ट्रेंडिंग:

>> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक >> माइतीघर प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाललगायत नियन्त्रणमा >> साना किसान कृषि सहकारी संस्थामा सुनारी अध्यक्ष >> चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु  >> प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ >> सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च >> गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन >> आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन >> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च

गाउँमै पुगेर कानुनको सिकाइ

१७ असार २०८२, मंगलवार
१७ असार २०८२, मंगलवार

नवलपरासी, १७ असार ।

जिल्लाको प्राल्हीनन्दन गाउँपालिकाकी न्यायिक समितिकी सदस्य समेत रहेकी कार्यपालिका सदस्य अनामिका हरिजनले स्थानीय महिला न्यायमा पहुँचका लागि कानुनी सचेतना चलाएकी छिन् । आफ्नो न्यायिक समितिको कार्यबारे जानकारी गराउँदै गाउँ टोलमा पुग्दै कानुनी सचेतना गराउन थालेकी हुन् । स्थानीय जनता तथा महिलाहरूलाई सहज ढङ्गले न्याय पाउन टाढा जान नपर्ने,आफ्नै गाउँपालिकामा न्याय निसाफ पाउने अवस्थाबारे जानकारी गराउन उनी गाउँ टोलमा पुग्ने गरेको बताएकी थिइन । न्यायिक समिति मार्फत कार्यक्रम नै बनाएर उनी ६ वटै वार्डका महिलाहरू सहभागी हुने गरी तिन स्थानमा कानुनी सचेतना चलाइन् । उनले ग्रामीण महिलाको बिचमा पुगेर न्यायिक समितिको कार्य प्रगति तथा न्यायिक समितिको अधिकार क्षेत्रबारे जानकारी गराएको बताइन् ।

उनका अनुसार ग्रामीण भेगका जनतालाई ‘न्यायमा पहुँच कार्यक्रम’ सञ्चालन गरिएको छ । उनी न्यायिक समितिको काम कर्तव्य र अधिकार र जनताले पाउने न्यायिक सेवाबारे जानकारी गराएकी थिइन । यसले न्यायिक समितिमा महिला तथा गरिब विपन्न परिवार न्यायका लागि आउन सहज भई रहेको हुँदा कार्यक्रमलाई निरन्तरता दिइएको हो,उनले भनिन,यो कार्यक्रम प्रत्येक वर्ष नै निरन्तरता दिँदै जाने लक्ष्य रहेको छ ।कार्यपालिका सदस्य तथा न्यायिक समितिका सदस्य हरिजनले न्यायिक समिति कार्यक्रम अन्तरगत नै जनताको न्यायमा पहुँच कार्यक्रम बनाएर कार्यपालिका कार्यालय देखी टाढा रहेका गाउँ तथा अति दुर्गम गाउँमा पुगेर न्यायिक समितिको सेवाबारे जानकारी गराउने अभियान चलाएकी थिन् ।

नेपालको संविधान २०७२ अनुसार गणतन्त्र मार्फत घरदैलोमै सरकार आउनुसँगै सरकारको महत्त्वपूर्ण तेस्रो अङ्ग न्यायपालिका जुन गाउँपालिका सरकारमा न्यायिक समिति मार्फत न्याय सेवा दिँदै आएको बताएकी थिइन् । फौजदारी प्रकृतिका मुद्दा बाहेक धेरै जसो न्याय सेवाका लागि प्रहरी कार्यालय जानु नपर्ने समेत उनले बताएकी थिइन् ।
गाउँपालिकाको न्यायिक समितिमा मेलमिलाप कर्ता मार्फत पहिलो प्राथमिकतामा मेलमिलापका मार्फत न्यायको अनुभूति गराउने बारे उनले प्रतिबद्धता जनाएकी थिइन् ।

अहिले पनि सामान्य विवाद पनि जिल्ला अदालत पुर्‍याउने वा प्रहरीमा पठाएर जनतालाई हैरानी हुने हुँदा सरकारवादी मुद्दा बाहेकका विवाद गाउँपालिकाकै न्यायिक समिति मार्फत छिनोफानो गर्न सक्ने उनको भनाई थियो । न्यायिक समितिले दुवै पक्षलाई छलफल र वार्ता मार्फत नै महसुस गराई सन्तुष्टि र सुखको अनुभूति गराउने कार्यमा अग्रसर रहेको छ । समाजका सामान्य वादविवाद त हुन्छ नै,उनले भनिन्,तर सामान्य विवादलाई पनि प्रारम्भ मै प्रहरी कार्यालय र जिल्ला अदालतमा पुर्‍याइयो भन्ने इगोको विषय पनि बन्न सक्छ,त्यसले जटिलता र खर्चिलो पनि बनाई दिन्छ ।

