ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

मनसुन अवधिमा सावधानी जरुरी 

१६ असार २०८२, सोमबार
१६ असार २०८२, सोमबार

केही दिनदेखि नेपालमा मनसुन सक्रिय हुँदै गर्दा देशका अधिकांश स्थानमा भारी वर्षा हुने क्रम सुरु भैसकेको छ । भारी वर्षाका कारण प्राकृतिक प्रकोपको जोखिम बढ्दै गएको छ । देशका विभिन्न स्थानमा बाढी पहिरोले निम्त्याउने जोखिमको खतरा पनि बढ्दो छ । यही वर्षाको बेला बेला दुर्घटनाका घटना बढेका छन् । खास गरी प्रकोपजन्य दुर्घटनाका कारण जनधनको क्षति हुन थालेको छ । प्रदेश ट्राफिक कार्यालयका बुटवलका अनुसार वर्षाले निम्त्याउने प्राकृतिक प्रकोप र चाडपर्वकै बेला सवारी दुर्घटना बढी हुने गरेका छन् ।

यस्ता दुर्घटनाहरूलाई हेर्ने हो भने देशभर यो तथ्याङ्क कैयौँ गुणाले बढी हुनसक्छ । सवारी दुर्घटनाको अवस्थालाई हेर्ने हो भने अधिकांश दुर्घटना हलुका सवारी साधनबाट भएको देखिन्छ । ठुला सवारी साधनभन्दा पनि हलुका सवारी साधनमा मोटरसाइकल चालकको दुर्घटना बढी रहेको र क्षतिसमेत यस्ता सवारीसाधन दुर्घटनामा बढी भएको पाइन्छ । बदलिँदो समय अनुसार सुविधा प्रयोग गर्नु त्यसलाई स्वाभाविकै मान्नुपर्छ तर सही तरिकाले सदुपयोग गर्न नसक्दा यस्ता दुर्घटनाको सङ्ख्यामा वृद्धि भएको देखिएको छ ।

वर्षाको समयमा हुने दुर्घटनाले ठुलो क्षति पु¥याउने गरेको छ । बाटो चिप्लो हुने, पहाडी क्षेत्रमा पहिरो सवारीका साधनमाथि खस्ने, खाल्डाखुल्डीमा जमेको पानी नदेखेर बढी दुर्घटना हुने गरेको छ । पानी परेकै अवस्थामा गाडीको ब्रेकले समेत काम नगरेको अवस्था देखिन्छ । खासगरि सवारी साधन चलाउँदा चालकको लापरबाही, मादक पदार्थ सेवन गरेर सवारी हाँक्नु, ट्राफिक नियम कानुनको अधिकांशले जानीजानी दुरुपयोग गर्नु, क्षमताभन्दा बढी यात्रु राखेर सवारी चलाउनु जस्ता कारणले बर्षामासमा दुर्घटना बढेको छ । यसर्थ चाडपर्वको समयमा हुने सवारी दुर्घटनाका बीभत्स घटना रोक्न आगामी दिनमा सवारी सञ्चालक, प्रहरी प्रशासन र स्वयं सरकारसमेत आ–आफ्नो ठाउँबाट दुर्घटना न्यूनीकरण गर्नेतर्फ जिम्मेवार ढङ्गले लाग्न अति जरुरी छ । त्यसैले सवारी दुर्घटनाका यस्ता बीभत्स घटना न्यूनीकरण गर्न हामी सबै आफ्नो ठाउँबाट जिम्मेवार हुनु जरुरी छ । दुर्घटनाको बढ्दो जोखिमलाई कम गर्नै पर्दछ ।

दुर्घटनाकै कारण कसैको घरमा आँसु बग्ने र कसैको घरमा खुसीयालीको रौनक छाउने हुनुहुँदैन । त्यस कारण सडकसँग सम्बन्धित सबैले यस विषयमा चनाखो भएर दुर्घटना न्यूनीकरणमा सचेत बन्नुपर्दछ । खास गरी प्राकृतिक प्रकोपको अहिलेको अवस्थामा चनाखो बन्नु जरुरी छ । अनि मात्र दुर्घटना नियन्त्रणमा मद्दत पुग्छ । मनसुन सक्रिय भएको ठिक यही बेला प्राकृतिक प्रकोपको जोखिमको अवस्था छ । तसर्थ अहिले सवारी साधन चलाउँदा बढी सावधानीको खाँचो छ । देशका विभिन्न स्थानमा बाढी पहिरो र त्यसले पु¥याएको विस्थापनको खतरा पनि बढ्दो छ । प्रकोपको बेला स्वाभाविक रूपमा दुर्घटनाका घटना बढेका छन् । खास गरी प्रकोपजन्य दुर्घटनाका कारण जनधनको क्षति भएको छ । यो वर्षको प्रकोपजन्य घटना बाढी, पहिरो र चट्याङका कारण अहिलेसम्म दुई दर्जन बढीको मृत्यु भएको छ ।

पहाडी क्षेत्रमा पहिरो गएर घर नै पुरिएको अवस्था छ । त्यसबाट हरेक वर्ष ठुलो मानवीय क्षति हुँदै आएको छ । त्यसो त पहाडमा पहिरो र तराईमा बाढी हरेक बर्षायामको नियति नै हो । असारको पहिलो साताबाटै उत्पन्न प्राकृतिक प्रकोपले पहाड र तराईमा पहिरो र डुबान तथा बाढीको समस्या देखिएपछि फेरी एक पटक प्रभावितहरूको व्यवस्थापनको चुनौती थपिएको छ । मानिसको बाँच्न पाउने हक सबैभन्दा ठुलो अधिकार हो तर मानिस आफ्नै लापरबाहीले प्राकृतिक प्रकोपको सिकार भइरहेको छ । असार महिना आधा पनि नहुँदै बाढी र पहिरोमा परि कैयौँले ज्यान गुमाउन बाध्य भएका छन् । बाढी र पहिरो हरेक वर्षा यामको नियमित प्रक्रिया हो । अबको दिन अझै कष्टकर र चुनौतीको हुने निश्चित छ । किनभने धेरै पानी पर्ने दिन आउनै बाँकी भएकोले पूर्व सावधानीमा ध्यान जाओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?