ट्रेंडिंग:

>> साना किसान कृषि सहकारी संस्थामा सुनारी अध्यक्ष >> चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु  >> प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ >> सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च >> गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन >> आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन >> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण

धमिराको घर, इन्जिनियरिङ प्रविधि र वास्तु शास्त्रको सम्बन्ध

१८ असार २०८२, बुधबार
१८ असार २०८२, बुधबार

हाम्रो गाउँ समाज सहर भएजस्तै धमिराहरूको पनि संरचना हेर्दा अत्याधुनिक सुविधा सम्पन्न सहर जस्तो देखिन्छ । सबैको आफ्नै अस्तित्व अनि दुनियाँ भएको यो संसारमा धमिराको इन्जिनियरिङ्ग बडो गजबको र कलात्मक हुन्छ । १ मिलिमिटर उचाई भएको धमिराबाट यति बलियो संरचना बन्नु ईञ्जिनियरिङ्गको अद्भुत उदाहरण हो । ताकी यिनीहरूले हजारौँ केजी माटोको १० औँ मिटर उचाई भएको देवल बनाउन समेत सक्दछन् । अहिले हामीले प्रयोग गरेका महँगो रड सिमेन्ट केही पनि प्रयोग भएका छैनन् यसमा । छ त केवल प्रकृति र प्रकृतिमा प्राप्त वास्तुबाट बनाईएको संरचना हो ।

धमिराको गोलोलाई अर्थात् घरलाई देवल भनिन्छ । यदाकदा देवगृह जस्तै हुन्छ यसको आकृति पनि । त्यसैले पनि हुनसक्छ धमिराको घरलाई देवल भनेर परिभाषित गरिएको छ । हाम्रो बालुवाटार, सिंहदरबार, संसद भवन अनि हाम्रा घरभित्र भान्छा शौचालय सुत्ने ठाउ भए जस्तै यिनीहरूको संरचना हेर्दापनि बाहिर छुट्टै माटोको डिस्को जस्तो देखिएतापनि भित्र छुट्टै संसार भएको जस्तो देख्न सकिन्छ । हामीले घर बनाउदा माटो मुनिको जगलाई बलियो बनाउन बिशेष महत्व दिन्छौ, लेवल सम्याएर, जमिन खादेर, स्ट्र्याप बिम, हात्ती पाईले कंक्रिट ढलान आदि गर्छौ त्यस्तैधमिराले पनि आफ्नो देवललाई माटोभित्र दुई भाग र बाहिर एक भाग बनाउँछ । त्यसैले पनि धमिराले आफ्नो घरको जगलाई बिशेष महत्व दिएको देखिन्छ । यो इसोप्ट्रेया वर्गभित्र पर्ने एउटा सामाजिक किरा हो जसको आकार कमिला जत्रै हुन्छ । धमिराको गोलोको बाहिरी सतहमा घाम, पानी तथा शत्रुबाट बच्ने हिसाबले बनाएको हुन्छ ।

धमिरालाई कसले वास्तुशास्त्र सिकायो होला यहाँनेर बडो गजब देखिन्छ । देवललाई नभत्कियोस भनेर बलियो पार्न, प्रकृतिमैत्री बनाउन, घर उर्जाको हिसाबले सबै कुरा मिलाउन धमिराहरूले हरेक कुरा मिलाएको देखिन्छ । यो कुरा हामी मानवले पनि घर बनाउँदा सिक्नुपर्ने खोज गर्नुपर्ने बिषय हुनसक्छ । धमिराले आफ्नो घर अर्थात् देवलको आकार निर्माण गर्दा पूर्वपश्चिम फैलाएर देवलको निर्माण गर्छ । जुन वास्तुशास्त्र ग्रन्थमा सुर्यवेदी र चन्द्रवेदी घर कोठाको रूपमा महत्व दिईएको छ । घामको ताप दक्षिणमा पर्ने भएका कारण आफ्नो घर हर हिसाबले बलियो उर्जावान होस् भनेर वैदिक विज्ञानको हिसाबले निर्माण गरेको देखिन्छ ।

