ट्रेंडिंग:

>> गृहसचिव, आईजी र काठमाडौं सीडीओको स्थानहद फुकुवा >> पार्टीले आधा भन्दा बढी उम्मेदवार युवालाई बनाउने तयारी: वर्षमान पुन >> जन्मदिनको अवसरमा अध्यक्षद्वारा जटिल रोगका बिरामीलाई आर्थिक सहयोग >> जाँचबुझ आयोगले लेखकलाई बयानका लागि पत्र पठायो >> राष्ट्रपतिको पहलमा कार्की, देउवा, ओली र प्रचण्ड पहिलोपल्ट छलफलमा >> झण्डै ४ लाख नयाँ पासपोर्ट विभागमा आइपुग्यो >> सरकारी टोलीले नेपाली कम्युनिस्ट पार्टीको कार्यालय अनुगमन गर्यो >> अमेरिकामा मेडिकल विमान दुर्घटना, ५ जनाको मृत्यु >> चितवन पुगेपछि रवि लामिछानेले भने: बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ >> पुस १३ गते लुम्बिनी प्रदेश साक्षरता घोषणा हुँदै >> कांग्रेसको प्रश्न: जेठो छोराले नै चुनाव रोक्ने हो भने हाम्रो भूमिका के ? >> राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षा आवेदन फाराम खुला >> सामूहिक गोलीकाण्डपछि अष्ट्रेलियामा बन्दुक कानून कडा हुँदै >> राष्ट्रपतिले बोलाए ३ दलका शीर्ष नेतृत्वलाई छलफलमा >> कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बुधबार बस्दै >> रुख कटान प्रकरणमा राप्ती गाउँपालिकाका जनप्रतिनिधि दोषी ठहर >> बुद्धस्थल तिलौराकोटदेखि काठमाडौं सम्म एसी बसको सेवा सुरु >> न्यानो  कपडा बैंकलाई हस्तान्तरण >> कांग्रेस : क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने सहमति >> राजनीतिक संवाद समितिद्वारा कांग्रेस केन्द्रीय कार्यालयको अनुगमन >> महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा नेपालले पहिलो खेल थाइल्यान्डविरुद्ध खेल्ने >> सम्मान, स्वास्थ्य जाँचसँगै अण्डा र हर्लिक्स वितरण  >> बढ्दै डिजिटल हिंसा, थपिँदै सामाजिक चुनौती >> ‘म्याद थप्ने खेल अब चाहिँ नहोस्’  >> राष्ट्रबैंकका अनुभवी प्रशासक भट्टराई कार्यकारी निर्देशकमा बढुवा >> स्वदेशी उत्पादनको प्रोत्साहन गर्दै बुटवल औद्योगिक प्रदर्शनी >> देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ? >> रुकुमका ३ जना युवा लागुऔषध सहित  लमहीबाट प्रकाउ >> रवि लामिछाने र बालेनबीच कमलपोखरीमा भेटवार्ता >> सीमा नाकामा मदिरा कारोबारले बढायो अपराध जोखिम >> कालिका मानवज्ञान माविले मनायो ६५ औ बार्षिक उत्सव >> लुम्बिनी प्रिमियर लिग पुस अन्तिम सातादेखि हुने >> दुर्गा प्रसाईंलाई ५ बुँदे पत्र पठाउँदै सरकारले पहिलो पटक भन्यो- राजसंस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रह ‘तत्काल सम्बोधन गर्नुपर्ने’ एजेन्डा >> ओभरलोड बोक्ने टिप्पर चालकलाई सडकमै प्रशिक्षण र कारबाही >> भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या >> ओलीलाई व्यंग्य गर्दै लामिछाने: गुन तिर्न अदालत धाइरहेको छु >> ओली देउवा भेट्न महाराजगञ्ज पुगे >> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो >> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ? >> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए >> उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ >> सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव >> गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते >> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक

