ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो

नागार्जुनका मेयर मोहन बस्नेतलाई ८ वर्ष ३ महिना कैद : तत्काल कारागार बस्नु नपर्ने

१६ असार २०८२, सोमबार
१६ असार २०८२, सोमबार

काठमाडौँ ।

काठमाडौँको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतले बस्नेतसहित चार प्रतिवादीलाई सोमबार सजाय पनि सुनाएको छ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले बस्नेतलाई भ्रष्टाचार मुद्दामा ८ वर्ष कैद तोकेको छ। सरकारी ओहोदामा रहेर भ्रष्टाचारजस्तो अपराध गरेको भन्दै अदालतले बस्नेतलाई थप ३ महिना कैद हुने फैसला सुनाएको छ। यो दुवै जोड्दा ८ वर्ष ३ महिना भ्रष्टाचारको कसुरमा मात्र सजाय हुने भएको छ।

भ्रष्टाचार मुद्दामा बस्नेतसहित पद्मा कोलोनी प्रालि, पद्मा मर्चेन्ट कम्पनी र सो कम्पनीका अध्यक्ष राजुप्रसाद कँडेललाई प्रतिवादी बनाइएको थियो। चारै प्रतिवादीमाथि भ्रष्टाचार मुद्दामा ९ करोड २२ लाख ४६ हजार रुपैयाँ घुस लेनदेन गरेको आरोप थियो।

अदालतले बस्नेत र कँडेललाई जनही २ करोड ३० लाख ६१ हजार रुपैयाँका दरले जरिवाना तोकेको छ। पद्मा कोलोनी प्रालि र पद्मा मर्चेन्ट कम्पनीको तर्फबाट पनि त्यति नै जरिवाना बुझाउनुपर्नेछ।

फैसलाअनुसार, बस्नेतले थप १ करोड ५ लाख १ हजार रुपैयाँ क्षतिपूर्ति शुल्क पीडित राहत कोषमा दाखिला गर्नुपर्नेछ।

पद्मा कोलोनी प्रालि, पद्मा मर्चेन्ट कम्पनी प्रालि र सो कम्पनीका अध्यक्ष राजुप्रसाद कँडेलले ९ लाख २२ हजार ४६० रुपैयाँ क्षतिपूर्ति शुल्क पीडित राहत कोषमा दाखिला गर्नुपर्ने अदालतको ठहर छ।

नागार्जुन नगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट लगातार २ पटक मेयर भएका बस्नेतमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नै जग्गा कारोबारीसँग ‘आपराधिक साँठगाँठ’ देखिएको भन्दै सम्पत्ति शुद्धीकरणको मुद्दा पनि चलाएको थियो। उक्त कसुरमा पनि मेयर बस्नेत दोषी ठहर भएका छन्।

सम्पत्ति शुद्धीकरणको मुद्दामा बस्नेतलाई १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँ ३३ पैसा बिगो दाबी गरिएको थियो। उनलाई बिगोको दोब्बर २६ करोड २५ लाख ४६ हजार रुपैयाँ जरिवाना भराउने फैसला भएको छ।

यस्तै ३ वर्ष ३ महिना १८ दिन कैद सजाय हुने ठहर भएको छ। सम्पत्ति शुद्धीकरणमा ३ वर्ष कैदको फैसला गरेको अदालतले राष्ट्रसेवकलाई हुने अतिरिक्त १० प्रतिशत थप सजाय हुने भनेको छ। जसअनुसार, थप ३ महिना १८ हुन्छ।

भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण दुवै कसुरको सजाय जोड्दा ११ वर्ष ८ महिना १८ दिन हुन्छ।

मेयर बस्नेतले गैरकानुनी रूपमा कमाएको सम्पत्ति जफत हुने फैसलामा उल्लेख छ।

अदालतले तोकेको बिगो, जरिवाना र कैद बापतको रकम दाखिला गर्न सके मेयर बस्नेत र कम्पनीका अध्यक्ष कँडेलले तत्कालै जेल भने बस्नु पर्दैन। १० वर्षभन्दा कम सजाय तोकिएका कसुरदारले धरौटी रकमको १५ प्रतिशत जम्मा गरेर सर्वोच्चमा पुनरावेदन गर्न पाउँछन्। अनि, माथिल्लो अदालतको फैसला नआउन्जेल थुनाबाहिरै रहेर मुद्दा लड्न पाउने व्यवस्था छ।

मेयर बस्नेतले पनि १५ प्रतिशत रकम जम्मा गरेर थुनाबाहिरै रहेर सर्वोच्च अदालतमा पुर्नरावेदन गर्न सक्नेछन्। सर्वोच्च अदालतबाट पनि दोषि ठहर भएमा सजाय भुक्तान गर्नु पर्नेछ।

वरिष्ठ अधिवक्ता ललित बस्नेतले संशोधित कानुनअनुसार विशेष अदालतमा जम्मा गरेको धरौटी रकमको १५ प्रतिशत जम्मा गरेर सर्वोच्चमा पुनरावेदन गर्न पाउँने बताए। उनका अनुसार बस्नेतले कारागार  बाहिरै बसेर सर्वोच्चमा मुद्दा लड्न सुविधा पाउने देखिन्छ।

बस्नेत नेपाली कांग्रेसबाट लगातार २ कार्यकाल मेयरमा निर्वाचित भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?