धमिराले माटोको गहिराइमा बसेर थुप्रै कोठाहरू सहितको कलात्मकताले भरिएको, सुन्दरताले भरिएको अद्भुत दरवार बनाउँछ । रानी धमिराका लागि छुट्टै सुसारे र अन्य सेवकहरूको समेत छुट्टै गरेर दर्जा अनुसारको अधिकार, कर्तब्य, सजावट र खानपानको व्यवस्था गरिएको कानुन छ जस्तो देखिन्छ । धमिराले आफ्नो घरको बाहिरको भाग निर्माण गर्दा सूर्यको पाटोलाई प्राथमिकतामा राखेर निर्माण गरेको देखिन्छ । धमिराहरू हामी मानव जस्तो कुनै विश्वविद्यालय जाँदैनन् तर उनीहरूको अग्रज पुर्खाले सिकाएको ज्ञान र सीपलाई हामी मान्छेले आधुनिक प्रविधिको घर निर्माण गरेको जस्तै पुरानो प्रविधिलाई पुरानो सोच भनेर बिर्सन चाहदैनन् भन्ने प्रस्ट हुन्छ । हाम्रो समाजमा धनी र गरिबको भान्छाको प्रकृति र खुवाई फरक देखिन्छ तर धमिराहरू खाने बेलामा आफ्नो दर्जा बिर्सिएर खान्छन् ।

धमिराले त्यसभित्र आफूले खाने पौष्टिक खानेकुरा जम्मा गरेको राखेको हुन्छ । त्यसभित्र धमिराले आफूले खानको लागि राखेको खानेकुरा हुन्छ । त्यसैले बर्षातको बेलामा माथिबाट परेको पानी र तलको तातोले भित्र वाष्पीकरण भएर त्यो खानेकुरा च्याउ आदिको रूपमा बाहिर देखापर्दछ जुन हामी देख्न सक्छौँ । त्यहि धमिराले जम्मा गरेको पौस्टिक खानेकुराबाट उत्पन्न भएको च्याउ जसलाई पुरानो भाषामा बगाले च्याउ, धिम्की च्याउ, देवले च्याउ, स्थानिय थारु भाषामा बेम्टी पनि भन्ने गर्दछन् र त्यो च्याउ पनि पौस्टिक हुन्छ भनेर भनिन्छ ।

एकदमै स्वादिलो, मान्छेको प्रतिरक्षात्मक प्रणालीलाई बढाउने भनिएको यो च्याउ प्रायः असार, श्रावण, भाद्र र आश्विनमा बढी पाइन्छ । सायद बर्षातको बेलामा माथिबाट परेको पानी र तलको तातोले भित्र वास्पीकरण भएर त्यो खानेकुरा च्याउ आदिको रूपमा बाहिर देखापर्ने हुँदा यो सिजनमा बढी पाईने हो कि भन्ने लाग्यो । तर जंगलको च्याउ खाँदा एकदमै चिनेर जात पहिचान गरेर खानुपर्दछ । अन्यथा गलत खाईयो भने हाम्रो ज्यान जान पनि सक्छ । मैले धमिराको घर (देवल), इन्जिनियरिङ्ग र वास्तुशास्त्र बिचको सम्बन्धको बारेमा केही समय यसको अध्ययन गर्ने क्रममा पुराना हजुरबा हजुरमाहरूलाई पनि सोध्ने गरेको थिए ।

फोक्सोको इन्फेक्सन हुँदा, टिबि रोग हुँदा यो धमिराको गुँड पकाएर पानी पिउँदा आराम हुन्छ, निको हुन्छ भन्ने पुरानो चलन रहेको कुरा बताउनुभयो । त्यसैले पनि हुनसक्छ– धमिराको गोलोमा भएको कुनै च्याउको मानवीय उर्जाको हिसाबले बिशेष महत्व भएको हुनसक्छ । प्रकृतिको एक अदभूत बिषय पहिलेका बच्चाहरूलाई जुन दादुरा हुन्थ्यो त्यो बिग्रियो भने यहि धमिराको गोलो भिजाएर त्यसको पानी खुवाएपछि सन्चो हुन्थ्यो भनेर पनि बुढा बा आमाबाट थाहा भयो । यो धमिराको माटो आफैमा सामान्य माटोभन्दा धेरै फरक हुन्छ । हामीले घरको जगमा ढुंगा आदि राखेर जग तयार गरिन्छ, सोलिङ, पिसिसी, गार्हो लगाउने काम, छानाछाउने काममा फरक फरक निर्माण सामग्रीको प्रयोग गरिन्छ, त्यसरी नै धमिराले पनि आफ्नो जगको फेदमा फरक, बिचमा फरक र माथिल्लो भागमा फरक खालको निर्माण पदार्थको प्रयोग गर्दछन् ।

