ट्रेंडिंग:

>> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न 

कच्चा पदार्थ माटो नपाउँदा सङ्कटमा इट्टा व्यवसायी

१६ असार २०८२, सोमबार
१६ असार २०८२, सोमबार

भैरहवा, १६ असार ।

इट्टा उद्योगको लागि आवश्यक पर्ने कच्चा पदार्थ माटो नपाउँदा सम्पूर्ण इट्टा उद्योग नै धरापमा परेको व्यवसायीहरूले गुनासो गरेका छन् । लुम्बिनी इट्टा उद्योग व्यवसायी सङ्घ, रुपन्देहीको शनिवार भैरहवामा सम्पन्न २६ औँ साधारण सभा तथा १२ अधिवेशनमा बोल्नै वक्ताहरूले पालिकाहरूले अहिले माटो ल्याउनै नदिएको गुनासो गरे । रुपन्देहीका विभिन्न पालिकाहरूले माटो उत्खनन तथा ढुवानीमा रोक लगाएको लुम्बिनी इट्टा उद्योग व्यवसायी सङ्घ, रुपन्देहीका अध्यक्ष अजय कुमार गुप्ताले बताए । “इट्टा उद्योगहरूको कच्चा पदार्थको रूपमा रहेको माटो तथा भस्कट आपूर्तिमा समस्याका कारण समस्त इट्टा उत्पादनमा नै असर परेको छ ।” गुप्ताले भने “यसले गर्दा विगतका वर्षहरूको तुलनामा इट्टा उत्पादन कम भएको छ ।”

रम्परागत रूपमा इट्टा उद्योग जोखिमपूर्ण प्रकृतिको रहेकोले यसलाई जोगाउन सबैबाट आवश्यक सहकार्य हुनुपर्ने गुप्ताको भनाइ थियो । इट्टाको विकल्पको रूपमा अहिले अन्य विभिन्न प्रकारका ब्लकहरू आएको भए पनि स्वास्थ्यको दृष्टिले यस्ता ब्लकहरूबाट निर्माण भएका घरहरूमा बस्न नमिल्ने विभिन्न अध्ययनहरूले पुष्टि गरेको उनको भनाई छ । स्वास्थ्य र वातावरणीय दृष्टिले इट्टा नै राम्रो रहेको तथा इट्टा व्यवसायीहरूले सरकारले तोकेको सम्पूर्ण करहरू बुझाउने भएको कारण पालिकाहरूले यसमा हस्तक्षेप गर्न नहुने उनको जिकिर थियो ।

हाल गाउँपालिका तथा नगरपालिका स्तरमा हुने विभिन्न निर्माण कामहरूमा अव्यवहारिक कङ्क्रिट ढलान एवम् मापदण्ड विपरीतका बोल्डरको प्रयोग हुने गरेको कारण स्थानीय निकायहरूबाट निर्माण कार्यलाई दिगो एवं गुणस्तरीय बनाउन इट्टाको प्रयोगलाई प्राथमिकता दिनुपर्ने उनको धारणा थियो ।  कार्यक्रममा बोल्दै नेपाल इट्टा व्यवसायी महासङ्घका अध्यक्ष शङ्कर बहादुर चन्दले इट्टा उद्योगीहरूलाई स्थानीय सिंह दरबारसँगै प्रहरी प्रशासनबाट पनि असहयोग हुँदै आएकोले त्यसमा सुधारको आवश्यकता औँल्याए । “कच्चा पदार्थको रूपमा रहेको काटो निकाल्दा ८ ठाउँमा कर तिर्नुपर्छ, यो कतिको व्यवहारिक छ ?” चन्दले भने “अव्यवहारिक एवं अधिकतम करहरूले इट्टाको लागत मूल्य बढ्दै गए पनि माग कम भएको कारण व्यवसायीहरू धराशायी हुने अवस्थामा पुगेका छौँ ।”

उनले कच्चा पदार्थ माटोलाई नेपालको पश्चिमी भागमा सहजता पूर्वक प्रयोग गर्न दिए पनि दाङदेखि पूर्वका सबै जिल्लाहरूमा माटो पाउनै कठिन रहेको बताए । चन्दले व्यवसायीहरूको माग कतेबाट पनि सम्बोधन नभएको भन्दै गुनासो गरे । उनले इट्टा उद्योगीहरू अब एकजुट नभए सबै व्यवसाय ओरालो लाग्दै जाने बताए ।  कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति रुपन्देहीमा प्रमुख उमाकान्त चपाईले संविधानले प्राकृतिक साधन र श्रोतमा तीन वटै सरकारलाई अधिकार दिएको बताउँदै सबैले एक अर्कालाई दोष दिँदै कर्तव्यबाट पन्छिने गरेको जिकिर गरे । उनले व्यवसायीहरू एकजुट भएर “फलाने” ठाउँको भस्कट चाहियो भने आए आफूले त्यहाँबाट भस्कट दिलाउन आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाए ।

प्रमुख चपाईले व्यवसायीहरू नै एकजुट नभएको आरोप लगाउँदै उद्योगीहरू बिच नै दरको विषयमा अस्वस्थे प्रतिस्पर्धा रहेको जिकिर गरे । उनले व्यवसायीहरूलाई एक भएर जिल्लाभरि इट्टाको समान मूल्य लागू गरेर अगाडि बढ्न सुझाव समेत दिए ।

अधिवेशन स्थगित 
लुम्बिनी इट्टा उद्योग व्यवसायी सङ्घ, रुपन्देहीको १२ औँ अधिवेशन अनिश्चित कालको लागि स्थगित भएको छ । शनिवार नै अधिवेशन हुने जानकारी सहित निर्वाचनको कार्यक्रम सार्वजनिक भए पनि प्राविधिक कारणले अधिवेशन स्थगित गर्नुपरेको सङ्घका अध्यक्ष अजय कुमार गुप्ताले जानकारी दिए ।

बुटवल टुँडेकर्मी सम्मानित
लुम्बिनी इट्टा उद्योग व्यवसायी सङ्घ, रुपन्देहीले २६ औँ वार्षिक साधारण सभा तथा १२ औँ अधिवेशनमा बुटवल टुँडे राष्ट्रिय दैनिकका भैरहवा संवाददाता राधेश्याम विश्वकर्मालाई नगद सहित सम्मानित गरेको छ । लुम्बिनी इट्टा उद्योग व्यवसायी सङ्घ, रुपन्देहीको समग्र विकासमा सकारात्मक एवम् प्रभावकारी ढङ्गले पत्रकारिताको माध्यमबाट योगदान गरेको भन्दै सङ्घले टुँडेकर्मी विश्वकर्मा सहित पत्रकार खेमराज रेग्मीलाई सम्मान गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?