ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई
विश्व खेलकुद पत्रकार दिवस मनाइयो

पूर्व खेलाडी, प्रशिक्षकलाई सम्मान तथा खेल पत्रकार मनोरञ्जन शर्मालाई नगद सहयोग 

१८ असार २०८२, बुधबार
१८ असार २०८२, बुधबार

बुटवल, १८ असार ।

अन्तर्राष्ट्रिय खेलकुद पत्रकार दिवस (जुलाई २) रुपन्देहीमा विविध रचनात्मक कार्यक्रम गरी मनाएको छ । नेपाल खेलकुद पत्रकार मंच, रुपन्देहीको आयोजनामा बुटवलमा विशेष कार्यक्रम गरी खेलकुद क्षेत्रमा योगदान दिएका पूर्व खेलाडी, प्रशिक्षक तथा खेलकुद पत्रकारलाई सम्मान तथा शुभकामना आदानप्रदान गरिएको हो ।

कार्यक्रमको एक समारोहका बिच पूर्व नेपाली महिला राष्ट्रिय फुटबल टिमकी सदस्य मोतीकला गुरुङले उद्घाटन गरिन ।
कार्यक्रममा मञ्चका अध्यक्ष सुमन अधिकारीले विश्व खेलकुद पत्रकार दिवसको सुरुवात र विधागत पत्रकारिताको विकास क्रमका बारेमा बताए । मोफसलमा विधागत पत्रकारितामा देखिएको कठिनाइलाई चिर्दै संस्थाको आगामी योजनाबारे प्रकाश पारे ।

कार्यक्रममा अखिल नेपाल फुटबल सङ्घका उपाध्यक्ष दीर्घ बहादुर केसी (कुमार) ले मोफसलको खेलकुद गतिविधिलाई जोड दिन जरुरी रहेको बताए । खेलाडी, प्रशिक्षक मात्र नभई अबका दिनमा विधागत रूपमा खेल पत्रकारको क्षमता अभिवृद्धिमा समेत लाग्नुपर्ने सुझाव दिए ।

अहिले ३ तहको सरकारबाट खेल क्षेत्रमा भएको लगानी अनुसारको प्रतिफल आउन नसकेको उनको गुनासो गरे । राष्ट्रिय खेलाडी उत्पादनमा मोफसलको योगदानको चर्चा गर्दै उनले खेल क्षेत्रको विकास र व्यावसायिक खेलाडी उत्पादनमा नयाँ आयाम शुरुभएको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ रुपन्देही शाखाका अध्यक्ष दिनेश पाण्डे, अमेरिका पत्रकार सङ्घका अध्यक्ष सुरज भण्डारी, एन्फाका पूर्व उपाध्यक्ष हरि प्रसाद श्रेष्ठ, नगर खेलकुद विकास समिति बुटवलका संयोजक बोनिन पिया, रुपन्देही फुटबल सङ्घका अध्यक्ष लोक पुनले खेलकुद पत्रकारिता केवल खेल क्षेत्रको विकासमा टेवा पु¥याएको मात्र नभई समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्न पनि भूमिका खेलेको उल्लेख गरे ।

कार्यक्रममा पूर्व नेपाली क्रिकेटका सदस्य तथा नेपाली यू १९ टिमका प्रशिक्षक शक्ति गौचन र भलिबल प्रशिक्षक अर्जुन घिमिरेलाई सम्मान गरिएको थियो । यस्तै कार्यक्रममा दुई दशकभन्दा बढी समयदेखि रुपन्देहीमा खेलकुद क्षेत्रमा सक्रिय रहनुभएका खेल पत्रकार मनोरञ्जन शर्मालाई नगद २५ हजार रुपैयाँ सहयोग प्रदान गरिएको छ । क्यान्सरको उपचारमा रहेका शर्मालाई संस्थाबाट सहयोग गरिएको हो ।

कार्यक्रममा मञ्चका सचिव स्वस्तिक श्रेष्ठले अन्तर्राष्ट्रिय खेलकुद पत्रकार सङ्घले आफ्नो ७० औँ वार्षिकोत्सव मनाउन सन् १९९४ मा यो विशेष दिवस सिर्जना गरेको थियो । विगत केही वर्षदेखि हामीले पनि रुपन्देहीमा दिवसमा शुभकामना आदान प्रदान गरी मनाउन सुरुवात गरेका छौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?