वास्तुशास्त्रमा मूलढोका कहाँ राख्ने भनेर बिशेष महत्व दिईएको हुन्छ । त्यस्तै धमिराहरू पनि आफ्नो ढोका राख्ने ठाउँलाई ख्याल गरेर निर्माण गरेको देखिन्छ । जसरी हामी राती सुत्ने बेलामा मूल ढोका बन्द गरेर सुत्छौ, त्यसैगरी धमिराहरू पनि सुरक्षाको दृष्टिले वातावरणीय हिसाबले निर्माण भएको देवलको मुख अर्थात् ढोका बन्द गर्छन् । फेरी पुनः भोलिपल्ट बन्द गरेको देवलको मुख भत्काएर निर्माण कार्यलाई अघि बढाएको देखिन्छ । वर्षा मौसम सुरु भएपछी धमिराको घरमा छिचिमिराको जन्म हुन्छ, जुन कुराबाट हामीले हाम्रो माटो पाकेको संकेत गर्छ र हाम्रो जमिन बिउबिजन उमार्नको लागि तयारी भयो भनेर अनुमान गर्न सक्छौ । मिहिनी माटो र धमिराको ¥यालले बनेको तथा सूर्यको तापले सेकिएको धमिराको घर एकदमै बलियो हुन्छ । धमिराको देवलभित्र थुप्रै कोठाहरू हुने गर्छन् । धमिराको घर देवललाई वास्तुकलाको अनुपम नमूनाको रूपमा लिईन्छ किनभने त्यहाँ हावा तथा पानीको निकास, उर्जा व्यवस्थापनको हिसाबले राम्रो प्रबन्ध गरिएको देखिन्छ ।

सामान्य जंगलभरी पाईने धमिराको गोलोको यति धेरै महत्व भन्ने कुरा पनि हुनसक्ला । एकैछिन बिदेशीहरूको अनुसन्धान पनि हेरौ । अस्ट्रेलियामा रहेको अस्ट्रेलियन कमनवेल्थ साइन्टिफिक एण्ड इन्डस्ट्रियल रिसर्च अर्गनाइजेसनका अनुसन्धानकर्ताहरूले गरेको रिसर्चलाई आधार मान्ने हो भने कुनै बिशेष ठाउँहरूमा सुनको खानी पत्ता लगाउनका लागि धमिराका देवलहरू कहाँ कस्तो तरिकाको छ भनेर ध्यान दिनुपर्दछ । अनुसन्धानकर्ताहरूले अस्ट्रेलिया देशको कलगूर्लीस्थित सुनको एक खानी रहेको क्षेत्रस्थित थुप्रै नमूनाहरू, धमिराको माटो रहेको देवलको केही नमूनाहरूको खोज गरेका तथ्य देखिन्छ ।

धमिराको गोलोमुनि सुनको खानी हुन्छ भनेर अनुसन्धान गरेका वैज्ञानिकहरूको यो तथ्यलाई क्यानडा देशमा रहेको उत्खनन कम्पनी अंगकोरा गोल्डले समेत यो शोध रिपोर्टको पुष्टि गरेको पाईन्छ । उक्त कम्पनीले कम्बोडियाका धमिराको माटो अर्थात् देवलका करिब १ लाख १० हजार देवलको नमूना संकलन गरी हेर्दा केहि ठाउँमा सुन, तामा तथा मोलिब्डेनम लगायतका बिभिन्न धातुहरूको भण्डार रहेको कुरा पत्ता लगाएको थियो । हाम्रा ऋषिमुनिहरूले धमिराले थुप्रो लगाएको फेदको माटो जसलाई वास्तु शास्त्रको ग्रन्थहरूमा वाल्मिक भनेर वास्तुशास्त्रको रूपमा हरेक घरमा प्रयोग गर्नु भनेर सिकाउनु र आज विदेशी बैज्ञानिकहरूले समेत अनुसन्धानबाट पुस्टी गर्नु एउटा गजबको संयोजन लाग्यो; यसको महत्व हाम्रा पुर्खाहरूले पहिल्यै पत्ता लगाईसकेका रहेछन् । सबै ठाउँमा पाईने पथ्थरहरू पाईने भएकोले बैज्ञानिकहरू नेपाललाई पत्थरहरूको प्रयोगशाला भन्दछन ।

