Butwal Today

सुनको मूल्य आज फेरि घट्यो

१६ असार २०८२, सोमबार
अ+
अ-

काठमाडौं ।

बजारमा सुनको मूल्य लगातार घट्दै गएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सोमबार पनि सुनको मूल्य तोलामा थप ३ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य १० रुपैयाँले बढेको छ।

हिजो आइतबार सुन प्रतितोला १ लाख ८८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने आजको दर अनुसार सुनको मूल्य घटेर १ लाख ८८ हजार १ सय रुपैयाँ पुगेको छ।

यसअघि शुक्रबार प्रतितोला २,९०० रुपैयाँले र आइतबार १,००० रुपैयाँले घटेको सुनको मूल्यमा आज पनि कमी आउँदा उपभोक्ताले केही राहत महसुस गर्न थालेका छन्।

यता, चाँदीको मूल्य भने आज १० रुपैयाँले बढेर तोलाको २,१५० रुपैयाँ पुगेको छ। गएको वैशाख ९ गते सुनको मूल्य १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै सबैभन्दा उच्च दर हो। सो उच्च मूल्यसँग तुलना गर्दा अहिले सुन प्रतितोला ९,८०० रुपैयाँले सस्तो भएको छ।