ट्रेंडिंग:

>> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी

वडाको सहयोगमा १ सय ५ जनालाई मुटु रोग उपचार 

१७ असार २०८२, मंगलवार
१७ असार २०८२, मंगलवार

कपिलवस्तु, १७ असार ।

कपिलवस्तु नगरपालिकाका १ सय ५ जना नागरिकले मुटु रोगको निःशुल्क उपचार पाएका छन् । कपिलवस्तु नगरपालिका वडा नम्बर १ को आर्थिक सहयोग र सरिम हस्पिटल प्रा.लि.को प्राविधिक सहयोगमा सनलाईट सामाजिक विकास केन्द्र कपिलवस्तु न.पा. ८ ले हस्पिटलमा आयोजना गरेको एक दिने मुटु सम्बन्धी स्वास्थ्य शिविरमा सो सङ्ख्याका बिरामीले उपचार सेवा लिएका हुन । शिविरमा बिरामीहरूलाई निःशुल्क परीक्षण, मुटु रोग उपचार बारे परामर्श, प्रयोगशाला, ईसिजी, ईको र आवश्यकता अनुसारको औषधी निःशुल्क उपलब्ध गराइएको हो ।

शिविरमा उपचारका लागी आएका कपिलवस्तु नगरपालिका १ का बिरामी मोहम्मद रियाजले आफुहरूले बुटवल पुगेर सशुल्क लिने उपचार सेवा टोल छिमेकमै शिविर मार्फत पाएकोमा खुसी लागेको बताए । सोही वडाकी हबिबुन निसाले आफूलाई मुटु, रक्तचाप, मधुमेह, हात झम्झमाउने समस्या रहेकोले उपचारका लागी अन्यत्र जानु पर्ने बाध्यता रहने गरेको बताइन ।
आफ्नै गाउँ ठाउँमा निःशुल्क उपचार सेवा पाउँदा सुखी लागेको उनको भनाई थियो । निःशुल्क मुटु स्वास्थ्य शिविरमा १ सय ५ जनाको स्वास्थ्य परीक्षण गरिएकोमा ७९ जनाले ईको र ईसिजी सेवा, ४३ जनाले प्रयोगशाला सेवा र ८४ जनालाई आवश्यक औषधी वितरण गरिएको सरिम हस्पिटल प्रा.लिका सञ्चालक डाक्टर जाबेद अहमदले जानकारी दिए । शिविरमा ६ जना नयाँ मुटु रोगी फेला परेको उनले स्पष्ट पारे ।

शिविरमा गौतमबुद्ध मुटु अस्पताल बुटवलमा कार्यरत मुटु रोग विशेषज्ञ डाक्टर मजहर खान नेतृत्वको स्वास्थ्यकर्मीहरूको टोलीले उपचारको सेवा दिएको थियो । टोलीमा थप दुई मेडिकल अधिकृतहरू डाक्टर खगेश्वर साह र डाक्टर रत्नेश्वर यादव सहितको स्वास्थ्यकर्मी उपचारमा खटिएका थिए । शिविरका मुटु सम्बन्धी समस्याको रूपमा रहेको हर्ट अट्याक, मुटुको भल्बको समस्या, श्वासप्रश्वास सम्बन्धी, रक्तचाप, मधुमेह र चिन्ता लगायतका समस्याका बिरामी उपचारका लागी आएको मुटु रोग विशेषज्ञ डाक्टर मजहर खानले बताए ।

बिरामीलाई मुटु रोगको समयमै उपचार गर्न तथा समयमै लक्षण पहिचान गरी सावधानी अपनाउन सचेत बनाउनका लागी शिविरले सहयोग गरेको सनलाईट सामाजिक विकास केन्द्रका तर्फबाट व्यवस्थापनको भूमिका निर्वाह गरेका मोहम्मद ईरफान मन्सुरीले जानकारी दिए । गरिब र बिपन्न नागरिकलाई शिविर आयोजनाले ठुलो राहत मिलेको उनको भनाई थियो ।
पछिल्लो समय खानपान, व्यायामको व्यवस्थापन नहुँदा मुटु रोगीको सङ्ख्या बढ्दै गएको अवस्थामा वडा र नगरवासीलाई निःशुल्क मुटु रोगको उपचार र सहजताका लागी शिविरको आयोजनामा सहयोग गरिएको कपिलवस्तु नगरपालिका वडा नम्बर १ का अध्यक्ष मोहम्मद जाहिद खाँले बताए । उनले नागरिकको आवश्यकताका आधारमा आगामी दिनमा पनि स्वास्थ्य सेवा प्रदान गर्न वडा कार्यालय सदैव तत्पर रहेको जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?