ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने
लुम्बिनी प्रादेशिक अस्पताल 

भौतिक संरचनासँगै सेवामा ध्यान जाओस्

१८ असार २०८२, बुधबार
१८ असार २०८२, बुधबार

राष्ट्रिय गौरवका आयोजना निर्माणमा ढिलाइ भइरहेको अवस्थामा लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ आधुनिक भवन निर्माणको कामले तीव्रता पाएको सुन्दा खुसी लाग्नु स्वाभाविक हो । त्यसै पनि स्वास्थ्य क्षेत्रमा भएको विकास र त्यसबाट बिरामीले पाउने सुविधाको सवालमा लुम्बिनी प्रादेशिक अस्पतालको भौतिक निर्माणमा भएको प्रगतिले सन्तोष दिएको छ । लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणले आगामी ३ वर्ष भित्रनै सक्ने गरी निर्माणको कामले तीव्रता पाएको दाबी गरेको छ । बिचमा कुनै प्राकृतिक विपत्ति वा आर्थिक सङ्कट नआएमा निर्धारित समयभन्दा छिटो नै यो निर्माणको काम पूरा हुने आधार तयार भएको छ ।

हालसम्म अस्पतालको भौतिक प्रगति २५ प्रतिशत पुगेको छ । हाल अस्पतालको मुख्य भवनको दायाँ, बायाँ र बिच भागमा बेसेन्टको काम सम्पन्न भइसकेको छ । १२ सय शैयाको यो अस्पताल निर्माण सम्पन्न हुँदा लुम्बिनी प्रदेशले मात्रै होइन, गण्डकी र कर्णाली प्रदेशका जनताले समेत स्वास्थ्य उपचार सेवा सहज रूपमा पाउने विश्वास गरिएको छ । तर, भवन निर्माण मात्रैले पनि हुँदैन । अस्पतालमा आवश्यक दक्ष जनशक्तिको अभाव भएको अवस्थामा १२ तले नयाँ भौतिक संरचनाले बुटवललाई नै गिज्याउने अवस्था नबनोस् ।

त्यसका लागि लुम्बिनी प्रादेशिक अस्पताल व्यवस्थापनले अहिलेदेखि नै आवश्यक तयारीको काम गरोस् । अस्पतालमा अहिले पनि उपचार सेवा लिन घण्टौँ लाइन बस्नुपर्ने बाध्यता छ । एक वटा चिकित्सकले दैनिक बहिरङ्ग सेवातर्फ सय बढी बिरामी हेर्नुपरेको देखिन्छ । यसरी अस्पतालले स्वास्थ्य सेवा प्रभावकारी बनाएको ठान्न सकिदैन् । तसर्थ भवन सँगसँगै आवश्यक उपकरण, चिकित्सकीय दरबन्दी, बिरामीले सेवा पाएको अनुभूति गरुन् भन्नेतर्फ ध्यान दिनु जरुरी छ । अस्पतालको १२ तले भवन बन्दै छ तर यो अस्पतालको विशालकाय भौतिक संरचना अहिले पालिकामा बनेका अस्पतालको जस्तो नियति नहोस् । त्यसका लागि अस्पताल प्रशासनले समयमै दक्ष जनशक्ति, आवश्यक स्वास्थ्य उपकरण लगायत पूर्व तयारीको काम गर्नु जरुरी छ ।

त्यसो त यो अस्पतालको हर सम्भव विकासका लागि यस क्षेत्रबाट निर्वाचित सांसद र मन्त्रीहरूले ठुलो सहयोग गर्दै आउनुभएको छ । अर्थमन्त्री विष्णु पौडेलले अस्पतालका आवश्यक सबै सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । तसर्थ अब ढिलो नगरी अस्पताल सम्पन्न हुँदै गर्दा अस्पतालको उपचार गर्ने क्षमता दोब्बर मात्रै होइन चौबर हुन सकोस् । अहिले दैनिक करिब एक हजार पाँच सय बिरामीले सकसपूर्ण तरिकाले सेवा लिइरहेका छन् । अबको दिनमा दैनिक चारदेखि पाँच हजार बिरामीले सहज रूपमा सेवा पाउने वातावरण भयो भने बल्ल प्रादेशिक अस्पतालप्रति यहाँका जनताले गौरव बोध गर्नेछन् । अस्पतालको दुई भवन, उपकरण र आन्तरिक व्यवस्थापनसहित अस्पतालको लागत आठ अर्ब ९९ करोड ७५ लाख ६४ हजार १९९ रुपियाँ रहने अनुमान छ ।

नयाँ भवनबाट विशिष्टीकृत ग्यास्ट्रिक एन्टेरोलोजी, न्युरोलोजी, कार्डियोलोजी लगायतका सबै विभागीय सेवा एउटै भवनबाट सञ्चालन हुनेछन् । जे होस् यो अस्पतालको भौतिक संरचना निर्माणको काम देखेर जो कोहीले खुसी मानेको अवस्था छ । अस्पतालको भौतिक संरचना जसरी ठडिने तरखर छ, यसको गुणस्तरीयता, विश्वसनीयता र जबाफदेहिताको सवालमा अस्पतालले साँच्चै तरक्की गरोस् ।

यो अस्पतालको भविष्य हजारौँ बिरामीको आस्था र विश्वाससँग जोडिएको छ । अहिले अस्पतालभित्र प्रवेश गर्दा सबैभन्दा पहिले अस्पतालको सेवाप्रति आम जनताको चासो हुनु स्वाभाविक छ । तर, अस्पतालप्रति अहिले पनि बिरामीको गुनासो उस्तै सुनिन्छ । जस्तो आजभन्दा १० बर्सअघि पनि यस्तै गुनासो थियो । उही लाइन बस्नुपर्ने, डाक्टरसँग जाँच गराउन हम्मे हम्मे पर्ने, विशेषज्ञ चिकित्सकीय सेवा पाउन समस्या आदि गुनासोमा कमी आउन सकेको छैन ।

यी गुनासोप्रति अस्पताल प्रशासन जबाफदेही बनोस् । अस्पतालको सेवालाई लिएर समयमै हुने खबरदारीले अस्पतालको सुधारमा ठुलो सहयोग पुग्छ । सरकारी अस्पतालप्रति आम बिरामीमा रहेको दृष्टिकोणमा परिवर्तन ल्याउन अव ढिलाइ गर्नु हुँदैन । गणतन्त्र आएको पनि लामो समय भइसक्यो । धेरै क्षेत्रमा आम जनताले परिवर्तनको अनुभूति गरिरहँदा सरकारी अस्पतालको सेवा लिँदा गर्व गर्ने परिस्थिति बनोस् । अस्पताल प्रशासन मात्रै होइन, सङ्घीय र लुम्बिनी प्रदेश सरकारको पनि ध्यान जाओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?