Butwal Today

कपिलवस्तुका पशुपालक कृषकहरुलाई हाते च्पापकटर मेसिन

१७ असार २०८२, मंगलवार
अ+
अ-

कपिलवस्तु, १७ असार ।

कपिलवस्तुको यशोधरा गाउँपालिकाका पशुपालक कृषकहरुलाई हाते च्पापकटर मेसिन प्रदान गरिएको छ ।

गाउँपालिकाको कार्यालय वैदौली कपिलवस्तु पशु सेवा शाखा मार्फत पशुको वृत्ति विकास तथा उत्पादन क्षमतालाई मध्यनजर गरी पालिकाभित्रका १ देखि ८ वटै वडाका पशुपालक कृषकहरुलाई हाते च्यापकटर मेसिन वितरण गरिएको हो ।

जम्मा विनियोजित बजेटक ६ लाख को परिधि भित्र च्यापकटर मेसीन खरीद भएको थियो । कार्यक्रममा गाउँपालिका प्रमुख शिवदयाल तिवारी, उपप्रमुख गुंजा देवी मौर्य, प्रमुख प्रशासकीय अधिकृत ऋषिभ देव खनाल, कार्यक्रम संयोजक रामकिशोर बरई (उर्फ पप्पू) पशु शाखा अधिकृत दिपक प्रजापति मार्फत ४० जना पशुपालक कृषकहरुलाई चापकटर मेसिन प्रदान गरिएको छ