ट्रेंडिंग:

>> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य

निगरानी भए सहकारीको बचत सुरक्षित

१६ असार २०८२, सोमबार
१६ असार २०८२, सोमबार

बुटवल,  १६ असार । 

बुटवल उपमहानगरपालिकाकी सुनिता श्रेष्ठ उमेरले ४० वर्षकी भइन । उनले करिब १५ वर्ष अघिबाट स्थानीय सहकारी संस्थाहरूमा बचत गरिरहेकी छन् । स्थानीय अस्पतालमा काम गर्ने उनले तलबको केही रकम आफ्नो खर्चका लागि छुट्टाउने र त्यसलाई बचतको रूपमा सहकारी संस्थामा जम्मा गर्ने गरेको बताइन् । पछिल्लो पटक धेरै सहकारी संस्थाहरू बचत रकम हिनामिना गरेर भाग्ने गरेको सुन्दा उनलाई डर लाग्न थालेको छ । कतै आफूले पनि खाई नखाई जम्मा गरेको पैसा पनि डुब्छ की भन्ने । उनले कुनै सहकारीमा एक हजार रुपियाँ त कतै पाँच सय रुपैैयाँका दरले चार वटा सहकारी संस्थामा बचत गर्ने गरी छन् । उनी भन्छिन्–‘कुन सहकारीमा कति पैसा भएको छ थाहा छैन । कहिले काही आफूलाई चाहिए ऋण पनि ल्याएर चलाएको छु । पैसाको गर्जो पनि टरेको छ ।’

तिलोत्तमा  नगरपालिका ३० वर्षकी मनु केसीले सानै उमेरबाट नै सहकारीमा पैसा बचत सुरु गरेकी बताइन । पहिले पहिले आमाले सहकारीमा थोरै–थोरै बचत गरिदिनु भयो त्यही सिकाइबाट मैले पनि आफूले जागिरसँगै बचत थालेकी हुँ । तर पछिल्ला केही घटना क्रमहरू सुन्दा र देख्दा अहिले बचत गर्ने मनसायमा नै छैन । कसरी हुन्छ बचत फिर्ता मागिरहेकी छु । पहिले मैले साना ठुला बचत गरे महिनामा १० हजार रुपियाँ बचत गर्दथे तर आजभोलि त्यही पैसा गुम्ने डरले बचत गर्ने छाडिदिए ।

सहकारी संस्थाको बचत हिनामिनाका घटनाले बचतकर्तामा शङ्का उब्जाइदिएको छ । सैन मैना नगरपालिकाकी सितादेवी चापागाईँ भन्छिन्, मैले चार वटा सहकारीमा जम्मा गरेकी छु । बुहारीको छोरीको पनि छ । सहकारी संस्थाले मनपरी गरे भने हामीले खाई नखाई जम्मा गरेको के काम भयो र ? यसरी सदस्यहरूको पैसा हिनामिना गर्नेलाई सरकारले कडा सजाय गर्नुपर्छ चापागाईँको माग छ ।

बचत तथा ऋण सहकारी सङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद नेपालले समुदायमा आधारित सहकारीमा कुनै समस्या नभएको बताए । उनले सङ्घीय सरकार र प्रदेश सरकारले दर्ता गरेका र रुपन्देहीमा आएर मुख्य कार्यालय रहेको सहकारीहरूले सदस्यहरूको रकम हिनामिना गरेर भागेको बताए । नेपालका अनुसार रुपन्देहीमा सङ्घ सरकारमा दर्ता रहेको शिव शिखर सहकारी संस्था र प्रदेश सरकारमा दर्ता भएका आयाम बहुउद्देश्यीय सहकारी संस्था ली, सुनौलो बहुउद्देश्यीय सहकारी संस्था, मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्था ली, साइन बहुउद्देश्यीय सहकारी संस्था ली, सार्थक बहुउद्देश्यीय सहकारी संस्था, मञ्जु श्री बहुउद्देश्यीय सहकारी संस्था ली ले सदस्यको बचत हिनामिना गरेको पाइएको छ ।

