Butwal Today

विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन शिक्षामन्त्री पन्त सानेपा पुगे

१६ असार २०८२, सोमबार
अ+
अ-

काठमाडौँ, १६ असार ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न सोमबार दिउँसो सानेपा पुगेका छन्। विद्यालय शिक्षा विधेयकप्रति नेपाल शिक्षक महासङ्घले असहमति जनाएपछि मन्त्री पन्त कांग्रेस नेतृत्वसँग छलफल गर्न देउवासँग भेट गरेका हुन्।

यसअघि असार १५ भित्र विधेयक प्रतिनिधिसभाबाट पारित गर्ने सहमति नेपाली कांग्रेस र नेकपा एमालेका प्रमुख सचेतकहरू तथा शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिबीच भइसकेको थियो। तर, शिक्षक महासंघसँग सहमति नजुटेपछि विधेयक संसदमा पेश नै हुन सकेको छैन।

विधेयक अघि बढाउने सरकारको प्रयासमा हालसम्म शिक्षक पक्षको समर्थन नपुगेकोले मन्त्री पन्तले राजनीतिक तहबाट सहमतिको बाटो खोज्न कांग्रेस नेतृत्वसँग संवाद गरेका हुन्। देउवासँगको भेटपछि सरकारले शिक्षक महासङ्घका माग सम्बोधन गर्न नयाँ रणनीति लिने वा नलिने भन्ने टुंगो लाग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?