तर विवादलाई न्यायिक समितिमा ल्याउन सकियो भन्ने मेलमिलापको माध्यमले दुबैलाई जित जितको अवस्थामा पुर्‍याई विवाद टुगँयाउने गरिएको छ । यसले गर्दा उहीँ समाजमा बस्ने आम जनसमुदायलाई पुनः समाजमा बस्ने,सहअस्तित्वको अनुभूति हुने खालका अवस्था हुने गरेको समेत जानकारी गराएकी थिइन् । ती सेवा लिनका लागि आवश्यक प्रक्रिया पुरा गरी न्यायिक समितिमा आउन सक्ने जनतालाई शसक्त र जागरूक बनाउने यो न्यायमा पहुँच अभियानको लक्ष्य रहेको छ । संविधान र कानुनमा मात्रै उल्लेख गरेर पुग्दैन यसका लागि गाउँ गाउँमा जनतालाई जानकारी पनि हुनु पर्छ । त्यसैले अहिले यो कार्यक्रम ल्याइएको उनले सुनाएकी थिइन् । कार्यक्रममा सहजीकरण पत्रकार बेचूँ गौड र हुसेन अन्सारी लगायतले गरेका थिए ।

स्थानीय तह सञ्चालन ऐन २०७४ को परिच्छेद ८ को दफा ४७ को उपदफा १,२ र ३ सँग सम्बन्धित दफा ४७ को २ न्यायिक समितिको अधिकार क्षेत्र पर्छ । त्यसमा न्यायिक समितिले मेलमिलापको माध्यमबाट विवाद निरूपण गर्न सक्ने अधिकार उल्लेख गरेको छ । जस्समा सरकारी,सार्वजनिक वा सामुदायिक बाहेक एकको जग्गा आर्कोले चापी,मिची वा घुसाई खाएको,सरकारी सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको,पति पत्नीको बिचको सम्बन्ध विच्छेद रहेको छ ।

अङ्गभङ्ग बाहेकको बढीमा एक वर्षसम्म कैद हुन सक्ने कुटपिट,गाली बेइज्जती,लुटपिट,पशुपक्षी छाडा छाडेको वा पशुपक्षी राख्दा वा पाल्दा लापरबाही गरी अरूलाई असर पारेको विवाद पर्छ । त्यसै गरी अरूको आवासमा अनधिकृत प्रवेश गरेको,अर्काको भोगमा रहेको जग्गा आबाद वा भोग चलन गरेको,ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्‍याएको,प्रचलित कानुन बमोजिम मेलमिलाप हुन सक्ने ब्यक्ति वादी भई दायर हुने अन्य देवानी र एक वर्षसम्म कैद हुन सक्ने फौजदारी विवादलाई हेर्न सक्ने छ,तर त्यसै दफाको उपदफा (२) बमोजिमको विवादको सम्बन्धमा पक्षले चाहेमा सिधै अदालतमा मुद्दा दायर गर्नमा बाधा पर्ने छैन भनेर समेत उल्लेख छ ।

त्यसैगरि न्यायिक समितिलाई दफा ४७ को १ बमोजिम आलीधुर,बाँध पैनी,कुलो वा पानीघाटको बाडफाड तथा उपयोग,अर्काको बाली नोक्सानी गरेको, चरन घाँस, दाउरा, ज्याला मजदुरी नदिएको, घरपालुवा पशुपक्षी हराएको वा पाएको, ज्येष्ठ नागरिकको पालनपोषण तथा हेरचाह नगरेको, नाबालक छोराछोरी वा पति पत्नीलाई इज्जत आमादका साथ खान लाउन वा शिक्षा दिक्षा नदिएको, वार्षिक २५ लाखसम्मको बिगो भएको घर बहाल र घरबहाल सुविधा,अन्य ब्यक्तिको घर,जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको आफ्नो घरवा कलेसीबाट अर्काको घर, जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धित विवादहरू पर्छ ।

त्यसै गरी सधियार जग्गा तर्फझ्याल राखी घर बनाउनु पर्दा कानुन बमोजिम छोडिनु पर्ने परिमाणको जग्गा नछोडी बनाएको,कसैको हक वा स्वामित्वमा भए पनि परापुर्वकाल देखी सार्वजनिक रूपमा प्रयोग हुँदै आएको, बाटो बस्तुभाउ निकाल्ने निकास, बस्तु भाउ चराउने चौर, कुलो, नहर, पोखरी, पाटी पौवा, अन्त्येष्टि, धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्‍याएको र सङ्घीय तथा प्रदेश कानुनले स्थानीय तहबाट निरूपण हुन सक्ने भनी तोकेको अन्य विवाद न्यायिक समितिले हेर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?