© २०२३
अर्घाखाँची।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका निवासी फूलमाया (नाम परिवर्तन) र कपिलवस्तुको कपिलवस्तु नगरपालिका निवासी निरमायाले २०८२ जेठ १८ गते विवाह गरेका छन्। विवाहपछि उनीहरूले अर्घाखाँचीको एक वडा कार्यालयमा ‘समलिंगी विवाह दर्ता’ गराएका छन्।
वडासचिवका अनुसार, २३ वर्षीया फूलमाया र २० वर्षीया निरमाया आवश्यक कागजातसहित विवाह दर्ताका लागि कार्यालय पुगेका थिए। प्रारम्भमा केही अन्यौल भएको भए पनि सम्बन्धित स्थानमा सोधपुछपछि दर्ता प्रक्रिया सम्पन्न गरिएको छ।
विवाह दर्तामा फूलमायालाई ‘दुलहा’ र निरमायालाई ‘दुलही’ उल्लेख गरिएको छ। उनीहरू पछिल्लो डेढ वर्षदेखि प्रेम सम्बन्धमा थिए।
नेपालमा समलिंगी विवाहलाई मान्यता दिन थालिएको यो क्रममा यस्ता घटनाहरू बढ्दै गइरहेका छन्। यसले लैंगिक विविधता र समानतामाथि समाजमा सकारात्मक संकेत देखाएको बताइएको छ।