ट्रेंडिंग:

>> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण

भैँसी आहाल बस्ने बृजा ताल: पैसा कमाउने माध्यम बन्दै

१ करोड ६७ लाख रुपैयाँको घुम्ती कोषले स्थानीयलाई रोजगारी र आम्दानी गर्ने बाटो खोलिदिएको छ ।
१७ असार २०८२, मंगलवार
१७ असार २०८२, मंगलवार

चन्द्रौटा, १७ असार ।

एक समय भैँसी डुब्ने आहाल मात्र भएको बृजा ताल–अहिले कपिलवस्तुको बुद्ध भूमि नगरपालिका वडा नम्बर–९ मा आशाको जलकुण्ड बन्न थालेको छ । सुन्दर पक्की किनारा, सफा पानी, र पानीमा तैरिरहेका माछाकासँगै छन् । केही किसान, केही युवा: “अब विदेश जाने सोच हटेको छ, गाउँमै भविष्य खोज्न थालेका छौँ ।” बृजा ताल मात्र होइन, बुद्ध भूमि नगरपालिकाका अरू सामुदायिक तालहरू पनि अहिले स्वरोजगार र जीवनयापनको नयाँ केन्द्र बन्दै छन् । १ करोड ६७ लाख रुपैयाँको घुम्ती कोषले स्थानीयलाई रोजगारी र आम्दानीका गर्ने बाटो खोलिदिएको छ ।

बुद्ध भूमि नगरपालिकाले इन्द्रेणी ग्रामीण विकास केन्द्रसँग सहकार्य गरेर समुदायका लागि यो घुम्ती कोष स्थापना गरेको हो । युवा विदेश नपठाई गाउँमै आयआर्जनको स्रोत तयार गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो । नगर प्रमुख केशव कुमार श्रेष्ठले यो योजना आय मात्रै होइन, आत्मसम्मानसँग जोडिएको बताए । उनले भने: “पानी, माछा, ताल—यी सबै स्थानीयको हक हो, अब त्यसलाई रोजगारीमा बदल्ने बेला आएको छ । ताल निर्माण, माछा भुरा, दाना, संरचना—सबैमा कोषको सहयोग पुगेको छ । समुदायले पाँच वर्षभित्र फिर्ता गर्नुपर्ने सर्त छ । र पनि स्थानीयको जोस उच्च छ ।”

१३.२ हेक्टर क्षेत्रफलमा फैलिएको बृजा तालमा हालसम्म ४९ लाख रुपैयाँभन्दा बढी लगानी भइसकेको छ । ताल वरिपरि पक्की संरचना बनाइएको, माछा पालनका लागि भुरा र दाना किनेको छ । हरियाली सामुदायिक वन समूहकी अध्यक्ष मिना थारुले भनिन्ः “हामीले ३१ लाख रुपैयाँ फिर्ता गरिसक्यौं । तर तालको सम्भावना अझै ठुलो छ । स्रोत जुटे भविष्य अझ उज्यालो हुन्छ ।” त्यस्तै तिनघरवा तालमा ३६ लाख, बुड्डी तालमा ३० लाख, र मैटहवा तालमा १६ लाख रुपैयाँ लगानी भएको छ ।

योजनाको उज्यालो पाटोसँगै केही चुनौतीहरू पनि छन् । पानीको स्रोत सुनिश्चित छैन । तालहरूमा बोरिङ नहुनु र वर्षामा भर पर्नु दीर्घकालीन समाधान होइन । जिसस कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले तालहरूले खेतमा सिँचाइ, भूमिगत जल र वन्यजन्तु संरक्षणमा टेवा दिएको बताए । तर तालहरूलाई दीर्घकालीन बनाउन प्रविधिमा लगानी गर्नु आवश्यक रहेको उनले जनाए । त्यस्तै, माछा दाना खरिदमा स्रोतको अभाव उत्पादनमा प्रभाव पारिरहेको छ । डा. प्रवेज आलमका अनुसार दाना समयमै नपुग्दा माछाको वृद्धिमा असर पर्छ, जसले उत्पादन घटाउँछ ।

कार्यक्रम संयोजक सुनिता टण्डनले गाउँमा बसेर आय गर्न सकिन्छ भन्ने उदाहरण बनेको बताइन् । कृषि ज्ञान केन्द्रका प्रमुख भास्कर पौडेलले अनुदान, सहुलियत ऋण र ताललाई व्यावसायिक मोडलमा लैजाने हो भने माछा पालन गाउँको मेरुदण्ड हुन सक्ने बताए । जसले गर्दा स्थानीय स्तरमै रोजगारीको अवसरसँगै आर्थिक रूपमा समेत आत्मनिर्भर हुन सक्ने सम्भावना रहेको उनको भनाइ छ ।

यस घुम्ती कोषको रकम द च्यारीटेबल फाउन्डेसन, अस्ट्रेलियाबाट प्राप्त भएको हो । हालसम्म ११ सयभन्दा बढी घरधुरी यस परियोजनाबाट लाभान्वित भइसकेका छन् । बृजा, तिनघरवा, बुड्डी र मैटहवा ताल—यी अब पानीको भण्डार मात्र होइनन्, आम्दानीका स्रोत पनि हुन् । विदेश जानु नपर्ने विश्वास, गाउँमै सम्भावना खोज्ने आँट बढेको स्थानीय युवा संजय थारुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?