ट्रेंडिंग:

>> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला

सभापति खतिवडाको गुनासो: “विधेयक बनाउँदा लोगो नै हरायो”

१८ असार २०८२, बुधबार
१८ असार २०८२, बुधबार

काठमाडौँ ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती कर्मचारीसम्बन्धी विधेयकको छलफलका क्रममा आफूमाथि परेको राजनीतिक दबाब र देखिएको असहयोगप्रति गुनासो पोखेका छन्।

बुधबार बसेको समितिको बैठकमा बोल्दै उनले विधेयकमा सकारात्मक व्यवस्था राख्दा अप्ठ्यारोमा परिएको, धम्की सहनु परेको र थकाईसमेत खेप्नुपरेको उल्लेख गरे। समितिको नेतृत्व गरिरहेका बेला विभिन्न पक्षबाट यति धेरै दबाब र तानातान आएको उनले स्मरण गरे कि त्यसले गर्दा “आफ्नो लोगो नै हराएको” भन्ने शब्दावली प्रयोग गर्दै व्यवस्थाप्रतिको असन्तुष्टि व्यक्त गरे।

खतिवडाका अनुसार, विधेयकबारे छलफलका क्रममा सामान्य प्रशासन मन्त्री, शिक्षामन्त्री रघुजी पन्त, र दिलेन्द्र बडुबीच संवाद भइरहेका बेला एकजना उपप्रधानमन्त्रीको फोनसमेत आएको थियो। त्यतिबेला सामान्य प्रशासन मन्त्रीले “आजै विधेयक पेस गर्नू” भनेर दबाब दिएको तर रघुजी पन्तले त्यसविरुद्धमा राय दिएको उनले खुलासा गरे।

उनले विधेयकमा “अवकाश मात्र नभई राजीनामा र निजामती कर्मचारी” भन्ने ठाउँमा नयाँ प्रावधान थपेको पनि बताए। खतिवडाका अनुसार, मन्त्रीले त्यसका लागि धन्यवाद दिए पनि पछि “रिपोर्ट नै नपाएको” भनेर अन्तरवार्तामा झुटो अभिव्यक्ति दिएको आरोप पनि उनले लगाए।

समितिको कामलाई कमजोर देखाउने प्रयास भइरहेको उनले उल्लेख गरे। खतिवडाको भनाइमा केही कर्मचारीहरू “सबै आफैंले मात्रै खाने” प्रवृत्तिमा छन् र समितिको कार्यलाई विफल बनाउने रणनीति अपनाइरहेका छन्। यस्ता कार्यहरू गम्भीर अपराधतर्फ उन्मुख भएको उनको निष्कर्ष छ।

सभापति खतिवडाको यस अभिव्यक्तिले विधेयक निर्माण प्रक्रियामा देखिएको दबाब, असहमति र आन्तरिक खिचातानी उजागर गरेको छ। विधायन प्रक्रियामा पारदर्शिता र निष्पक्षता सुनिश्चित गर्न अब गहिरो छलफल आवश्यक देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?