लायन्स क्लब अफ बुटवल सयपत्रीको नेतृत्व हस्तान्तरण

१८ असार २०८२, बुधबार
१८ असार २०८२, बुधबार

बुटवल, १८ असार ।

“हामी सेवा गर्छौं” भन्ने मूल नाराका साथ सामाजिक सेवामा सक्रिय लायन्स क्लब अफ बुटवल सयपत्रीको नेतृत्व हस्तान्तरण तथा पदभार ग्रहण समारोह आइतवार भव्य रूपमा सम्पन्न भएको छ । समारोहमा अध्यक्ष कमला बस्नेत कुँवरले आफ्नो कार्यकालका उपलब्धिहरू सार्वजनिक गर्दै क्लबलाई साथ दिने सबै सदस्य र सहकार्य संस्थाहरूप्रति आभार प्रकट गरिन् ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा लायन्स ३२५ पीका डिष्टिक गभर्नर लायन पुरुषोत्तम भक्त प्रधानाङ्ग सहभागी थिए । फस्ट लेडी लायन लक्ष्मी प्रधानाङ्ग, निवर्तमान डिष्ट्रिक गभर्नर लायन अर्जुनमान सैजु, इलेक्ट डिष्ट्रिक गभर्नर लायन बालाराम भट्टराई, इलेक्ट फस्ट भाइस डिष्ट्रिक गभर्नर लायन सन्दिप कसौधन, इलेक्ट सेकेण्ड भाइस डिष्ट्रिक गभर्नर लायन मिना पन्थी, पूर्व डिष्ट्रिक गभर्नर लायन सुनिल वझा, डिष्ट्रिक सचिव लायन माधव खनाल, डिष्ट्रिक कोषाध्यक्ष लायन प्रकाश श्रेष्ठ, क्लबका एक्टेन्सन चियरपर्सन लायन द्वारिका प्रसाद श्रेष्ठ, लायन सागरराज श्रेष्ठ, गाईडलाइन लायन मधुसुधनलाल श्रेष्ठ, लायन ज्ञानेन्द्र सिमानगैडा, एरिया चिफ लायन दीपक श्रेष्ठ, रिजन चियरपर्सन लायन विष्णु उपाध्याय, जोन चियरपर्सन लायन महेश श्रेष्ठसहित विभिन्न लायन पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रधानांगले १३ वर्षअघि महिला सदस्यहरूबाट स्थापना भएको क्लबले सामाजिक सेवामा अग्रणी भूमिका निर्वाह गर्दै लायन्स क्षेत्रमा विशिष्ट पहिचान बनाएको भन्दै प्रशंसा गरे । उनले वर्ष २०२४÷२५ मा लायन्स सयपत्रीले सर्वाधिक गतिविधिहरू सञ्चालन गरेको, डिष्ट्रिक तथा लायन्स इन्टरनेशनलको उद्देश्यसँग मेल खाने कार्यक्रमहरू कार्यान्वयन गरेको र उत्कृष्ट नेतृत्व प्रस्तुत गरेबापत अध्यक्ष कमला कुँवरलाई बधाई दिए । साथै, अन्य क्लबहरूले पनि लायन्स सयपत्रीको कार्यशैलीबाट सिक्नुपर्ने सुझाव दिए ।

कार्यकालको समीक्षा गर्दै अध्यक्ष कुँवरले लायन्स इन्टरनेशनलको आठ वटा ग्लोबल कज, मिशन १.५, र डिष्ट्रिकको सामाजिक उद्यमशीलता कार्यक्रम अन्तर्गत दर्जनौं सामाजिक सेवाका कार्यक्रमहरू सञ्चालन गरिएको जानकारी दिइन् । उनका अनुसार लायन्स डिष्ट्रिक २३५ पी अन्तर्गतका १५५ क्लवहरु मध्ये लायन्स क्लव अफ बुटवल सयपत्रीले यस वर्षमा बेस्ट क्लब प्रेसिडेन्ट तथा बेस्ट क्लब २०२५ सहित विभिन्न विधामा ३५ वटा अवार्ड प्राप्त गर्न सफल भएको थियो ।

त्यस्तै, क्लबले १२ वटा बैठक, २७ नयाँ सदस्यको विस्तार, ५ विद्यार्थीलाई छात्रवृत्तिका कार्यक्रम, मेल्भिन जोन्स सप्ताह कार्यक्रम, वृद्धवृद्धा, अपांग, दृष्टिविहीन, क्यान्सर पीडित र सडक बालबालिकालाई सहयोग, फन्डरेजिङ, खाना महोत्सव, च्यारिटी शो, र झण्डै ७०० महिलालाई आत्मनिर्भर बनाउने तालिमहरू बाटेको धूप, कम्प्युटर तालिम, आत्मरक्षा तालिम, डिजिटल साक्षरता सञ्चालन गरेको जानकारी दिइन् । साथै, नयाँ लियो क्लब स्थापना, एमजेएफ र एनएलएफ डोनेशन लगायतका कार्यक्रमहरू पनि उल्लेख गरिन् ।

कार्यक्रमको समापनमा अध्यक्ष कुँवरले वर्ष २०२५÷२६ का लागि निर्वाचित अध्यक्ष एली क्षेत्री र नयाँ कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै आफू सधैं साथ र सहयोगी रहने प्रतिवद्धता जनाइन् ।

समारोहमा वर्ष २०२४÷२५ मा योगदान दिने पूर्व अध्यक्षहरू, पदाधिकारी, सदस्यहरू, डिष्ट्रिक, रिजन, जोनका प्रतिनिधिहरू र विभिन्न सामाजिक संस्थाहरूलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा पुरुषोक्तम भक्त प्रधानांग, अर्जुनमान सैजु, द्वारीका प्रसाद श्रेष्ठ, दिपक श्रेष्ठ क्लवका संस्थापक अध्यक्ष प्रतिभा श्रेष्ठ, पूर्व अध्यक्ष सविना श्रेष्ठ, सवनम श्रेष्ठ र नवनिर्वाचित अध्यक्ष एली क्षेत्री लगायतले बोलेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?