूला प्रकृतिका घरहरूमा आपतकालीन द्वार बनाउने नियम छ तरपनि हामी झन्झटिलो मानेर सकभर आपतकालीन द्वार बनाउन आनाकानी गरिरहेका हुन्छौ तर धमिराले भने उनीहरूको पुर्खादेखि चलिआएको आपतकालीन द्वार नबनाउने अल्छी गर्दैनन् । उनीहरूको आपतकालीन द्वार प्रायः बन्द नै देखिन्छ तरपनि उनीहरू आफ्नो देवल बनाउँदा त्यसको ख्याल गर्दछन् ।

धमिराको हुलले किताब कापी खाएर बिगार्छ, घरमा काठ सोफा फर्निचर कार्पेट आदिलाई नोक्सान बनाउँछ, घरको काठ खाएर बर्बाद पार्छ । त्यसैले आजकल घर बनाउदै गर्दा एन्टी टरमाईटहरू घरको जगमै हालिन्छ, पछी घर बनिसकेपछि पनि हालिन्छ, यसले नोक्सान पनि गर्छ तर यसको देवल भने वास्तुशास्त्रमा घरको उर्जा बढाउनको लागि बिशेष महत्व रहेको छ । साँस्कृतिक हिसाबले बिशेषगरी थारु समुदायमा यसको अलि बढी महत्व भएको कुरा बुझ्ने मौका पाएँ । थारु जातिमा दिउँटा (देवता) बनाउँदा धमिराको घरको माटो चाहिन्छ ।

हाम्रो वनजंगल वरिपरीको अमुल्य औषधि युक्त थुप्रै जैविक वनस्पतिहरू रहेका छन् जुन कुरा धमिराले चिनेर त्यसको प्रयोग गरेको हुनसक्छ । त्यसैले पनि धमिराको गोलोको अझ थुप्रै खोज अनुसन्धान गरियो भने यो मानव जगतको लागि अत्यन्त लाभदायक हुनसक्छ । थारु समुदायमा थुप्रै जडिबुटी र धमिराको गोलोको माटो मिसाएर मजाले मुछेर एउटा आकार दिईन्छ जुन धेरै बर्षसम्म घरभित्र राखिन्छ र यसले घरमा बिशेष उर्जा दिईन्छ भनेर भनिन्छ । त्यो लामो समयसम्म पनि त्यसको संरचना विग्रदैन । प्राकृतिक पुजककै रूपमा रहेका राई किराँतहरूको ग्रन्थमा पनि प्रकृतिमा पाइने धमिराको गोलाको माटोको महत्व छ भनेर मैले बुढा पाकाबाट सुनेको छु ।

हिन्दू धार्मिक ग्रन्थ रामायण लेख्ने बाल्मिकी ऋषिले तपस्या गर्दा धमिराले माटो उठाएर ढिस्को बनाएकोले उनको नाम बाल्मिकी रहेको कुरा उल्लेख गरिएको छ । यिनी लामो समयसम्म समाधि लगाएर तपस्याबाट उठ्ने बेला यिनका चारैतिर धमिराले देवल बनाएको थियो । धमिराको देवललाई नै संस्कृतमा वाल्मीक भनेर भनिन्छ । धमिराले थुप्रो लगाएको फेदको माटो जसलाई वास्तुशास्त्रको ग्रन्थहरूमा वल्मिक भनेर उल्लेख गरिएको छ । वास्तुशास्त्र अनुसार हाम्रो आवासीय घरहरूमा नयाँ संरचना बनाउँदा होस् या पुरानो बनिसकेको संरचना सुधार गर्नको लागि बिभिन्न दिशाहरूमा घरको वाल्मिकको बिशेष प्रयोग गरिन्छ । वास्तुशास्त्रीय विधि र मात्रालाई पालना गरेर मानव जगतको घरको उर्जालाई राम्रो बनाउन मिहिनी माटो र धमिराको र्याकलले बनेको तथा सूर्यको तापले सेकिएको यस्तो देवलको फेदमा भएको माटो वाल्मिक बिशेष उपयोगी हुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?