ट्रेंडिंग:

>> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट

रौनकको शतक र बिपिनको बलिङमा नेपालको फराकिलो जित

१७ असार २०८२, मंगलवार
१७ असार २०८२, मंगलवार

 काठमाडौं ।

एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट प्रतियोगितामा नेपालले भुटानविरुद्ध इतिहास रच्दै समूह चरणको अन्तिम खेलमा २९८ रनको विशाल जित निकालेको छ। ब्याटिङमा रौनक श्रीवास्तवको विस्फोटक प्रदर्शन र बलिङमा कप्तान बिपिन प्रसाद शर्माको घातक बलिङले नेपाललाई फराकिलो जित दिलायो।

टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा ५ विकेट गुमाएर ३५८ रन बनायो। यो प्रतियोगितामा नेपालको दोस्रो ठूलो स्कोर हो। यसअघि नेपालले इन्डोनेसियाविरुद्ध ४२० रन बनाएको थियो।

इनिङको मुख्य आकर्षण बने रौनक श्रीवास्तव, जसले १३२ बलमा १६ चौका र ५ छक्कासहित १६८ रन बनाए। नेपाली यू-१६ इतिहासमै यो अहिलेसम्मकै सबैभन्दा ठूलो व्यक्तिगत स्कोर हो। रौनकले शुरुवाती दुई विकेट चाँडै गुमाएपछि शिवांश बजगाइसँग मिलेर टोलीलाई उकासे। उनीहरूले ९१ रनको साझेदारी गरे। त्यसपछि सुगम बुढाथोकीसँग ७२ रन र अन्तमा जोय थापासँग १७० रनको विशाल साझेदारी गर्दै नेपाललाई बलियो अवस्थामा पुर्‍याए।

जवाफी ब्याटिङमा उत्रिएको भुटान ३२.४ ओभरमै ६० रनमा समेटियो। वर्षा सुरु हुनुअघि नवौं विकेट गुमाइसकेको भुटानको अन्तिम ब्याटर मैदानमा आउन नसक्ने भएपछि खेल सकिएको घोषणा गरियो। कप्तान बिपिन शर्माले १० ओभरमा ७ रन खर्चेर ४ विकेट लिए। सचिन भट्टले पनि किफायती बलिङ गर्दै २ विकेट लिए भने सुयोग भट्टराईले पनि २ विकेट हात पारे।

भुटानका सेजाङ दावाले १४ र उगेन केल्जाङले १० रन बनाए। बाँकी ब्याट्सम्यान नेपाली बलरहरूसामु निरीह देखिए।

यसअघि नेपालले सिंगापुर, जापान र इन्डोनेसियामाथि एकपक्षीय जित निकालेको थियो। चारवटै खेल जित्दै नेपाल समूह ए को शीर्ष स्थानमा रह्यो र सेमिफाइनलमा मलेसियासँग प्रतिस्पर्धा गर्ने भएको छ।

नेपालको यू-१६ टोलीले प्रतियोगिता भरि देखाएको उत्कृष्ट प्रदर्शनले नेपाली क्रिकेटको भविष्य उज्यालो बनाउने विश्वास थप बलियो बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?