© 2026
गुल्मी, १६ असार ।
गएराति परेको वर्षाका कारण पहिरो जाँदा गुल्मीको रिडी–वामीटक्सार सडकखण्ड अवरुद्ध वनेको छ । उक्त सडकखण्ड अन्तरगत चन्द्रकोट गाउँपालिका –८ र मुसिकोट नगरपािलका –५ को सिमाना नजिकै तल्लो फाँटमा आज बिहान सडक माथिबाट पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध बनेको हो ।
सडक अवरुद्ध बनेपछि सडक सुचारु गर्नका लागि स्थानीय मजुवा प्रहरी चौकीबाट प्रहरी सहायक निरिक्षक शिवधन प्रसाद कठरियाको नेतृत्वमा प्रहरी टोली पहिरो गएको स्थानमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक गंगा बहादुर सारुले जानकारी दिएका छन ।
उक्त ठाउँमा अहिले जेसिबीको माध्यमबाट सडकमा खसेको पहिरो पन्छाउने काम भैरहेको सारुले बताए । सडक अबरुद्ध हुँदा वामीटक्सारबाट रिडीहुँदै पाल्पा र बुटवलसम्म जाने सवारी साधनहरु बिच बाटोमा रोकिएका छन । उक्त सडक जिल्लामा सबै भन्दा धेरै सवारी साधनहरु सञ्चालनहुने सडक अन्तरगत पर्दछ ।