देवताहरूको उर्जाले भरिएको, ऋषीमुनिहरूले तपस्या गरेको यस हिमवत्खण्डमा यति धेरै जडिबुटीहरू पाईन्छन् कि हामीले कुल्चेर हिड्ने हरेक बनस्पति तथा झारको औषधीय महत्व छ । त्यसैलेपनि हिमवत्खण्डमा पाईने देवलहरू उर्जाको हिसाबले बिदेशी मुलुकहरूको देवल भन्दा उच्च कोटीको हुन सक्दछ । धमिराले ढोका देवलको माथिल्लो भागमा बनाएको देखिन्छ र आपतकालीन ढोकाको व्यवस्था समेत गरेको प्रस्ट देखिन्छ जुन द्वार प्रायः बन्द गरेको देखिन्छ । नेपालको भवन निर्माण संहिता अनुसार मानव जातिले बनाउने ठूला प्रकृतिका घरहरूमा आपतकालीन द्वार बनाउने नियम छ तरपनि हामी झन्झटिलो मानेर सकभर आपतकालीन द्वार बनाउन आनाकानी गरिरहेका हुन्छौ तर धमिराले भने उनीहरूको पुर्खादेखि चलिआएको आपतकालीन द्वार नबनाउने अल्छी गर्दैनन् । उनीहरूको आपतकालीन द्वार प्रायः बन्द नै देखिन्छ तरपनि उनीहरू आफ्नो देवल बनाउँदा त्यसको ख्याल गर्दछन् ।

धमिराको हुलले किताब कापी खाएर बिगार्छ, घरमा काठ सोफा फर्निचर कार्पेट आदिलाई नोक्सान बनाउँछ, घरको काठ खाएर बर्बाद पार्छ । त्यसैले आजकल घर बनाउदै गर्दा एन्टी टरमाईटहरू घरको जगमै हालिन्छ, पछी घर बनिसकेपछि पनि हालिन्छ, यसले नोक्सान पनि गर्छ तर यसको देवल भने वास्तुशास्त्रमा घरको उर्जा बढाउनको लागि बिशेष महत्व रहेको छ । साँस्कृतिक हिसाबले बिशेषगरी थारु समुदायमा यसको अलि बढी महत्व भएको कुरा बुझ्ने मौका पाएँ । थारु जातिमा दिउँटा (देवता) बनाउँदा धमिराको घरको माटो चाहिन्छ ।

हाम्रो वनजंगल वरिपरीको अमुल्य औषधि युक्त थुप्रै जैविक वनस्पतिहरू रहेका छन् जुन कुरा धमिराले चिनेर त्यसको प्रयोग गरेको हुनसक्छ । त्यसैले पनि धमिराको गोलोको अझ थुप्रै खोज अनुसन्धान गरियो भने यो मानव जगतको लागि अत्यन्त लाभदायक हुनसक्छ । थारु समुदायमा थुप्रै जडिबुटी र धमिराको गोलोको माटो मिसाएर मजाले मुछेर एउटा आकार दिईन्छ जुन धेरै बर्षसम्म घरभित्र राखिन्छ र यसले घरमा बिशेष उर्जा दिईन्छ भनेर भनिन्छ । त्यो लामो समयसम्म पनि त्यसको संरचना विग्रदैन । प्राकृतिक पुजककै रूपमा रहेका राई किराँतहरूको ग्रन्थमा पनि प्रकृतिमा पाइने धमिराको गोलाको माटोको महत्व छ भनेर मैले बुढा पाकाबाट सुनेको छु ।

हिन्दू धार्मिक ग्रन्थ रामायण लेख्ने बाल्मिकी ऋषिले तपस्या गर्दा धमिराले माटो उठाएर ढिस्को बनाएकोले उनको नाम बाल्मिकी रहेको कुरा उल्लेख गरिएको छ । यिनी लामो समयसम्म समाधि लगाएर तपस्याबाट उठ्ने बेला यिनका चारैतिर धमिराले देवल बनाएको थियो । धमिराको देवललाई नै संस्कृतमा वाल्मीक भनेर भनिन्छ । धमिराले थुप्रो लगाएको फेदको माटो जसलाई वास्तुशास्त्रको ग्रन्थहरूमा वल्मिक भनेर उल्लेख गरिएको छ । वास्तुशास्त्र अनुसार हाम्रो आवासीय घरहरूमा नयाँ संरचना बनाउँदा होस् या पुरानो बनिसकेको संरचना सुधार गर्नको लागि बिभिन्न दिशाहरूमा घरको वाल्मिकको बिशेष प्रयोग गरिन्छ । वास्तुशास्त्रीय विधि र मात्रालाई पालना गरेर मानव जगतको घरको उर्जालाई राम्रो बनाउन मिहिनी माटो र धमिराको र्याकलले बनेको तथा सूर्यको तापले सेकिएको यस्तो देवलको फेदमा भएको माटो वाल्मिक बिशेष उपयोगी हुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?