त्यसै गरी विश्व विराट बहु उद्देश्य सहकारी संस्था, सत्यदिप बहुउद्देश्यीय सहकारी संस्था, उपकार बहुउद्देश्यीय सहकारी संस्था, उपदेश बहुउद्देश्यीय सहकारी संस्था, स्टार बहुउद्देश्यीय सहकारी संस्था र केही दिन अघि मात्रै बुटवलको देविनगरमा मुख्य कार्यालय रहेको सनसाईन बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यहरूको रकम हिनामिना गरेको छ । अहिले सम्म रुपन्देही जिल्लामा मुख्य कार्यालय रहेका सङ्घमा दर्ता भएको एउटा बाँकी १२ वटा सहकारी संस्था सदस्यको रकम हिनामिना गरेर भागेको अध्यक्ष नेपालले बताए ।

तीनै तहलाई अधिकार दिए पनि सङ्घ सरकार र प्रदेश सरकारले आफू मातहतमा दर्ता भएका सहकारीलाई प्रभावकारी रूपमा अनुगमन गर्न नसक्दा समस्या भएको नेपालको भनाइ छ । तर स्थानीय तहमा दर्ता भएको सहकारी संस्थामा समस्या नभएको नेपाल तर्क गर्छन् उनले भने । सरकारले कानुन मात्रै बनाएर पुग्दैन कार्यान्वयन हुन सकेन भने समस्या सृजना हुन्छ भन्ने उदाहरण पछिल्लो समयमा भागेका सहकारीहरूलाई लिन सकिन्छ । प्रदेश सरकार अन्तर्गत अहिले सम्म १ सय ३० सहकारी संस्था दर्ता गरेका छन् त्यति पनि सहकारीको बलियो रूपमा अनुगम हुन नसक्नु दुःखद पक्ष हो नेपाल भन्छन् ।

रुपन्देहीको मणिग्राममा रहेको सबैको सहकारी संस्थालिका अध्यक्ष भरत भुसालले सहकारीलाई बलियो बनाउन एकल अधिकार नै राम्रो हुने तर्क गर्दछन् । ऐनहरू तीनै तहमा हुँदा कार्यान्वयन र अनुगमनमा समस्या रहेको छ । सरकारका जुन निकाय भए पनि अलि बलियो निगरानीका साथमा काम गर्ने हो समस्या हुँदैन । यहाँ त स्थानीय तहले प्रदेश र सङ्घमा दर्ता भएका सहकारीलाई अनुगमन नगर्दा पनि समस्या भएको हो । उता प्रदेश सरकारसँग सहकारी दर्ता गर्ने अनुगमन र नियमन गर्नलाई पर्याप्त स्रोत साधन छैन । कर्मचारी अभाव छ त्यसैले नियमित रूपमा अनुगमन छैन त्यसैको फाइदा लिँदै सहकारी सञ्चालकहरूले धेरै गरिवका पैसा खाएर भागिरहेका छन् ।

कसले कारबाही गर्ने भन्ने सम्मको अवस्था छैन । उनले सदस्यले सहकारी संस्था रोज्दा सहकारीको व्यवस्थापन पक्षलाई ध्यान दिनुपर्छ । त्यसै गरी संस्थाको वित्तीय सूचकहरू कस्तो छ । संस्थाले कस्तो क्षेत्रमा लगानी गरेको छ भन्ने विषयलाई ध्यान दिएर सहकारी संस्था रोज्ने हो भने आफूले गरेको बचत सुरक्षित हुने उनको भनाइ छ । सहकारी संस्थाले सहकारी ऐन भन्दा बाहिर गएर लगानी गरेको छैन भने सहकारी संस्था बलियो हुन्छ भुसालले भने । गाउँ गाउँमा सहकारी घरघरमा भकारी भन्ने उद्देश्य सहित धेरै सहकारीहरू सञ्चालनमा आएका थिए । सहकारी संस्थामा बचत गर्ने र ऋण लिएर पेसा व्यवसाय गर्नेहरूको सङ्ख्या पनि धेरै छ । तर पछिल्लो समयका केही सहकारी संस्थाले सदस्यले जम्मा गरेको बचत फिर्ता समेत दिन सकिरहेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?