ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

वडाको सहयोगमा १०५ जनालाई मुटुरोग उपचार

१६ असार २०८२, सोमबार
१६ असार २०८२, सोमबार

कपिलवस्तु, १६ असार ।

कपिलवस्तु नगरपालिकाका १ सय ५ जना नागरिकले मुटुरोगको निशुल्क उपचार पाएका छन् । कपिलवस्तु नगरपालिका वडा नम्बर १ को आर्थिक सहयोग र सरिम हस्पिटल प्रा.लि.को प्राबिधिक सहयोगमा सनलाईट सामाजिक बिकास केन्द्र कपिलवस्तु न.पा. ८ ले हस्पिटलमा आयोजना गरेको एक दिने मुटु सम्बन्धी स्वास्थ्य शिविरमा सो संख्याका बिरामीले उपचार सेवा लिएका हुन् ।

शिविरमा बिरामीहरुलाई निशुल्क परीक्षण, मुटुरोग उपचारबारे परामर्श, प्रयोगशाला, इसिजी, ईको र आवश्यकता अनुसारको औषधी निशुल्क उपलब्ध गराइएको हो । शिविरमा उपचारका लागि आएका कपिलवस्तु नगरपालिका १ का बिरामी मोहम्मद रियाजले आफुहरुले बुटवल पुगेर सशुल्क लिने उपचार सेवा टोल छिमेकमै शिविर मार्फत पाएकोमा खुसी लागेको बताए । सोही वडाकी हबिबुन निसाले आफुलाई मुटु, रक्तचाप, मधुमेह, हात झम्झमाउने समस्या रहेकोले उपचारका लागी अन्यत्र जानु पर्ने बाध्यता रहने गरेको बताइन् ।

आफ्नै गाउँ ठाँउमा निशुल्क उपचार सेवा पाउदाँ सुखी लागेको उनको भनाई थियो । निशुल्क मुटु स्वास्थ्य शिवीरमा १ सय ५ जनाको स्वास्थ्य परिक्षण गरिएकोमा ७९ जनाले ईको र ईसिजी सेवा, ४३ जनाले प्रयोगशाला सेवा र ८४ जनालाई आवश्यक औषधी बितरण गरिएको सरिम हस्पिटल प्रा.लिका सञ्चालक डाक्टर जाबेद अहमदले जानकारी दिए । शिवीरमा ६ जना नयाँ मुटु रोगी फेला परेको उनले स्पष्ट पारे ।

शिविरमा गौतमबुद्ध मुटु अस्पताल बुटवलमा कार्यरत मुटुरोग विशेषज्ञ डाक्टर मजहर खान नेतृत्वको स्वास्थ्यकर्मीहरुको टोलीले उपचारको सेवा दिएको थियो । टोलीमा थप दुई मेडिकल अधिकृतहरु डाक्टर खगेश्वर साह र डाक्टर रत्नेश्वर यादव सहितको स्वास्थ्यकर्मी उपाचारमा खटिएका थिए ।

शिविरका मुटु सम्बन्धी समस्याको रुपमा रहेको हर्ट अट्याक, मुटुको भल्वको समस्या, श्वाशप्रश्वास सम्बन्धी, रक्तचाप, मधुमेह र चिन्ता लगायतका समस्याका बिरामी उपचारका लागि आएको मुटुरोग बिशेषज्ञ डाक्टर मजहर खानले बताए । बिरामीलाई मुटु रोगको समयमै उपचार गर्न तथा समयमै लक्षण पहिचान गरी साबधानी अपनाउन सचेत बनाउनका लागि शिवीरले सहयोग गरेको सनलाईट सामाजिक बिकास केन्द्रका तर्फबाट व्यवस्थापनको भुमिका निर्वाह गरेका मोहम्मद ईरफान मन्सुरीले जानकारी दिए ।

गरिब र विपन्न नागरिकलाई शिविर आयोजनाले ठुलो राहत मिलेको उनको भनाई थियो । पछिल्लो समय खानपान, व्यायामको व्यवस्थापन नहुँदा मुटुरोगीको संख्या बढ्दै गएको अवस्थामा वडा र नगरबासीलाई निशुल्क मुटुरोगको उपचार र सहजताका लागि शिविरको आयोजनामा सहयोग गरिएको कपिलवस्तु नगरपालिका वडा नम्बर १ का अध्यक्ष मोहम्मद जाहिद खाँले बताए । उनले नागरिकको आवश्यकताका आधारमा आगामी दिनमा पनि स्वास्थ्य सेवा प्रदान गर्न वडा कार्यालय सदैव तत्पर रहेको जनाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?