© २०२३
पाल्पा, १६ असार ।
गत वर्ष धान रोपाइँ गरेको भोलि नै विनाशकारी बाढीले खेतीयोग्य जमिन बगरमा परिणत गरिदियो । असारको तेस्रो हप्तामा आएको बाढीले करिब ५ सय रोपनीमा लगाएको धान बाली नै नष्ट भयो । यस वर्ष गत वर्ष जस्तै नोक्सानी बेहोर्न नपरोस् भनेर कृषकहरूले माडी फाटमा धान रोपाइँ लाग्दै असार बाट सुरुवात गरेको तानसेन नगर दम कडाका बुद्धराज बस्याल बताउँछन् । सामान्य बाढीले बोट हरियो भएपछि क्षति कम गर्ने भएका कारण गत वर्षको अनुभव बटाएका कारण माडी फाटमा ८० प्रतिशत भन्दा माथि रोपाइँ भएको कृषि ज्ञान केन्द्रका प्राविधिकहरू बताउँछन् ।
जिल्लाको सबैभन्दा बढी क्षेत्रफल भएको र सबै भन्दा ठुलो फाट भनिने माडी फाँटमा ८० प्रतिशत रोपाइँ हुँदा अर्गली, रामपुर, पूर्व खोला, कचल सर्देवा जस्ता फाँटहरूमा कृषकहरूले मकै खेती गरेका कारण रोपाइँ ढिलो भएको कृषि ज्ञान केन्द्रका प्रमुख अरविन्द त्रिपाठीले बताए । गत वर्ष तिनाउ खोला पसेर ठुलो नोक्सानी ग¥यो । यस वर्ष दिनहुँ जसो हल्ला बर्साद हुँदा समय मै ब्याड राख्न सकियो । आकासे पानीको भल छोपेर रोपाइँ गरेको वगनासकाली गाउँपालिका पोखरा थोकका खुम बहादुर सारू बताउँछन् ।
रामपुर, अर्गली फाटहरूमा परापूर्व कालदेखि नै खोलाको पानी कुलो मार्फत सिँचाइको व्यवस्था भएका कारण अन्य वालीलाई पनि सिचाई गर्न सजिलो हुने गरेको छ । जिल्ला कै सबैभन्दा ठुलो भनिने माडी फाँटमा सिँचाइको मुख्य श्रोत भनेको तिनाउ खोला हो । यहाँ सिँचाइको दिगो व्यवस्था नहुँदा कहिले जल्याम र कहिले खडेरी हुने गर्दछ । यहाँको कयौँ हेक्टर जमिनमा वर्षमा एक वाली धान मात्र उत्पादन हुने स्थानीय कृषकहरू बताउँछन् ।