ट्रेंडिंग:

>> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा

सहसम्पादक श्रेष्ठ खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारबाट सम्मानित

१६ असार २०८२, सोमबार
१६ असार २०८२, सोमबार

बुटवल, १६ असार ।

बुटवल टुडे डटकमका सहसम्पादक स्वस्तिक श्रेष्ठ खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारबाट सम्मानित भएका छन् ।

नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयले आर्थिक वर्ष २०८१/०८२ मा खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार (लुम्बिनी प्रदेश) बाट श्रेष्ठलाई छनौट गरी पुरस्कृत गरेको हो । पुरस्कारको राशी नगद रु २५ हजार र सम्मानपत्र रहेको छ ।

युवा तथा खेलकुद मन्त्रालय सिंहदरबारमा सोमबार युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र मन्त्रालयका सचिव हरिप्रसाद लम्सालले सहसम्पादक श्रेष्ठलाई नगदसहित सम्मान गरेका हुन् । श्रेष्ठ साढे दुई दशकदेखि बुटवललाई कर्मथलो बनाएर पत्रकारितामा क्रियाशिल छन् भने तीन वर्षदेखि बुटवल टुडे डटकममा कार्यरत छन् ।

कार्यक्रममा ६ जना खेलाडी, प्रशिक्षक, निर्णायका र चिकित्सक तथा १० जना खेल पत्रकार पनि सम्मानित भएका छन् । खेलाडी, प्रशिक्षक, निर्णायक र चिकित्सकलाई सम्मानपत्रसहित जनही एक लाख रुपियाँ प्रदान गरियो ।

सम्मानित हुने खेलाडीमा पारा तेक्वान्दोका भरतसिंह महता, तेक्वान्दोका प्रेमबहादुर लिम्बू, तेक्वान्दोकै वीरबहादुर महरा, कबड्डीका अनुजा कुलुङ राई र मानमती विष्ट तथा फुटबलतर्फ दिपा शाही छन् ।

यस्तै तेक्वान्दो प्रशिक्षक कविराज नेगी, बक्सिङ निर्णायक धनकुमार मैनाली र चिकित्सक राजु डंगोल महर्जनलाई पनि सम्मान गरिएको छ ।

सम्मानित अन्य पत्रकारहरूमा मुकुन्द घिमिरे (कोशी), शरद चन्द्र भट्टराई (मधेश), विक्रम कुमार बानियाँ (बागमती), दिनानाथ बराल (गण्डकी), दिनेश कुमार बुढा (कर्णाली), दिनेशबहादुर विष्ट (सुदूरपश्चिम), नमिता दाहाल (समावेशी महिला) र रुपा गहतराज (समावेशी) छन् ।

उक्त कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद नीति–२०८२ पनि सार्वजनिक गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?