ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

प्रविधि मैत्री शिक्षाका लागि बर्दघाटको १ करोड ६४ लाख बजेट

१७ असार २०८२, मंगलवार
१७ असार २०८२, मंगलवार

पश्चिम नवलपरासी ।

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले आर्थिक वर्ष ८१/८२ लाई शैक्षिक सुधार वर्षको रूपमा अघि बढाएको थियो ।मूलतः सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सुधार वर्षको रूपमा लिइएको नगरपालिकाले जनाएको छ ।सोही अनुरूप अहिले एसईई को नतिजाको सुधारोन्मुख प्रतिफलले पनि यसलाई पुष्टि गरेको नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताए ।

शिक्षामा प्रविधिको प्रयोग गरी निजी विद्यालय र सरकारी विद्यालयबीचको शैक्षिक गुणस्तरको खाडल कम गर्न पनि यो महत्त्वपूर्ण रहने नगरप्रमुख श्रेष्ठको भनाई छ ।डिजिटल प्रविधिमा आधारित पठनपाठनलाई प्रोत्साहन गर्न नगरपालिकाले सङ्घीय सरकारको विशेष अनुदान तर्फको बजेट बाट आगामी आर्थिक वर्ष ८२/८३ का लागि १ करोड ६४ लाख रुपैयाँ विनियोजन गरेको छ ।

विनियोजित उक्त बजेटबाट मावि र आधारभूत तहका सबै विद्यालयमा स्मार्ट बोर्ड जडान ,पहिलो चरणमा १ सय ३० जना शिक्षकलाई लागत साझेदारीमा ल्यापटप वितरण गरिने नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताए । “हामी निर्वाचित भएदेखि नै शिक्षालाई विशेष प्राथमिकतामा राख्दै आएका छौँ, युग अनुसारको शिक्षण सिकाइ हुनु पर्छ र यसले गुणस्तरमा समेत परिवर्तन ल्याउँछ भन्ने हेतुले प्रविधि मैत्री शिक्षालाई जोड दिएका हौँ” श्रेष्ठले भने ।प्रविधि युक्त विद्यालय निर्माणका लागि सबै शिक्षकहरूलाई प्राविधिक तालिम समेत दिइने छ ।

उपप्रमुख रुद्र प्रकाश उपाध्यायले भौतिक पूर्वाधारको विकासले मात्रै समृद्ध नगर परिकल्पना हुन सक्दैन मानवीय विकास सँगै शिक्षाको गुणस्तरलाई अब्बल बनाउन सकिए मात्र अन्य विकास निर्माणको सार्थकता रहने उल्लेख गरे ।

विद्यालयको पूर्वाधार विकास ,प्रभावकारी शिक्षण सिकाइ लगायत गुणस्तर सुधारका निम्ति नगरपालिकाले सामाजिक विकास समितिलाई सक्रिय बनाएको थियो ।सोही अनुरूप समितिले नगरभित्रका ३७ वटै विद्यालयको अवस्थाको बारेमा अध्ययन गरी प्रभावकारी योजनाहरू तयार गरिएको निवर्तमान सामाजिक विकास समिति संयोजक भिमकाजी गुरुङले बताए ।”हामीले विगतका नतिजाहरू हेरेर नै खरो रूपमा उत्रियौँ पुरानै प्रवित्ति बाट शैक्षिक क्षेत्रमा सुधार हुँदैन भन्ने लागेर नै कतिपय अवस्थामा हामी निर्मम भएर नै अघि बढ्यौ फलतः हाम्रो मेहनत सकारात्मक देखिँदै आएको छ”गुरुङले भने ।

राष्ट्रिय माविका प्रधानाध्यापक शेषकान्त पौड्यालले प्रविधि मैत्री शिक्षा विद्यालयमा निकै प्रभावकारी बनेको बताए ।”सिकेर गर्ने र गरेर सिक्ने कुरा भएकाले पनि प्रविधि अपरिहार्य नै हो”पौडेलको भनाई छ ।

शैक्षिक पद्धतिलाई प्रविधिमैत्री बनाई समयसापेक्ष ज्ञान तथा सीपहरू दिएको खण्डमा मात्र सिकाइ अर्थपूर्ण तथा दीर्घकालीन हुन्छ । तब मात्र सबल अनि समृद्ध नगरको कल्पना गर्न सकिनेमा सबै जनप्रतिनिधिहरू ऐक्यबद्ध भएर लागि परेको नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?