Butwal Today

धनुषा सिमेन्ट उद्योग ऋण तिर्न नसकेपछि लिलामी प्रक्रियामा

१६ असार २०८२, सोमबार
अ+
अ-

काठमाडौं, १६ असार ।

धनुषा सिमेन्ट उद्योग ऋण तिर्न नसकेपछि लिलामी प्रक्रियामा पुगेको छ। व्यवसायी श्यामसुन्दर अग्रवाल र प्रमोदराज अग्रवाल द्वारा सञ्चालित उक्त उद्योगले कुमारी बैंकबाट लिएको ऋण चुक्ता गर्न नसक्दा बैंकले उद्योगको सम्पत्ति लिलामीमा चढाएको हो।

कुमारी बैंकले सञ्चालकद्वय र जमानीकर्ताको तीन पुस्ते विवरणसमेत सार्वजनिक गर्दै ऋण चुक्ता गर्न सार्वजनिक रूपमा आह्वान गरेको थियो। यसअघि माघ ७ गते बैंकले ३५ दिने सूचना जारी गरी ऋण तिर्न अनुरोध गरेको थियो। तर निर्धारित समयसम्म पनि ऋण नतिरेकाले बैंकले कम्पनीको नाममा रहेको सम्पत्ति लिलामी प्रक्रिया अघि बढाएको हो।

प्रथम सूचना जारी गरे पनि उद्योगले ऋण तिर्न नआएपछि बैंकले दोस्रो पटक सूचना प्रकाशन गर्दै सम्पूर्ण जग्गा एकैपटक लिलामीमा चढाएको हो। बैंकले असार १५ गतेसम्म खरिदको लागि इच्छुक पक्षहरूलाई प्रस्ताव दिन आग्रह गरेको थियो।

धनुषा सिमेन्ट इन्ड्रस्टिज प्रालि २०७५ सालमा उद्योग विभागमा दर्ता भई सञ्चालनमा आएको हो। अब बैंकले उद्योगको नाममा रहेको सम्पत्ति बिक्री गरी बक्यौता ऋण असुली गर्ने तयारी गरेको छ।  निजी क्षेत्रका साना र मध्यम उद्योगहरूमा वित्तीय अनुशासन र ऋण व्यवस्थापनको चुनौतीपूर्ण अवस्थालाई उजागर गर्छ।